Monday, June 21, 2021
Home प्रदेश पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

,

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण सभाको अवसरमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सो सम्मान गरिएको हो ।

जसमा अग्रज पत्रकार नारायण कार्कीलाई कीर्र्ति स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरियो । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । पोखराका वरिष्ठ उद्योगी एवं समाजसेवी सूर्यबहादुर केसी परिवारले स्थापना गरेको सो पुरस्कार पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको छ ।

यस्तै, पोखरा पत्रकारिता सम्मानबाट सूर्यप्रेम बहुउद्देश्यीय ट्रष्टलाई प्रदान गरियो । महासंघले व्यक्ति विशेष र संस्थालाई क्रमशः सो सम्मान प्रदान गर्दैआएको छ ।

दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट महासंघका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली सम्मानित भए । उनलाई ५५ हजार ५ सय ५५ रुपैयाँले पुरस्कृत गरियो ।

गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, २०७७ बाट आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला सम्मानित भए । पुरस्कार राशि २५ हजार तथा सम्मानपत्र रहेको छ ।

आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी सम्मानित भए । पुरस्कार राशि २० हजार र सम्मानपत्र रहेको छ ।

टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार, २०७६ बाट पत्रकार कमल पौडेल अथक र २०७७ बाट मोतिसागर अधिकारी, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७६ बाट अर्जुन गिरी, २०७७ बाट भीम थापा, मीना सृजनशील पत्रकारीता पुरस्कार, २०७६ बाट रोशनी गुरुङ पुरस्कृत भए ।

यस्तै, पत्रकार महासंघ कास्कीले उत्कृष्ट कार्यसमिति सदस्यको रुपमा कृष्ण दवाडीलाई १० हजार सहित सम्मान ग¥यो भने कार्यालयसचिव जगत कार्कीलाई दीर्घसेवा सम्मान दिएको महासंघ कास्की अध्यक्ष दीपन्द्र श्रेष्ठले जानकारी दिए ।

कोभिड–१९ का कारण महासंघ वितरण गर्न नसकेको ती पुरस्कार साधारणसभा अवसरमा एकै पटक वितरण गरिएको महासंघ जिल्ला सचिव रामप्रसाद तिमिल्सिनाले बताए ।

कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बहुमतको सरकार देशमा ५ वर्ष पनि नटिक्नु विडम्बना भएको बताएका छन् । उनले अहिलेको परिस्थितिमा यदि सर्वोच्च अदालतले संसद विघटन सदर ग¥यो भने चुनावमा जानैपर्नेमा जोड दिए ।

उनले भने, ‘संसद विघटनको मुद्दा हाल विचाराधीन रहेकोले चुनाव हुन्छ वा हँुदैन भनी अनावश्यक प्रचारवाजी गर्नु हुँदैन । सर्वोच्च अदालतको फैसलाअनुसार जे निर्णय हुन्छ त्यसलाई मान्य गरी अघि बढ्नु पर्छ । यदि सदर ग¥यो भने चुनावमा हुन्छ, हुन्छ । चुनाव गर्नै पर्छ । निर्धारित समयमा चुनाव हुनुपर्छ ।’

देशमा अस्थिर सरकार भएको हँुदा ५ वर्षसम्मको लागि सरकार फेरबदल नहुने गरी नेपाली जनताले नेकपालाई बहुमत दिए पनि नेकपाले हाल निकास दिन नसकेको उनले बताए ।

मिडिया विधेयक संशोधन गरी आउने क्रममा रहेकोले हाल संसद विघटन भएकोले मिडिया विधेकसहितका अन्य विधेयकहरु प्रतिधिसभा नहुँदा शुन्य भएको बताए ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

  काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई...

पत्रकार बनेर ठगी गर्ने दुईजना पक्राउ

  इटहरी । पत्रकार बनेर ठगी गर्ने इटहरीका एकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका १० बाट बन कार्यालयको कर्मचारी तथा पत्रकार...

जर्मनीको लोभलाग्दो पुनरागमन

म्युनिख । पोर्चुगलविरुद्ध ४ गोल ठोकेर जर्मनीले आफू पुरानै लयमा फर्केको संकेत गरेको छ । केही समयदेखि लय गुमाएको जर्मनी टोली यसअघिको खेलमा फ्रान्ससँग...

निषेधाज्ञा खुकुलाे, कुन पसल कुनबार खाेल्न पाइने (सूचीसहित)

  काठमाडाैं । काठमाडौँ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले...

चाइनीज स्याउ तस्करीमा सुनसरीका एसपी संलग्न रहेको आशंका

  इटहरी । लकडाउनको मौका छोपेर पछिल्लो केही महिनायता भारतसँगको खुल्ला सीमाबाट तस्करीको धन्दा मौलाएपछि आर्थिक लेनदेनको विवादमा मुछिएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा...

साताका लोकप्रिय समाचार

मनाङमा बाढी : सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगायो

  लमजुङ । सोमबार साँझदेखि परेको अविरल वर्षाले मनाङ जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगाएको छ भने,...

चीनमा नदी थुनिएर ताल बन्याे, तामाकोशीमा बाढी आउने खतरा !

  दोलखा । चीनको स्वशासित क्षेत्र तिव्वतमा भारी बर्षापछि आएको पहिरोका कारण थुनिएको नदीको पानी कटान सुरु भएको छ । चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन...

प्रभु साहसँग किन चिढिए प्रधानमन्त्री ओली ?

  काठमाडौँ । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ ।...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

ट्रेन्डिङ

संक्रमित भेटिएपछि ठमेलक्षेत्र सिल

काठमाडौं । एकजना पुरुषमा कोरोना संक्रमण भेटिएपछि ठमेल क्षेत्र सिल गरिएको छ । दुई महिना अघि अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको...

लिसंखुपाखरमा वृहत्त खानेपानी योजना निर्माण सुरु

सिन्धुपाल्चोक । वर्षाेदेखि खानेपानी नहुँदा समस्यामा रहेको लिसंखुपाखर गाउँपालिका–४ का स्थानीयले अब भने खानेपानीको सुविधा पाउने भएका छन् । लिसंखुपाखर गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको...

विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक

काठमाडाैं ।  हालै एकिकृत भएको विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्। गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका...

अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

मिनियापोलिस । संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ । झण्डै तीन...

अन्ततः खुल्यो लोकसेवा

काठमाडौं । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु...

कमल हासनविरुद्ध उजुरीसँगै सोधपुछ सुरु

मुम्बई । भारतीय अभिनेता कमल हासनलाई केन्द्रीय अपराध शाखाले सोधपुछ गरेको छ । उनले निर्माण गरिरहेको फिल्म ‘इन्डियन २’को सुटिङमा भएको दुर्घटना र मृतकको...

एमालेमा ३२ सांसदको पद खोस्न सूचि तयार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय संसदका २७ जना र...

रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा भेटिए देवर-भाउजु

इलाम । इलामको माङसेबुङ गाँउपालिका–६ मा एउटै रुखको हाँगा झुण्डिएको अवस्थामा देवर–भाउजु मृत्त भेटिएका छन् । माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकै...

सभामुखले च्यातिदिइन् ट्रम्पको भाषण

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको दुबै सभालाई सम्बोधन गरिरहेका छन् । ट्रम्पले तेस्रो पटक दुबै सदनलाई सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा...

पर्साका एक निजी अस्पताल बन्यो कोरोना बिशेष अस्पताल

वीरगन्ज । पर्सामा रहेको नारायणी अस्पतालमा बिरामी नअटाएर विद्यालयमा पठाउन थालेको समयमा बल्ल स्थानीय एक नीजि अस्पताल कोरोना संक्रमित अस्पतालका रुपमा दरिएको छ ।...

एकै दिन थपिए ३८० जना कोरोना संक्रमित, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण आज ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

ट्रान्सपरेन्सी प्रतिवेदनको विश्वसनीयतामाथि गम्भीर प्रश्न

ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदन सार्वजनिक भएको छ । ५८ प्रतिशत नेपालीले गत वर्ष देशमा भ्रष्टाचार बढेको बताएका र यो दर...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)