Tuesday, March 9, 2021
Home Breaking News भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने सडकघाटमा नेपाली भुमिमा नेपाली किसानले लगाएको उखुको ढुवानीमा रोक लगाएको हो ।

बेलौरी नगरपालिका वडा न. १० को सडकघाटमा रहेको सिमा स्तम्भ न. ३५ को नजिकमा भारतीय पक्षले सिमामा रहेको बाटो प्रयोग गर्न नदिएका कारण किसानहरुले काटेको उखु मिलमा लैजान नपाउदा त्यस क्षेत्रका किसान पिडित बनेका छ्न । नेपाल भारत सिमानामा दसगजा नो मेन्सलेण्डको एकिन नभएको कारण हालसम्म नेपाली र भारतीय किसानहरुले प्रयोग गर्दै आएको बाटोलाई अहिले नो मेन्सलेण्ड हो भन्दै कृषि कामको लागि प्रयोग गर्न नदिने भन्दै भारतीय एसएसबि ले उखु ढुवानीमा रोक लगाएको छ ।

सिमाको ३५ नम्बर पिल्लर संगै रहेका खेतको उखु ढुवानी गर्न नपाउदा नेपाली किसान पिडित बनेका छ्न । भारतीय सिमा सुरक्षा बलएसएसबिले दसगजा क्षेत्रबाट कसैलाइ पनि प्रयोग गर्न नदिने भन्दै उखु ढुवानीमा रोक लगाएको बिओपी भुडाका ससस्त्र प्रहरी निरीक्षक गोबिन्द थापाले बताए । भारतीय सिमा सुरक्षा बल एसएसबिले सडघाटका स्थानीय राम बहादुर बिक, लोकमणि अर्याल, अमर चन्द र बिनोद लम्सालका खेतमा रहेको तीन दिन अघि काटेको उखु नजिकै रहेको महाकाली सुगर इन्डश्ट्रीमा लैजान अवरोध गरेकाे छ । ३५ नम्बर पिल्लर संगै रहेको झन्डै ५/६ बिगाहा खेतमा रहेको नेपाली किसानको खेतमा रहेको उखु कसरी ढुवानी गर्ने बारे किसान अन्यौलमा रहेका छ्न । “तीन दिन भयो उखु काटेको खेतमै ट्रलीमा लोड छ तर बोक्न दिदैन एसएसबिले सडकमा समेत हिन्न दिदैन भन्दै दुख पोखे नेपाली किसान राम बहादुर बिकले ।

नेपाल भारत सिमा दसगजा ( नो मेन्सलेण्ड)को यकिन न भएका बेला भारतिय पक्ष द्वारा एकलौटी रुपमा प्रयोग गर्न नपाउने भन्दै रोक लगाउनु पुर्वाग्रह पुर्ण र हेपाहा प्रबृती रहेको अन्तर्राष्ट्रिय सिमा सरोकार समुहका संयोजक पल्लब राज भट्ट्ले बताए । ” दुबै देश बिच सिमांकन बारे भएको सम्झौता अनुसार सिमांकनको बारे पुर्ण सहमति भइ कार्यान्वयन नहुदा सम्म “स्टाटस-को” मा राख्ने ब्यवस्था अनुसार पनि सिमा विवादको टुंगो नलागुन्जेल सम्म जुन रुपमा प्रयोग भएको छ, त्यही रुपमा प्रयोग गरि राख्ने भनिएको छ ।” उनले भने । सडकघाट, भुडा क्षेत्रमा भारतीय पक्षले लागू गर्न खोजिएको स्ट्रीप नक्सामा भने झन्डै सिमा १५० मिटर भारततिर पर्ने देखिएको छ । यसर्थ अहिले भनिएको नो मेन्सलेण्ड यकिन यहि हो भन्न नसकिएको उनले बताए ।

हाल सम्म दुबै पक्षले प्रयोग गरि आएको बाटोलाई स्थानीय किसानहरुले कृषि कार्यका लागि प्रयोग गर्न पाउनु पर्ने माग राखेर स्थानीय सरकारले सिमामा रहेका भारतीय सुरक्षा निकाय संग स्पष्ट कुरा राखी तत्काल नेपाली किसानलाइ उखु ढुवानीमा सहजता गर्न अनुरोध गर्नु भएको छ ।

कानुन अनुसार दुबै पक्षले नो मेन्सलेण्ड प्रयोग गर्न नपाउने भएता पनि हाल सम्म चलिआएको बाटोमा कृषि कार्यका लागि सहज गरिनु पर्ने स्थानिय किसान नेता गोपाल पन्तले बताए । भारतिय एसएस बिको ज्यादती पुर्ण व्यबहार भएको भन्दै सरकारलाइ छिटो भन्दा छिटो निकास खोज्न आग्रह गरेका छ्न ।  भारतिय सिमा सुरक्षा बल एस एस बि को केही दिन अघि मात्र अस्थायी बिओपी स्थापना गरेको र उक्त बिओपी लाई स्थानीय मिलेर उठाउन लगाए पछि त्यसैको रिस साध्न पनि उखु ढुवानिमा रोक लगाएको हुनु पर्ने उनले बताए ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा आयोजित एक समारोहका...

कर्णाली नदीमा हाम फालेका पाँचमध्ये आमा र छोराको पनि शव भेटियो, अझै एक जनाको बाँकी

दैलेख । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ। मंगलबार करिब १२ बजेतिर सुकी र उनका...

अन्ततः एमाले एकजुटः नेपाल–खनाल एमालेमै फर्किए

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन्...

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

प्रदेश राजधानीको विकासमा निरन्तर खबरदारी गरिरहेकी छु

पदमा खड्का, प्रदेश सांसद, कर्णली प्रदेश कर्णाली प्रदेशकी सांसद एवं युवा नेतृ पद्मा खड्काले प्रदेश राजधानीको विकासमा आफूले भरपुर सहयोग गरिरहेको बताएकी छन् । सुर्खेत...

साताका लोकप्रिय समाचार

पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला...

सुरक्षा ‘थ्रेट’प्रति सतर्कता जरुरी

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै आफूमाथि ‘सुरक्षा थ्रेट’ आएको भन्ने अभिव्यक्ति दिएपछि सिंगो देशको सुरक्षा व्यवस्थाको विषयलाई लिएर चिन्ता छाएको छ । तर,...

भारतमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु

दैलेख । भारतमा बस दुर्घटना हुँदा दैलेखका ४ जना नेपालीको मृत्यु भएको छ । मुत्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगरा भीमबहादुर रावल, श्रीमति बुद्धि...

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

ट्रेन्डिङ

अन्ततः अमेरिकाले डब्लुुएचओसँगको सम्बन्ध तोड्यो

काठमाडौं । अमेरिकाले अन्ततः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सम्बन्ध औपचारिक रूपमै तोडेको छ । अमेरिकाले यही ६ जुलाईमा डब्लूएचओलाई पत्र पठाएर सम्बन्ध तोडेको...

हत्या अभियोगमा सासूससुरासहित देउरानी पक्राउ

वीरगन्ज । कोरोना संक्रमणको बढ्दो मानवीय महामारीमा पनि आफ्नै घरको सदस्यलाई मारेर जलाउँदै गरेको समयमा पर्सामा तीन अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने...

८४ वर्षीयालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ

उदयपुर । प्रहरीले उदयपुरको कटारी नगरपालिका–३ की ८४ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ गरेका छन् । बिहीबार...

बेलायतमा कोरोनाले एकै दिन ३ नेपालीको निधन

लन्डन । कोरोना भाइरसले बेलायतमा एकै दिन ३ नेपालीको निधन भएको छ । भूपू गोर्खा शिव श्रेष्ठ, चेत प्रसाद गुरुङ र अर्का एक नेपालीको...

प्रदेश २ मा थप १९६ मा कोरोना संक्रमण पुष्टि, संक्रमित १५७३

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ९६ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सप्तरी जिल्लामा ६ जना, सिरहा...

के फेरी नेपालमा बुद्ध जन्मन्छन् ?

आज २५६४ औं बुद्ध जयन्ती मनाइरहँदा विश्व एउटा महामारीमा छ । कोरोना भाइरस (कोभिड १९) ले विश्वका अधिकांश देश प्रभावित छन् । यतिबेला प्रकृति...

मोन्चेग्लाडवाच स्तब्ध

म्युनिख । जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चेनग्लाडवाच फ्रेइवर्गसँग स्तब्ध बनेको छ । मोन्चेनग्लाडवाच घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । हारसँगै मोन्चेनग्लाडवाच ५६...

विप्लवदेखी राजासम्म अट्ने व्यवस्था चाहिन्छ : कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा देखि विप्लव माओवादी सम्म अट्ने राज्य ब्यवस्था आबश्यक भएको बताएका छन् । आज हेटौंडामा पार्टीको...

संक्रमित भन्दा संक्रमणमुक्त हुने दर बढ्दो

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितभन्दा संक्रमणमुक्त हुने दर उल्लेखनीय रहेको छ...

पोग्बासँग ‘बालोन डी’ओर जित्ने क्षमता छ

लन्डन । इंग्लिस मिडफिल्डर एन्डर हेरेराले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका अट्याकिङ मिडफिल्डर पल पोग्बासँग बालोन डी’ओर जित्ने सबै चिज रहेको बताएका छन्...

विवाह गर्ने आश्वासन दिएर छ लाख ठगेर युवती फरार

नयाँ दिल्ली । भारतको लखनउकी एक युवतिले विवाहको आश्वासनमा एक युवकको ६ लाख भारु खर्च गराएर फरार छिन् । १६ डिसेम्बरमा विवाह गर्ने भन्दै...

पुर्व मन्त्री बस्नेतलाई पितृ शोक

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई पितृ शोक परेको छ । पुर्व मन्त्री बस्नेतका पिता खडगबहादुर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)