काठमाडौं । नाइटिङेगेल स्कुलका प्रिन्सिपल, सहायक प्रिन्सिपलसहित पाँच जना विद्यार्थी ‘दिगो विकासको लक्ष्य’ विषय लिएर न्युयोर्कमा ‘फ्युचर वि वान्ट मोडल युनाइटेड नेसन्स २०२०’ कार्यक्रममा सहभागी भएका छन् ।
एसिया युरोप, अफ्रिका र अमेरिकाका करिब १३० देशका २ हजार ६ सय प्रतिनिधि सो कार्यक्रममा सहभागी भई १७ वटा विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए । १० दिने कार्यक्रममा नाइटिङ्गेल स्कुलका टिमले अमेरिकास्थित नासा, हार्डवर्ड युनिभर्सिटीलगायत दर्जनबढी विद्यालय र युनिभर्सिटीहरूको शैक्षिकलगायत विभिन्न क्रियाकलाप अवलोकन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमको सम्बन्धमा प्रिन्सिपल रञ्जना प्रधानले अबको दशकमा ग्लोबल सिटिजन तयार पार्दै आफ्ना विद्यार्थीलाई विश्वव्यापी बनाउने लक्ष्य रहेको जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)