काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दलका नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको छ ।
पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलगायत अन्य उच्च पदस्थ व्यक्तिहरु रहेका छन् ।
उनीहरूले कमाएको अकुत सम्पत्तिको अनुसन्धानको क्रममा रहेका छ भने केही दिनमा मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ । १ हजार ३ सय उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकृत सुशीलप्रसाद आचार्यको भनाई छ ।