बर्डफ्लु प्रकोप फैलनसक्छ सचेतना जरुरी

भारतका उत्तरप्रदेश, केरला, राजस्थान, मध्यप्रदेश, हिमाञ्चल, हरियाना, गुजरातलगायत विभिन्न नौभन्दा बढी राज्यमा एच फाइभ एच वान या एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु फैलिएको छ । पछिल्लोपटक केन्द्रीय राजधानी नयाँ दिल्ली र महाराष्ट्रमा देखिएको छ । संक्रमणको जोखिमलाई ख्याल गर्दे प्रशासनले पंक्षीहरूको आयातमा रोक, गाजीपुरस्थित भारतकै ठुलो पोल्ट्रीबजार बन्द, पार्क, तालतलैयालगायतका क्षेत्रमा भ्रमण गर्न रोक लगाएको छ । सबैभन्दा पहिले हिमाञ्चलको पोङड्याम ताल आरक्ष क्षेत्रमा मरेका १८ सय बढी आप्रवासी हाँसमा बर्डफ्लुको संक्रमण पुष्टि भएको थियो । सबैभन्दा बढी हरियाणा राज्यमा केही हप्तामै ४ लाख बढी चरा मरेका छन् ।

भारतसँगको खुला सीमाका कारण चोरीपैठारीले नेपाल जोखिममा छ । नेपालमा पहिलोपटक सन २००९ मा देखिई चितवन, धादिङलगायतका पोल्ट्री व्यवसायमा ठूलो क्षति पु-याएको थियो । करिब ८० अर्ब बढीको लगानी रहेको यस व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशतको योगदान छ भने डेढ लाख बढीले प्रत्यक्ष रोजगारी पाएका छन । सरकारले रोग भित्रिन नदिन भारतबाट पन्छी र पन्छीजन्य वस्तु आयातमा रोक र उच्च सतर्कता अपनाए पनि व्यावहारिक रूपमा हुन नसकेको विभिन्न नाकाहरूमा विगतमा झैं महसुस गरिँदै छ ।

भारतको हिमाञ्चलको पोङड्याम ताल आरक्ष क्षेत्रमा मरेका १८ सय बढी आप्रवासी हाँसमा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ ।

बर्डफ्लु : बर्डफ्लु हाइली पेथोजेनिक एभियन इन्फ्लुएन्जा पनि भनिने, खास गरी कुखुरा, हाँस, पानीहाँस, परेवा, टर्की जस्ता घरपालुवा, चराचुरुंगी तथा जंगली चराचुरुंगीमा टाइप ‘ए’ एन्फ्लुएन्जा विषाणुद्वारा लाग्ने श्वासप्रश्वासजन्य जुनोटिक सरुवा रोग हो । यसको बढी खतरा जाडोको समयमा हुन्छ । कहिलेकाहीँ सुँगुर, बंगुर, घोडा, सिल, ह्वेल, गधा, खच्चर र मानिसमा पनि यो रोग लाग्ने गर्दछ । चराचुरुंगीमा यो रोग पहिलोपटक सन् १८७८ र मानिसमा सन् १९९७ हङकङमा पहिचान भएको थियो । सन १९६१ मा दक्षिण अफ्रिकामा यो रोगको जीवाणु आधिकारिक रूपमा पत्ता लागेको हो ।

कारक विषाणु : सन् १९३३ मा स्मिथ वैज्ञानिकले पत्ता लगाएको भाइरस, प्राकृतिक रूपमा चराहरूमा सुषूप्त रूपमा रहेका हुन्छन् । चरामा अति घातक र कम घातक गरी १५ किसिमका इन्फ्लुइन्जा ‘ए’ भाइरस विचरण गरिरहेका हुन्छन् । कुनैले कुनै प्रकारको लक्षण देखाउन नसक्ने तथा धेरैले साधारण रोगको लक्षण देखाउन सक्छन् तर केही प्रजातिका भाइरसले चाँडै सर्ने र चाँडै मृत्यु हुनेसम्म गराउँछन् ।

बर्डफ्लु रोगका विषाणु कुखुराको -याल तथा शुलीमा कम्तीमा १० दिनसम्म रहन्छ । ६०० सेन्टिग्रेडको तातोमा ३० मिनेटमा, कुनै डिसइन्फेक्सन जस्तै फरमालिन वा आयोडिनको प्रयोगले मर्दछ । तर २२० सेन्टिग्रेडमा वा पानीमा चार दिनसम्म भने ०० सेन्टिग्रेडमा एक महिनासम्म बाँच्न सक्छ । कुखुराको १ ग्राम शुलीमा लाखौं कुखुरालाई संक्रमण गर्न पुग्ने विषाणु हुन्छन् । जंगली पन्छी एन्फ्लुएन्जा ‘ए’ विषाणुका भण्डार हुन् जसले कुखुरा, हा“स, टर्की, सुंगुर, घोडा तथा अन्य जनावरमा महामारी गराउ“दछ भने एन्फ्लुएन्जा ‘बी’ विषाणु मानिसमा हुन्छ ।

विषाणुले निरन्तर रूपमा आफ्नो जैविक संरचना परिवर्तन गरिरहने हु“दा र यही प्रक्रिया मानिसको शरीरभित्र पनि हुन्छ कि र मानिसबाट मानिसमा सर्न सक्छ कि भन्ने सम्बन्ध अनुसन्धानमा छ । अति संक्रमित हुने खालको यो विषाणुको म्युटेन्ट मानिसमा संक्रमण भएर ह्युमन फ्लुका विषाणुसँग मिलेर नयाँ विषाणु सिर्जना गरेमा महामारीको रूप लिनेछ र यसबाट विश्वव्यापी रूपमा नराम्ररी प्रभावित गरी करोडौं मानिसको मृत्यु हुने सम्भावना छ ।

रोगग्रस्त देशहरूबाट नेपालमा बर्डफ्लु भित्रिने सम्भावना धेरै भएकाले सरकारले रोग भित्रिन नदिन विशेष सजगता अपनाउन जरुरी छ

लक्षण : चराचुरुंगीमा यस रोगले मन्ददेखि गम्भीर लक्षणहरू देखा पर्छन् । कुखुरामा बर्डफ्लु लाग्दा अकस्मात् धेरै कुखुरा मर्नु, ज्वरो आउनु, झोंक्राउनु, दाना नखाने, तिर्खाउने, सेतो छेर्ने, अन्डा उत्पादन कम वा बन्द हुनु, दुब्लाउनु, स्वाँस्वाँ तथा छिँछिँ गर्नु, सास फेर्न गाह्रो हुने, घा“टी बटारिने र स्नायु प्रणालीमा समेत असर पर्दछ ।

घातक रूपमा रोग पैmलियो भने हरियो छेर्ने, टाउको, सिउर, आखाको लाती सुन्निने, ठाउँ–ठाउँमा निल डाम हुने, बैजनी रातो धब्बा हुने, खुट्टाका जोर्नीहरू रातो भई सुन्निने गर्छ । १० दिनमा मर्छन् । यो रोगको लक्षण फवल कलेरा र रानीखेतसँग मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला परीक्षणको परिणाम नै अन्तिम हुन्छ ।

मानिसमा संक्रमणको १८–७२ घण्टामा लक्षण देखिन्छ । सामान्य जाडोको वा रुघाखोकीका रूपमा देखा पर्छ । प्रकोप १–२ दिनभित्रै हुन्छ र यसका मुख्य लक्षणहरूमा ज्वरो आउने, सुक्खा खोकी लाग्ने, जिउ दुख्ने पातलो सिँगान तर रुघा खोकीमा भए जस्तै होइन, चल्न मन नलाग्ने कमजोरी महसुस हुने, थकाइ लाग्ने, टाउको र घाँटी दुख्ने, घाँटी बस्ने, जिउको मासु दुख्ने, कसै कसैलाई पातलो दिसा तारन्तार लाग्ने, बान्ता गर्ने, आँखा पाक्ने, रातो हुने, चाँडो चाँडो सास फेर्नु, सास फेर्न गाह्रो हुने नाकबाट पानी अविरल बगिरहने तर रुघाखोकीमा जस्तै सिंगान बग्दैन, रिँगटा लाग्ने, मिर्गौलामा Ôति, बेहोस हुने र फोक्सोमा असर पर्न गई निमोनिया भएर मृत्यु हुन सक्छ । आक्रमण गरेको ४८ घण्टाभित्र मानिसलाई मार्न सक्ने भएकाले यसलाई डरलाग्दो रोग मानिन्छ ।

कसरी सर्छ ?

बिरामी कुखुरा वा चराले विषाणुलाई विष्टा (सुलीमा ३ महिनासम्म), ¥याल म्युकसमार्फत शरीरबाट छाड्छ र उक्त वस्तुमा १० दिनसम्म हुन्छ । यस्ता वस्तुसँग संसर्ग हुँदा प्रदूषित भाँडा, आहारा, माटो, सुली वा मिसिएको खाना खाँदा, हावाको माध्यमबाट, फोहार जुत्ताका माध्यमबाट अन्य कुखुरामा सर्दछ । रोगी कुखुराको चर्केको फुल पनि रोगको स्रोत बन्न सक्छ ।
कुखुरा ओसारपसार गर्ने क्रममा जैविक सुरक्षाको उचित व्यवस्था नभएमा प्रवासी पक्षीका आन्द्रामा प्राकृतिक रूपमै रहेका विषाणु जाडो छल्न सिमसार क्षेत्रमा आउँदा सर्दछ । प्रवासी पन्छीहरूमा बर्डफ्लु भाइरस आन्द्रामा रहे पनि बलियो प्रतिरोधात्मक शक्तिका कारण लक्षण देखिँदैन तर मासु, परिकार बनाउ“दा र काँचै खा“दा सर्न सक्छ ।

जहाँसम्म कुखुराबाट मानिसमा सर्ने सम्बन्धमा रोग लागेका फार्ममा काम गर्ने मानिस, उपचार गर्ने तथा खोप लगाउने प्राविधिकलाई संक्रमित जिउँदो र मरेका कुखुरा तथा चराचुरुंगीको प्रत्यक्ष सम्पर्क, सिँगान, दिसा, थुक ¥याल, सुली तथा मासु अन्डा जस्ता अप्रत्यक्ष र वातावरणीय स्रोतबाट सर्न सक्छ । त्यसकारण टेबलमा बसी तयारी खानेलाई कुनै जोखिम छैन र जोखिम छ त तयार पार्नेलाई मात्र ।

उपचार : मानिस तथा कुखुरामा बर्डफ्लुको विशेष उपचार छैन । बिरामी कुखुरा तथा मानिसलाई सहयोगात्मक उपचार गरिन्छ । राम्रो रेखदेख, खोर र फार्ममा निस्क्रमण आवश्यक पोषक तत्वयुक्त दाना ब्रोड एन्टिबायोटिकले केही हदसम्म कुखुरालाई बचाउन सक्ला तर बाँचेकामा विषाणुमुक्त बनाउँदैन । मानिसमा भने बिरामीलाई कम्तीमा एक साता छुट्टै राखी लक्षणअनुसार उपचार गर्नुपर्छ । संक्रमणमा एन्टिबायोटिक, ज्वरोमा प्यारासिटामोल, व्यक्तिगत सरसफाइ प्रशस्त आराम, झोलपदार्थ खाने, रक्सी चुरोट नपिउने, खोक्दा हाँस्दा हाच्छिउँ गर्दा नाक मुख रुमालले छोप्ने र अनिवार्य मास्क लगाउनुपर्छ । एमान्टिडिन हाइड्रोक्लोराइड, रिमान्टिडिन, झानीमिभिर, ओसेल्ट्रामिभिर र केपीफ्लु टेमिफ्लु जस्ता औषधि प्रयोग गरी मृत्युदर कम गर्न सकिन्छ ।

अन्त्यमा लोककल्याणकारी राज्यमा उपभोक्तावादलाई नै सर्वोत्तम अधिकार तथा मानवअधिकार मान्ने गरिन्छ । प्रकोप बाजा बजाएर आउ“दैन, जोखिम लिनुभन्दा आफ्नो घरपरिवार छरछिमेक र राष्ट्रलाई सधैं सुरक्षित राख्न सचेत हुनुपर्छ । घरमा आगो लागेपछि कुवा खन्नुको अर्थ पो के रहन्छ र तसर्थ रोगग्रस्त देशहरूबाट नेपालमा वर्डफ्लु रोग भित्रिने सम्भावना धेरै भएकाले सरकारले रोग भित्रिन नदिन विशेष सजगता व्यवहारतः अपनाउन जरुरी छ ।