Tuesday, March 9, 2021
Home बिचार एकता पहलको अनिवार्यता

एकता पहलको अनिवार्यता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अनायासै संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि मुलुक यतिबेला अस्थिरता, अन्योल, अराजकता तथा राजनीतिक संकटबाट गुज्रिन बाध्य छ भन्दा अतियुक्ति नहोला । मूलतः नेकपाका अध्यक्षद्वय ओली र दाहालबीचको व्यक्तिगत र गुटगत शक्ति संघर्ष र स्वार्थको चक्कीमा संविधान पिसिन पुगेको हो भन्नेमा कसैको पनि दुईमत नहोला तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको नाताले बढी दोष प्रधानमन्त्री ओलीमाथि नै जान्छ । भलै प्रधानमन्त्री ओलीलाई यस किसिमको गैरसंवैधानिक, कठोर र अप्रिय निर्णय लिन बाध्य एवं विवश तुल्याउन दाहाल–नेपाल गठबन्धनको भूमिका पनि किन नहोस् । संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको बाध्यकारी कदम हुन सक्ला तर सिधासिधा हेर्दा यो कदम संविधानको मर्मविपरीत कार्य हो भन्नेमा विमति राख्नुपर्ने ठाउँ भने देखिन्न ।

नेकपाको जहाज र यात्रा पाइलटको मात्र होइन, सबै यात्रुको समान अस्तित्वको भविष्यस“ग र सिंगो नेपाली कम्युनिस्ट आन्दोलनसँग गाँसिएको छ

यस परिघटनाले करिब ३ वर्षअघि एकता भएको दुई कम्युनिस्ट पार्टी मिलेर विशाल कम्युनिस्ट पार्टी निर्माणको आकांक्षा भने धराशाही ह“ुदै गएको कुरा पनि घाम जत्तिकै छर्लंग छ । नेपाली कम्युनिस्ट आन्दोलनको ७ दशक लामो ऐतिहासिक विकास क्रममा यसले विभिन्न आरोहअवरोह पार गर्दै नेपालको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा उल्लेख्य भूमिका खेलेको छ तापनि राजनीतिक लक्ष्य एउटै भए तापनि कार्यशैली, कार्यदिशा, सैद्धान्तिक बुझाई राजनीतिक कार्यक्रमका अतिरिक्त नेताको व्यक्तिगत स्वार्थ र अहंकारले कम्युनिस्ट पार्टी टुट र फुटको अनेक शृंखला गुजारेर आएको तथ्य पनि हामी सबैलाई सर्वविदितै भएको कुरा हो ।

नेपाली जनताको कम्युनिस्ट पार्टी र विचारलाई अत्यधिक समर्थन र सम्मान रह“दा रह“दै पनि कम्युनिस्ट पार्टीका नाममा गठन भएका दर्जनौं पार्टीमा त्यो जनसमर्थन र अभिमत विभक्त हुँदा थोरै जनमत भएका अन्य राजनीतिक दलले बहुमत प्राप्त गर्ने र सत्ताको बागडोर सम्हाल्ने परिस्थितिमा देश फेरि पनि रुमल्लिन बाध्य हु“दै छ भन्दा अतियुक्ति नहोला ।

यो तीतो यथार्थ र पीडादायी क्षण परिवर्तनकामी जनताको कारणले सिर्जना भएको होइन, यो त यहाँका कम्युनिस्ट पार्टीका नेताले वस्तुस्थितिको सामयिक र ऐतिहासिक मूल्यांकन गर्न नसक्दा उत्पन्न भएको अस्वाभाविक विषम परिस्थिति हो भन्दा फरक नपर्ला । नेपालको राजनीतिक, प्रजातान्त्रिक, लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनमा कम्युनिस्ट पार्टीले महŒवपूर्ण भूमिका खेल्दै पछिल्लो गणतान्त्रिक आन्दोलनमा नेतृत्वदायी र निर्णायक भूमिका निर्वाह गरे, जसका कारण करिब २४० वर्षे राजतन्त्र अन्त्य भयो र जनताका छोराछोरी राष्ट्र प्रमुख हुने गणतान्त्रिक व्यवस्था निर्माण भयो । तर यो व्यवस्था कतिको जनताको तहमा पुग्यो ? प्रश्न उठ्न थालेको छ, जुन स्वाभाविक पनि हो । यस व्यवस्थालाई अझ उन्नत, समृद्ध र सशक्त बनाउन बलियो कम्युनिस्ट पार्टीको आवश्यकता थियो । तर एकता भएको तीन वर्ष नपुग्दै नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा छ ।

वास्तवमा घरेलु र बाह्य शक्तिहरू पनि यो नेपाल कम्युनिस्ट पार्टीको एकतालाई मजबुत हुन नदिन प्रत्यक्ष वा परोक्ष अनेक प्रपञ्च चलाइरहेका थिए । शीर्ष नेताको आआफ्नो निजी राजनीतिक तथा आर्थिक स्वार्थले कृत्रिम विरोधाभास सिर्जना गरायो र त्यही अन्तर्विरोधको व्यवस्थापन गर्न नसक्दा एक अर्कोमाथि अनेक टीकाटिप्पणी र लाञ्छाना लगाउँदै गर्दा प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्ने र प्रधानमन्त्रीले सोही आवेगमा संसद् विघटन गर्ने तिक्तापूर्ण अवस्था निर्माण भएको थियो । गत निर्वाचनमा करिब दुई तिहाइ मतसहित नेकपा एकताको प्रस्ताव अपार जनसमर्थनसहित अनुमोदित भएको यो पार्टीको एकता अमुक–अमुक नेताहरूले मात्र गरेको हो भन्ने बुझाइ नितान्त गलत हो ।

नेपाली जनताको कम्युनिस्ट पार्टीप्रति अत्यधिक समर्थन र सम्मान रहँदा रहँदै पनि कम्युनिस्ट पार्टीका नाममा गठन भएका दर्जनौं पार्टीमा हुने उतारचढावका कारण त्यो जनसमर्थन भत्किएर जाने गरेको छ

एकताको चाहना प्रत्यक्ष वा परोक्ष रूपमा आमजनताको राजनीतिक स्थिरता प्राप्त गर्ने चाहना र नेकपाका इमानदार कार्यकर्ताको लगावले पनि सम्भव भएको थियो तसर्थ पार्टी पूर्ण रूपले जनताप्रति प्रतिबद्ध र जवाफदेही बन्नुपर्नेमा । पार्टीको जीवनमा विभाजनको रेखा कोरिने दुर्भाग्यपूर्ण अवस्था निर्माण भएको छ र पार्टी एकताको शैशवकालमै चार वर्ष नपुग्दै जनसमर्थनको डोरी एकातिर र पार्टीको चंगा अर्कोतिर हुने दुःखद परिस्थिति सिर्जना भएको छ । पार्टी एकता गम्भीर संकटमा पुगेर विघटनको अन्तिम अवस्थामा पुगेको छ । केही कानुनी र संवैधानिक प्रावधान र अन्तिम अवस्थामा जनतासामु जा“दा के बनेर जाने भन्ने विषयले मात्र दुवै पक्ष पार्टी विघटनको घोषणा गर्न हिचकिचाइरहेका छन् ।

तर यो परिस्थिति कुनै सैद्धान्तिक र गम्भीर राजनीतिक मतभेद र विरोधाभासले उत्पन्न भएको होइन भन्ने सबैले बुझेका छन् । पार्टीका शीर्ष नेताहरूको स्वार्थ, आपसी असझदारी, अन्तरविरोध र अहंले मात्र यो अवस्था सिर्जना भएको हो । पार्टी र सरकारबीचको असमझदारीले यो अवस्था आएको छ ।

‘जोगी देख्दा भैंसी डराउने र भैंसी देख्दा जोगी डराउने’ अवस्था पार्टी र सरकारको बीचमा देखाप¥यो र अहिले अझ झांगिएर त्यो अवस्था झन्झन् जटिल बनिरहेको छ ।

आज नेकपाको पार्टी जीवन कोमामा पुगेको छ । भलै दुवै गुट जिल्ला जिल्ला कुदिरहेका छन् । पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउन खोज्नु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नै भंग गर्ने अप्रिय कदम चाल्दा पार्टीले यतिबेला दुर्घटना बेहोर्नपरेको छ ।

अस्तिसम्म कुनै समूहको निशानामा नपर्ने कार्यकर्तालाई तानातान गर्दै ओलीको नेतृत्वमा एउटा समूह र प्रचण्ड–नेपाल नेतृत्वमा अर्को समूह देखापरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहका कतिपय व्यक्ति संसद् पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतसमेत पुगेका छन् । यतिबेला नेकपाका दुई खेमाका बीचमा कुनै हार्दिकता बा“की देखिन्न । सामाजिक सञ्जालदेखि चियापसलसम्म एक अर्काको गा“ड कोराकोर छ । छन् त पार्टी विभाजनको पीडा सबैलाई छ होला । तर लाग्दै छ, सायद पार्टी विभाजनपछिको अनुभूति कसैलाई छैन । पार्टी विभाजन हु“दा पनि आफू एक्लै विजयी हुन्छु र अरू सबै समाप्त हुन्छन् भन्ने भ्रमपूर्ण होहल्ला र भीडभाड अनेक प्रकारले सिर्जना गरिएका छन् । विडम्बना † यो भ्रममा दुवै पक्ष रमाइरहेका छन् । यदि यो पार्टी एकता जोगाउन सकिएन भने वस्तुस्थिति र परिणाम भने नितान्त फरक आउनेवाला छ, त्यो यथार्थ निर्वाचनको परिणामपछि निश्चित रूपमा देखिने नै छ ।

यतिबेला सबैले आआफ्ना दम्भ र संकीर्णता त्यागेर पार्टी एकताका निम्ति अन्तिम तर निर्णायक कदम चाल्नुपर्ने आवश्यकता छ । ऐतिहासिक कार्यभार र जनमतलाई सम्मान गर्दै फुटेर कही“ पनि पुगि“दैन भन्ने सच्चाई बुझ्न अत्यावश्यक छ । पार्टी एकता कायम गर्न सकिएन भने लाखौं मतदाता, कार्यकर्ता र शुभचिन्तकलाई के जवाफ दिने, के गर्छु भनेर मतदाताको आ“गनमा मुख देखाउने ? यतिबेलै सबैले गम्भीर भएर सोच्न अत्यावश्यक छ । विभिन्न जनआन्दोलन घाइते, अपांग, बेपत्ता परिवार र शहीद परिवारको त्याग बलिदानको सम्मान र तिनीहरूको सपना साकार पार्न पनि पार्टी एकता अक्षुण्ण राख्नुपर्छ । समस्या र अन्तरविरोधरहित कम्युनिस्ट पार्टी हुँदैन । यही समस्या र अन्तरविरोधको सही र सामयिक व्यवस्थापनबाट खारिएर अगाडि बढ्नुको विकल्प छैन र हुन्न । अगाडि जति अवसर र सम्भावना छन् ।

त्यसका अगाडि चुनौती पक्कै पनि नगण्य छन् । समयमै विवेक र संयम अपनाउने हो भने यी समस्या सहज समाधान पनि हुन्छन् । एउटा आक्रोश, आवेग र हचुवा निर्णयले एउटा युग र अनेक पुस्ताले पश्चात्ताप गर्नुबाहेक अरू केही छैन । तर यस विषयमा शीर्ष नेतृत्व न हिजो गम्भीर बन्यो, न आज बन्दै छ । कार्यकर्ता पंक्ति पनि यो वा त्यो समूहमा अन्धभक्त भएर सीमा र मर्यादा नाघेर कसैप्रति जाइलाग्नुले मात्रै पार्टी विभाजनको औचित्य पुष्टि हुने छैन । अतः आक्रोश, आवेग र कुण्ठामा रुमल्लिएर पक्ष र विपक्षमा उभिएर आफ्नै सहयोद्वा साथीलाई अनर्गल गालीगलौज, आरोप–प्रत्यारोपमा नगरी टुटफुटलाई प्रश्रय दिने ढंग वा अवाञ्छित गतिविधि नगरी हरेक विवेकशील कार्यकर्ता विभाजनको मतियार बन्न हु“दैन । एकता एकता र एकता पुनः एकताको पक्षमा लाग्ने जनदबाब सिर्जना गर्न शीर्ष नेतृत्वलाई खबरदारी गर्न सके नेता, कार्यकर्ता र शुभेच्छाको तीव्र दबाबका अगाडि पक्कै पनि सबै शीर्ष झुक्न बाध्य हुनैपर्छ ।

तसर्थ आमनेकपाका नेता आमकार्यकर्ताले आआफ्नो विवेक नगुमाई आवेग र उन्मादमा नरमाई जिम्मेवारीबोधका साथ पाइला चाल्नु अत्यावश्यक भइसकेको छ । नत्र समय घर्केपछि पछुताउनुबाहेक अर्को विकल्प बा“की हुने छैन । समाजवादको लामो यात्रामा हिँडेको नेकपारूपी विशाल जहाज आज कुहिरोको कागजस्तै भएको छ । यसका दुई मुख्य पाइलटहरू जहाजलाई लक्ष्यमा पु-याएर सहज अवतरण गराउनतिर नलागेर बरु उडानकै क्रममा एक अर्कोलाई दोषारोपण गर्दै एक आपसमा चरम विवाद सिर्जना गर्दै यात्रुहरूलाई आफू मात्र असल र दक्ष पाइलट प्रमाणित गर्न उद्दत छन् । यो जहाज र यात्रा पाइलटको मात्र होइन, सबै यात्रुको समान अस्तित्वको भविष्यस“ग र सिंगो नेपाली कम्युनिस्ट आन्दोलनसँग गाँसिएको छ । यो लामो र कठिन यात्रालाई पर्गेलौं र पुनः एकता कायम गर्न आआफ्नो ठाउ“बाट सकारात्मक योगदान गरौं र गराऔं ।

(Visited 197 times, 1 visits today)
Loading comments...

आजको समाचार

एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा आयोजित एक समारोहका...

आमा सहित ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो

दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका –३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन् । आमा सहित ४ जना बालबालिकाले नदीमा...

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

साताका लोकप्रिय समाचार

आमा सहित ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो

दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका –३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन् । आमा सहित ४ जना बालबालिकाले नदीमा...

बिटक्वाइनको मूल्य ५० हजार

एजेन्सी । विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः आकासिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट...

सातामा ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले...

शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय...

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले...

ट्रेन्डिङ

कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड रुपैयाँ

काठमाडौ । सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । उनले हिमानी...

इलाममा मालपोत र शिक्षा बन्द

इलाम । इलामस्थित सशस्त्र प्रहरी बल हेड क्वाटर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय...

जनकपुरकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ

जनकपुरधाम । जनकपुरधामको कुर्थाकी ११ वर्षीया बालिका कञ्चन कुमारी पजियारलाई बलात्कार गरी हत्या गरिएको घटनाका मुख्य आरोपी पक्राउ परेका छन् । घटनाका मुख्य आरोपी भारतको...

ढुङ्गाले किचेर आमाको मृत्यु, छोरी गम्भीर घाइते

पाल्पा । अविरल बर्षासंगै पहाड माथिबाट खसेको ढुङ्गा लागेर पाल्पाको माथागढी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । माथागढी गाउँपालिका ७ रहवासकी २९ बर्षीया...

राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यक : सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित सङ्घीय...

स्पेनमा खेलाडीहरूको कोरोना परीक्षण

मड्रिड । स्पेनिस फुटबल फेडेरेसनले स्पेनिस ला लिगा क्लबका खेलाडीको कोरोना परीक्षण गरेको छ । ला लिगा आयोजकले ला लिगा पुनः सुचारु गर्ने उद्देश्यअनुरूप...

समाजमा झाँगिदो नकारात्मक प्रवृत्ति

आजकल नेपाली समाजमा एक प्रकारको नकरात्मक प्रवृत्ति झाँगिदै गएकोे छ । अरूले गरेको राम्रो रचनात्मक कार्यलाई नदेख्ने र अरूप्रति शुभेच्छा पनि नचाहने उल्टै भ्रम...

कोरोना त्रास : उपत्यकामा आजदेखि निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम...

प्रहरी हुँ भन्दै रकम असुल्ने तीन जना पक्राउ

धनगढी । प्रहरी हुँ भन्दै रकम असुल्ने तीन जनालाई कैलाली प्रहरी पक्राउ गरेको छ । नक्कली प्रहरी बनेर रकम असुल्ने उनीहरुलाई धनगढीबाट पक्राउ गरेको...

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लन्डन । इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । भने फेरिनभारियोक्सलाई बार्सिलोनाले ५–१ ले पराजित ग-यो...

प्रधानमन्त्री ओलीलाई केही दिन सीसीयूमै राखिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य अवस्थामा सुधाइ रहे पनि प्रधानमन्त्री ओलीलाई केही दिन...

शिक्षालय सञ्चालन कार्यढाँचा

शिक्षा मन्त्रालयले लामो समयदेखि ठप्प भएको शिक्षा क्षेत्रलाई सञ्चालन गर्ने कार्यढाँचा जारी गरिएको छ । कोरोना भाइरस रोगथामका लागि गठित कोभिड–१९ संक्रमण रोगथाम तथा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)