Tuesday, March 9, 2021
Home भर्खरै सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध : परराष्ट्रमन्त्री ज्ञवाली

सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । तीनदिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । भारतबाट भएको सीमा अतिक्रमणको समाधान र कोरोना भाइरसविरुद्धको खोप उपलब्धताको आश्वासनसहित मन्त्री ज्ञवाली स्वेदश फर्किएका हुन् ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय छैटौं संयुक्त आयोग बैठकमा सहभागी भएर स्वेदश फर्किएका मन्त्री ज्ञवालीले सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध भएको बताए । संयुक्त आयोगको बैठक र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटपछि सीमांकन गर्न बाँकी, नापी गर्न बाँकी भूभाग र विवाद भएको भूमिको विषय छिटो टुंग्याउन दुवै पक्ष सहमत भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

‘नेपालसँगको सीमाको विषयमा छलफल गर्न सक्नेछौं भन्ने जानकारी राजनाथजीले दिनुभएको छ,’ ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भने, ‘सीमामा भारतको पोजिसन मैले भनिरहनु पर्दैन । हामी सहमतिमा पुगेको अवस्था पनि होइन ।’

अब दुवै मुलुकबीचको अन्य सीमांकनसहित सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतको क्षेत्रमा छलफल गर्न बाँकी छ । छलफल सम्बन्धित संयन्त्रको बैठकले टुंगो लगाउनेछन् ।

उनले राजनाथसँग ‘डिफेन्स कोअपरेसन’ को विषयमा पनि छलफल भएको बताए । ‘विपद् व्यवस्थापनमा कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल भयो,’ उनले भने, ‘नेपाली सेनाले निर्माण गरिरहेको छांगु जाने सडकका लागि आवश्यक पर्ने विस्फोटकमा सडकवारि र पारिको समन्वय मिलाउने विषयमा छलफल भएको छ ।’

बैठकमा ट्रान्समिसन लाइन, कृषि क्षेत्रमा थप सहकार्य गर्ने, पञ्चेश्वर परियोजनाको डीपीआर गर्नेलगायतका विषयमा सहमति भएको बताए । रक्सौल–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भ अगाडि बढाउने पनि सहमति भएको बताए ।

मन्त्री ज्ञवालीले भारत भ्रमणले दुई मुलुकबीच रहँदै आएको घनिष्ट, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने दिशामा योगदान पुगेको विश्वास व्यक्त गरे । उनले भने, ‘आगामी दिनमा थप दुई मुलुकबीच उच्चस्तरीय भ्रमण तथा वार्ता हुने र सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिएको छु ।’

नेपाल–भारत सम्बन्धका आर्थिक, राजनीतिक सांस्कृतिकलगायतका पक्षमा छलफल भएको र दुई देशीय सम्बन्धलाई मजबुत बनाउन तथा विकास यात्रालाई सफल बनाउने विषयमा भ्रमण केन्द्रित रहेको बताए ।

बैठकमा भूकम्पपछिको पुनर्निर्माणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रूप दिने विषयमा पनि छलफल भएको छ । नेपाल भारतवीचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरू पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय पनि भएको छ ।

(Visited 74 times, 1 visits today)
Loading comments...

आजको समाचार

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय...

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ । काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

साताका लोकप्रिय समाचार

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

स्राेताकाे मन जित्दै ‘हातैका पौजाले…’

काठमाडाैं । लाेक शैलीकाे गीत  रातो घलेकिमाको  सफलतापछि गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक भएको छ । कुशल बेलबासे र गायिका...

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

दर्जनाै फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन्...

मधानी महायज्ञ विशेष समारोहको तयारी पूरा

गौर । रौतहटको मौलापुरमा हुने ‘मधानी महायज्ञ विशेष समारोह २०७७’ को तयारी पुरा भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको...

ट्रेन्डिङ

भ्रष्टाचारका २ हजार विषय विस्तृत अनुसन्धानमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका २ हजार विषय र उजुरीमाथि विस्तृत अनुसन्धान थालिएको जनाएको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले हाल...

नारायणगढ–मुग्लिन सडकमा चट्टान फोर्दै पहिरो पन्छाउँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला...

भोलीदेखि जनकपुरधाम बन्द हुने

जनकपुरधाम । कोरोना भाइरस संक्रमणको प्रभाव बढ्दै गएपछि जनकपुरधाम बजार बन्द हुने भएको छ । जनकपुर उद्योग वाणिज्य संघले कोरोना संक्रमण भित्रिन नदिन...

तनावमा प्रधानमन्त्री ओली : वामदेव कि युवराज ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जान तयार रहेको जनाएका छन् । पार्टी पुरानो निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै आफू राष्ट्रियसभा...

भारतबाट फर्कनेको जोखिम

भारतमा लकडाउन भइरहेको समयमा पनि भारतीय सरकारले १५ वटा राज्यमा रेल सेवा सुरु गरेसँगै त्यहाँ रहेका नेपाली मजदुरहरू स्वदेश फर्कने तयारी गरेका छन् ।...

महेन्द्रको राष्ट्रवाद र बीपीको प्रजातन्त्र

नेपालको राजनीतिक इतिहासमा कसरी २०१७ साल पुस १ गतेको घटना घट्यो भन्ने कुरा सबै नेपालीहरूले बुझ्न सक्नुपर्छ । बीपी प्रधानमन्त्री भएपछि इजरायलको भ्रमणको बेला...

चिनी कम रङ कडा : हिरोइनले चिया बेचिन्, हिरोले नुहाउन छाडे

काठमाडौं । ‘चिनी कम रङ कडा’ फिल्मको नाम सुन्दै अलि फरक लाग्छ । आम सिनेमा भन्दा फरक सुनिन्छ । त्यहि फिल्ममा मुख्य भुमिका निर्वाह...

तमु सञ्चारकर्मी संघ नेपालको अध्यक्षमा रविन चयन

लमजुङ । लमजुङमा अयोजना गरिएको तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले रविन गुरुङ (काठमाडौं) को नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ...

सर्लाहीमा आगलागी, लाखौंको क्षति

सर्लाही । सर्लाहीको बसवरीया गाउँपालिकामा र बागमति नगरपालिकामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गए राति वडा नं.३ मन्दिरवा टोल बस्ने बिनदेश्वर रायको...

सीमा प्रहरीका दुःखकष्ट समाधान गर

देशीय तथा अन्तरदेशीय सीमा सुरक्षामा कडाइ गर्दै गइरहेका बेला सीमा सुरक्षामा अहोरात्र खट्ने प्रहरी सुरक्षाकर्मीका लागि गाँस, बास र कपासको उचित व्यवस्थापन हुन नसकिरहेको...

आन्तरिक राजस्व विभागमा मैनाली

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकको जिम्मेवारी दीर्घराज मैनालीलाई दिएको छ । यसअघि, मैनाली राजस्व अनुसन्धान विभाग महानिर्देशक थिए । मैनाली कुशल र सुधारक...

एलिना चौहान र कृषल कँडेलको रोमान्स

काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत कोसेली फूलको थुँगाको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियाेमा एलिना र कृषल कँडेलकाे...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)