Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home Breaking News मुलुकको राजनीतिक अवस्था गम्भिर छ, पत्रकार पनि चनाखो हुनुपर्यो : मुख्यमन्त्री
[adrotate group="3"]

मुलुकको राजनीतिक अवस्था गम्भिर छ, पत्रकार पनि चनाखो हुनुपर्यो : मुख्यमन्त्री

[adrotate group="30"]
[adrotate group="31"]

सप्तरी,राजविराज । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले मुलुकको राजनीतिक अवस्था गम्भीर अवस्थामा रहेका कारण सञ्चारकर्मीले पनि यसका बारेमा चासो देखाउन जरुरी रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेका कारण संकट बढेको भन्दै चनाखो रहन उनले सञ्चार क्षेत्रलाई आग्रह समेत गरेका हुन् । प्रतिनिधि सभा बिघटनका सन्दर्भमा सर्बोच्च अदालतले दिने निर्णय आफ्ना लागि ग्राह्य हुने भए पनि अवस्था भने शंकास्पद रहेको उनले बताए ।

नेपाल पत्रकार महासंघ सप्तरीको १० औं साधारणसभालाई शनिबार तिलाठी कोईलाडी गाउँपालिकाको वडा नं.५ बनरझुलामा सम्बोधन गर्दै उनले भने, ‘सम्मानित सर्बोच्च अदालतले दिने निर्णय हामी सबैका लागि ग्राह्य हुनेछ, तर अहिले जुन परिस्थिति निर्माण गरिएको छ त्यसले जनतामा आशंका उत्पन्न गराएको छ ।’ इतिहासमै विपी कोईरालापछि यस पटक बलियो बहुमतको सरकार बने पनि आफ्नै पार्टी भित्रको विग्रहका कारण संसद भंग गरेपछि उत्पन्न परिस्थितिले पाएको उपलब्धि पनि कतै खोसिने पो होईन भन्ने आशंका थपिएको उनले बताए ।

मुख्यमन्त्री राउतले भने, अहिले सत्ताधारी पार्टीभित्रको विवादले जसरी संसद भंग गरिएको छ यसले भोलिका दिनमा संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता रहने हो वा होईन भन्ने आशंका थपिएको छ ।’

जनतामाथी विश्वासघात

जनताले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई करीब दुई तिहाई नजिकको सरकार बनाउने मौका दिएको भए पनि जनताको विश्वासमाथि यति बेला कुठाराघात भएको उनको टिप्पणी थियो । मुख्यमन्त्री राउतले जनताले अपेक्षा गरेको विकास, निर्माण, शान्ति र राजनीतिक सुस्थिरता जस्ता विषय पनि यति बेला ओझेलमा परेको बताए ।

उनले भने, ‘प्रबल बहुमतको सरकारमाथि पनि आफ्नै पार्टीको सामान्य विवादले विग्रह आउँछ भने जनताले दिएको मतको सम्मान कसरी हुन सक्ला ?’ सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको कुरा असन्तुष्टीका रुपमा उठ्दै आएको बताउँदै उनले थपे, ‘जनताले विकास पाउनु त परै जाओस् उल्टै पाएको उपलब्धि पनि गुमेर जाने खतरा बढेको छ ।’

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गााको अध्यक्षतामा आयोजित समारोहमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि वयवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह, प्रदेशसभा सदस्य मनिष सुमन, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह लगायत विभिन्न अतिथिहरुले शुभकामना दिएका थिए ।

कार्यक्रममा पूर्वसभापति शिवहरि भट्टराई, व्यसशंकर उपाध्याय, विष्णु मण्डल, बैजनाथ झा, मुरली यादव, धिरेन्द्र प्रसाद साह, प्रकाश खतिवडा तथा प्रेस काउन्सीलका पूर्व सदस्य अनिल कुमार अनललाई मुख्यमन्त्री राउतले दोसल्ला तथा कदपत्रबाट सम्मान गरेका थिए ।

(Visited 47 times, 1 visits today)
[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

[adrotate group="34"]

साताका लोकप्रिय समाचार

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट एकै दिन ३८ जनाको मृत्यु भएको छ । सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा बुधबार एकै दिन ३८...

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

सुटुक्क बिहे गरेकी श्रेया घोषालले ‘बेबीबम्प’ सार्वजनिक गरिन्

मुम्बई । बलिउडकी चर्चित नायिका श्रेया घोषाल विवाह गरेको ६ वर्षपछि आमा बन्दैछिन् । सामाजिक सञ्जालमा ‘बेबीबम्प’ सार्वजनिक गर्दै हुनेवाला बच्चाको नाम समेत जुराइसकेको...

ट्रेन्डिङ

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...

तीन जिल्लामा थपिए १९ संक्रमित, पर्साका मात्र ८ जना

वीरगन्ज । भारतबाट नेपाल आई पर्सा, बारा र रौतहटका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका १९ जनामा नेपालीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी...

अबैध सालको काठ बोकेको बस पश्चिम दाङमा पल्टियो

तुलसीपुर । अबैध सालको काठ बोेकेको बस पश्चिम दाङमा पल्टिएको छ । माथिल्लो ट्वाङखोलाबाट अबैध काठ लिएर हापुरे तर्फ आउँदै गरेको ग १ ख...

श्री स्वस्थानी ब्रतारम्भ र शालीनदीको महिमा

श्री स्वस्थानीको ब्रत र स्नान गर्ने विधि पौष शुक्लपूर्णिमादेखि प्रारम्भ भई माघशुक्ल पूर्णिमाका दिनमा ब्रत पूर्ण गरिने परम्परा रहेको पाइन्छ । हाम्रो समाजमा यो...

मौरीको घार राख्ने विषयमा विवाद हुँदा भाइले दाजुकाे हत्या

दोलखा । मौरीको घारको विषयमा विवाद हुँदा भाइले कुखुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । मंगलबार...

निजामती सेवामा सेवा समूह व्यवस्थापन

निजामती सेवा ऐन, २०४९ को प्रस्तावनामा ‘निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गर्न...

भौतिक मन्त्रालयले थप्यो, १५ सय ठेक्काको म्याद

काठमाडौं । सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीहरूलाई अन्तिमपटकका लागि काम गर्ने अवसर प्रदान गरेको छ ।ती म्याद थपिएका निर्माण कम्पनीले...

राज्य सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा सरकार

काठमाडौं । दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य...

विमेन इन रोटरीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । विमेन इन रोटरी रोटरी डिस्ट्रिक्ट ३२९२ ले समान भविष्यका लागि महिला नेतृत्व भन्ने नाराका साथ एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस शनिबार...

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आएका छन् ।...

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...
[adrotate group="38"]

धेरै पढिएका

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्वावस्थामा रहेको अदालतको ठहर

काठमाडौं । सर्वोच्च अदालतको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको फैसलापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)पुरानै अवस्थामा...

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...

मेलम्चीको पानी आज काठमाडौमा

बहुचर्चीत मेलम्चीको पानी पिउँने उपत्यकाबासीको चाहाना पुरा हुने दिशा तर्फ अघि बढेको छ । फागुन १० गते परिक्षणको क्रममा मेलम्चीको पानी सुरुङ भित्र हालिएको...

दर्जनौं फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन्...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)