भिडियोमा सिम्खडाको चोटिलो व्यंग्य

काठमाडौं । सामयिक राजनीतिक प्रवृत्तिकेन्द्रित ‘मिमिक्री आर्टिस्ट’ श्रीकृष्ण सिम्खडाको व्यंग्यात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दुई दशकदेखि हाँस्यव्यंग्य फा“टमा सक्रिय सिम्खडाले विश्वव्यापी महामारी कोरोना कहरबीच भएका ‘भ्रष्टाचार र विकृति’ औंल्याउ“दै भिडियोमार्फत जनचेतना जागृत गराउने प्रयास गरेका हुन् ।

आफू स्वयं पनि कोरोना महामारीको सिकार भइसकेका सिम्खडाले ‘चार करोडको मोटर’ शीर्षकको भिडियोमार्फत सामाजिक, राजनीतिक र सबै तप्काका जनताका आवाज बुलन्द गरेका छन् ।

‘कोरोनाको नाममा धेरैले कमाइरहेका छन्, यस्तो संवेदनशीन घडीमा पनि जनताप्रति राज्यको कुनै जिम्मेवारी देखिएन,’ जोकसैको पनि आवाज निकाल्न खप्पिस सिम्खडा भन्छन्, ‘यही विषयवस्तु मैले म्युजिक भिडियोमार्फत उजागार गर्ने प्रयास गरेको छु ।’

चार करोडको मोटर
बिरामीलाई स्वाँस्वा
अनि छैन भेन्टिलेटर…

३ मिनेट ४४ सेकेन्डको भिडियोमा व्यंग्यकर्मी सिम्खडा स्वयंले मुख्य अभिनय गरेका छन् । पृथक शैलीमा पस्किएको उनको नृत्य हाउभाउले बेग्लै मज्जा दिएको छ । चार महिनाअघि कोरोना संक्रमित हुँदाताकाका पीडा उनले शाब्दिक रूपमा पस्केका छन् । अस्पताल जानेक्रममा त्यही“बाट संक्रमित भएका सिम्खडाले झन्डै २१ दिन आराम गरेपछि कोराना चट्टै निका पारे ।

‘म आफैं पनि कोरोना संक्रमित भइसकेका कारण पीडा कस्तो हुन्छ ? त्यो मलाई राम्ररी थाहा छ,’ कोराना महामारीलाई अझै पनि सामान्य ठान्न नहुने सुझाव दिँदै सिम्खडा भन्छन्, ‘भिडियोमार्फत जनताको भावना पोख्ने प्रयास गरेको छु, भिडियो त्यसैको अर्को रूप हो ।’

दुई दिन लगाएर काठमाडौं युएन पार्कमा छायांकन गरिएको म्युजिक भिडियोमा सिम्खडालाई कृसु बस्नेत, रेनु कोइराला, सविना शिल्पकार, डिना कोइराला र कृतिका सिम्खडाले साथ दिएका छन् । जसलाई लोकचन्द्र थापाले क्यामरामा छायाँकृत र सम्पादन सुबिन दाहालले गरेका हुन् ।

व्यंग्यकार सिम्खडा स्वयंको परिकल्पना, स्वर र रचनाको म्युजिक भिडियो हाइलाइट्स नेपालले निर्माण तथा बजार प्रबद्र्धन, संगीत एवं संयोजन सञ्जय खड्गीले गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संखुवासभामा एमाले भन्दा गठबन्धन अगाडी