Tuesday, March 9, 2021
Home Breaking News प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ भोलि

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ भोलि

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो ।

दोस्रो सत्रको आजको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताए । संवैधानिक इजलासमा आज भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट यसअघि अधिवक्ता भण्डारी स्वयंले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताए । त्यस्तै अधिवक्ता गिरिराज भट्टले विगतमा गिरिजाप्रसाद कोइरालाले आफूसँग भएको अधिकार प्रयोग गरेर तत्कालीन श्री ५ लाई विघटन सिफारिश गरिएपछि प्रतिनिधिसभा विघटन भए पनि अहिले नेपालको संविधानमा त्यो व्यवस्था नभएको जिकिर गरे ।

अधिवक्ता डा भीमार्जुन आचार्यले वर्तमान संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख नगरिएको जिकिर गरे । गत पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु भएको हो ।

उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।

गत १० पुस गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् ।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए ।

कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा, १३३ को उपधारा, २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ । रासस

(Visited 71 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्णाली नदीमा हाम फालेका पाँचमध्ये आमा र छोराको पनि शव भेटियो, अझै एक जनाको बाँकी

दैलेख । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ। मंगलबार करिब १२ बजेतिर सुकी र उनका...

एपीएफ अस्पतालमा एमआरआई र एचडियू सेवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको फागुन २४ गते समुद्घाटन गर्नुभयो । सोही...

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ । काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी...

रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की राष्ट्रियसभा सांसद कोमल वलीले अर्का नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको कसुरमा मुद्दा दायर गरेकी छन् । मङ्गलवार काठमाडौँ...

साताका लोकप्रिय समाचार

गोर्खा वारियर नबन्दै गोर्खा वारियर–२ निर्माण सुरु

काठमाडौं । पहिलो शृंखला निर्माण नभई चलचित्र गोर्खा वारियरको दोस्रो शृंखला निर्माण हुने भएको छ । मंगलबार काठमाडौंमा गोर्खा वरियर–२ को निर्माण घोषणा गरियो...

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य...

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

प्रिय कमरेड परिवर्तन जी क्रान्तिकारी लाल सलाम । आराम छु आरामै चाहन्छु । विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले...

सग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा । श्रीराम सिग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघ पोखरा शाखाले संस्थापक अध्यक्ष सिग्देललाई पहिलो पटक...

ट्रेन्डिङ

बन्दाबन्दी क्रमशः खुकुलो बनाउने कि ?

विश्व यतिबेला कहिल्यै नभोगेको कहरबाट गुज्रिरहेको छ । नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन । तथापि, नेपालले संकटसँग जुध्नका लागि गरिनुपर्ने तयारीको पर्याप्त...

प्रदेश २ मा ३ हजार ७ सय ३७ मा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना...

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...

कोरोना भाइरसले थला परेको खेलकुद

गतिशील हुनुपर्ने खेलकुद क्षेत्र कोरोना भाइरसको महामारीले अहिले नरम्रोसँग प्रभावित भएको छ । खेलकुदलाई उद्योगका रूपमा विकास गरिसकेका देशलाई कोरोना भाइरसको महामारीले थला नै...

फोर्डको २०२० संस्करणको इको–स्पोर्ट गाडी बजारमा

काठमाडौं । फोर्ड नेपालका लागि आधिकारिक बिक्रेता जिआ अटोमोबाइल्स प्रालिले २०२० संस्करण फोर्ड इको–स्पोर्ट गाडी बजारमा ल्याएको छ । भारत स्टेज भीआईमा आधारित २०२०...

श्रीमतीद्वारा बन्चरो प्रहार गरी श्रीमानको हत्या

नेपालगन्ज । घरायसी झगडमा बाँकेको खजुरा गाउपालिका वडानं. ६ गिजरामाश्रीमतीले धारिलो हतियारबञ्चरोले प्रहार गरेर श्रीमानको हत्या गरेकी छन् । जिल्लाप्रहरी कार्यालय बाँकेकाप्रवक्तातथाप्रहरी नायवउपरीक्षक सुवाश खड्काले...

करेन्ट लागेर तुलसीपुरमा एक जना घाइते

तुसीपुर । तुलसीपुरमा करेन्ट लागेर एकजना घाईते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिसील टोल निवासी ३२ बर्षका श्याम चौधरी रहेको ईलाका प्रहरी...

तालसको सकियो छायांकन

काठमाडौं । गत असोजबाट केही चलचित्रको छायांकन सुरु भएको छ । यसैक्रममा नेपाली चलचित्र ‘तलास’को यतिबेला छायांकन सकिएको छ । यो चलचित्रको छायांकन सम्पन्न...

सुतिरहेकाे बेला माथीबाट खसेकाे ढुंगाले लागेर मृत्यु

पाँचथर । जिल्लाको तुम्बेवा गाउँपालिका–५, मा लकडाउनका कारण घर फर्किन पनाएका एक भारतीय मजदुरको ज्यान गएको छ । त्यहाँस्थित निर्माणधिन पुलमा काम गर्दै...

धौलागिरी अञ्चल अस्पतालमा ‘आईसोलेन वार्ड’ स्थापना

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङले कोरोना भाईसरको सभ्भावित खतरालाई लक्षित गर्दै ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । कोरोनाको संक्रमण भएका शंकास्पद बिरामीलाई बिशेष...

कालिञ्चोकबाट सुरु भयो ‘चोर पुलिस’ काे छायाङ्कन

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायंकन सुरु भएको हो...

एक तोला सुनको मूल्य १ लाख १ हजार चार सय

काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ । मङ्गलबार प्रतितोला रु ९९...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)