Saturday, February 27, 2021
Home प्रदेश प्रदेश ४ आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए । यसका लागि अग्नि रेखा तयर गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिए । हिमाली क्षेत्रमा बिरुवा उम्रन समय लाग्छ । उम्रिए जोगाउनै हम्मेहम्मे पर्ने जिल्लामा स्थानीयवासीले दुःख गरेर जोगाएका वनमा आगो लाग्न थालेको डेढमहिना भयो । स्थानीय खान्की नै बोकेर जङ्गल आगो निभाउन पसेका थिए ।

पातलो बस्ती र सल्लाको वन रहेको नासो गाउँपालिका–८ ताचै गाउँको बस्तीतर्फ आगो फैलिएको थियो । आगोका कारण जिल्लाको आकाश धुवाँको मुस्लोले अझै ढाकेको छ । चामे गाउँपालिका–२ थानचोक पारी वनबाट गत मङ्सिर ११ गतेदेखि शुरु भएको आगो ताचैसम्म पुगेको थियो । त्रासैत्रासबीच स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । मानवबस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले सक्रियता देखाएको थियो ।

वडा नं ८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ विपद्को समयमा प्रशासनले सहयोग नगर्दा पूरै बस्ती जोखिममा परेको बताए । अहिले बस्ती सुरक्षित छ । ‘वन र वन्यजन्तु जोगाउन सकिएन ।’ उनले भने । यस वडामा ६५ घरधुरीको चरान क्षेत्र मात्रै नभई घाँस दाउरा र जडीबुटी सङ्कलन क्षेत्रसमेत रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

घरबाटै अन्नपानी बोकेर स्थानीयवासी गत मङ्गलबारबाट आगलागी भएको क्षेत्रमै खाना पकाएर खाँदै आगो नियन्त्रणमा जुटेका थिए । यसअघि स्थानीयवासी मात्रले आगलागी नियन्त्रणको प्रयास गर्दै आएका थिए । मङ्गलबारबाट आगलागी नियन्त्रणमा स्थानीयवासीसँगै सुरक्षाकर्मी र प्रशासनका प्रतिनिधि पनि सहभागी बनेका थिए ।

‘फायर लाइन’ बनाएर नियन्त्रण

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय र स्थानीयवासीको प्रयासमा ‘फायर लाइन’ बनाएर नियन्त्रणको प्रयास थालिएको थियो ।

फायर लाइन निश्चित आगो थप फैलन नपाओस् भनेर निश्चित क्षेत्रमा आगो लगाएर आगो फैलन नदिने प्रविधि हो ।

यो पनि पढ्नुहोस   समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

के हो अग्निरेखा

आगोलाई नियन्त्रण गर्न निर्माण गरिने आगोको घेरालाई नै अग्नि रेखा भनिन्छ । यहाँ पनि सेना, सशत्र प्रहरी र स्थानीयवासीले आगो आएको ठाउँतिर करीव १०० मिटर वरबाट आगो अएको दिशा तर्फ आगो लगाएर आगो नियन्त्रण लिएका हुन् । यसरी अग्निरेखा निर्माण गर्दा दुबै तर्फको आगोको भेट हुने र बढी क्षेत्रमा फैलना नपाउने अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनले भौगोलिक जोखिम र स्रोत साधनको अभावमा तत्काल ‘फायर लाइन’को विकल्प नभएको बताए । एक्यापको संरक्षकत्वमा रहेको जङ्गलको सात सय हेक्टर वन जलेर सखाप भएको छ । स्रोतसाधन अभाव र समयमा प्रशासनको बेवास्ताका कारण लामो समयदेखि आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीको गुनासो छ ।

सशस्त्रको विपद् व्यवस्थापन टोलीको नेतृत्व गरिरहेका वरिष्ठ प्रहरी उपरीक्षक होमनाथ पन्थी यस क्षेत्रको आगलागी नियन्त्रण मानवीय स्रोतबाट मात्र सम्भव नरहेको हुनाले आवश्यक सामाग्रीको व्यवस्थापन हुनुपर्ने बताए । मानव बस्तीदेखि घरपालुवा जनावरको सुरक्षा र आवश्यक चरण क्षेत्रको सुरक्षाका लागि तत्काल जोगाउन सफल भए पनि वन क्षेत्र भने जोकाउन नसक्नु भौगोलीक बिकटता र स्रोत साथानको अभाव भएको उनले जानकारी दिए ।

जोगिएन वन

भौगोलिक विकटता र प्रशासनको समयमा ध्यान नपुग्दा यस क्षेत्र अन्तर्गतका महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप हुने भएका छन् । यस क्षेत्र अन्तर्गत निरमसी, पाँच औँले, जटामसी, कुट्कीलगायतका जडीबुटी डढेलोले सखाप पारेको छ । घोराल, झारल कस्तुरी मृगलगायत महत्वपूर्ण वन्यजन्तुको बास्थानसमेत हराएको छ । कति मरे र कती घाइते छन् भन्ने एकीन छैन । ठूलो परिणममा आगजानी हुँदा यस क्षेत्रका महत्पूर्ण जीवजन्तु लोपहुने अवस्था देखिएको संरक्षण क्षेत्रले जनाएको छ ।

हाल आगो पूर्णरुपमा नियन्त्रण नभएसम्म अन्नपूर्ण संरक्षण क्षेत्रले हेरालु राखेको छ भने जिल्ला प्रसासनले दैनिक निगरानी राखेको प्रजिअ लामिछानेले बताए ।

(Visited 200 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार...

पोखरा प्रज्ञा–प्रतिष्ठान कुलपतिमा ढकाल

पोखरा । पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल चयन भएका छन् । पोखरा महागरपालिकाले ढकाल कुलपति रहेको ७ सदस्यीय समिति चयन गरेको हो । कुलपतिमा...

च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब...

भ्रष्टलाई नामेट पार्न जाग हे अख्तियार !

यतिखेर मुलुकमा सुशासनको दियो बाल्ने प्रमुख जिम्मेवारीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्य सञ्चालनमा मुख्य भूमिकामा रहेका अन्य संवैधानिक आयोगलाई समेत कमजोर बनाउने...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

ट्रेन्डिङ

कोरोना त्रास : ४४२ जना कैदी बन्दी छुटे

काठमाडौं । कोरोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४ सय ४२ जना कैदी बन्दीले कैद छुट पाएका छन् ।...

अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु : नवनिर्वाचित राष्ट्रपति बाइडेन

वासिङटन । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् । रिपब्लीकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै...

कोरोनाको कारण सलमानले सारे फिल्म

मुम्बई । बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे’लाई अब पूर्वनिर्धारित समयमा रिलिज नगर्ने भएका छन् । उनले यो फिल्म आगामी...

फस्ट लुक्समा गोर्खे

काठमाडौं । यही २८ चैतमा रिलिज गरिने भनिएको चलचित्र ‘गोर्खे’को फस्ट लुक्स रिलिज गर्दै प्रदर्शन स्थगित गरिएको छ । यो चलचित्रमा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुरू, आश्मी लामा,...

भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान होस् : विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्टको बीभत्स अवस्थामा शव भेटिएको घटनाले मर्माहत भएको जनाएको छ । सो...

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । बिहीबार रातिदेखि स्वास्थ्य अवस्था असहज भएपछि उनलाई अस्पताल...

विद्युतीकरण सबै प्रदेशको प्राथमिकता

काठमाडौं । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा विद्युतीकरणलाई प्राथमिकतामा राखेको छ । सातवटै प्रदेशले सोमबार ल्याएको आर्थिक वर्ष २०७७÷७८ को बजेटमा यस्तो प्राथमिकता तोकिएको...

बाँकेका पहिलो संक्रमितको पुनःपरीक्षण पोजेटिभ

कोहलपुर । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

धेरै पढिएका

स्वास्थ्यका कार्यक्रम महत्वाकाक्षी, कार्यान्वयन सुस्त

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रम समेटिए पनि अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः कांग्रेस

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले...

राष्ट्रिय गौरवका आयोजना राष्ट्रिय रोग बन्दै ‘ढिलासुस्ती’

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाए पनि विगतमा जस्तै हुने ढिलासुस्ती भने हटेको छैन । विकास र समृद्धिको मुख्य नारा लिएको सरकारले...

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)