Tuesday, March 9, 2021
Home प्रदेश प्रदेश १ प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई समूहमा विभाजित भएपछि प्रतिपक्ष कांग्रेसलाई सत्तारोहणको बाटो प्रशस्त भएको हो ।

यो सँगै जनताले आफूलाई प्रतिपक्षमा नै बस्ने म्याण्डेड दिएको बताउने कांग्रेस मुख्यमन्त्री नै दावी गर्ने अवस्थामा पुगेको छ । पुष २९ मा कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले नेकपाको जुन समूहले मुख्यमन्त्री दिन्छ उसैलाई समर्थन गर्न संसदीय दललाई दवाव समेत दिएको छ ।

केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूह र केपी ओली समूहबिच कोरिएको विभाजनको रेखाको असर प्रदेश १ मा पनि परेको हो । केन्द्रमा आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने षड्यन्त्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका छन् । लगत्तै प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

पार्टी फुटको संघारमा रहेको बेला प्रदेश १ को नेकपा संसदीय दलभित्र एउटा समुहले अर्को समुहका सांसदहरुलाई प्रदेशसभाभित्र प्रवेशका लागि समेत रोक्ने गरी कारवाही र निलम्बनको चिठी पठाएका छन् । यद्यपी शेरधन राई नेतृत्वको नेकपा सरकार विरुद्ध गरिएको अविश्वास प्रस्तावपछि कुन समुहलाई समर्थन गर्ने भन्ने बिषयमा कांग्रेसले औपचारीक निर्णय गरिसकेको छैन ।

प्रचण्ड–नेपाल समुहले मुख्यमन्त्री शेरधन राईलाई अविश्वासको प्रस्ताव राख्दै नेता भीम आचार्यलाई संसदीय दलको नेताका रुपमा अघि बढाएको छ । यसरी विभाजित भएको नेकपाभित्र मुख्यमन्त्रीमा प्रस्ताव गरिएका भीम आचार्य र मुख्यमन्त्री चलाइरहेका ओली समुहका शेरधन राई एकअर्कालाई सरकारबाहिरै राख्नेगरी कांग्रेससँग सहकार्य गर्न लागिरहेका छन् ।

कांग्रेसको केन्द्रीय समितिले अहिलेसम्म प्रदेश सरकारका बिषयमा औपचारिक धारणा ल्याएको छैन । पार्टीको प्रदेश कमिटिको संरचना नभएका कारण कांग्रेसले प्रदेश १ मा संसदीय दललाई नै निर्णयकोअधिकार दिने कांग्रेस नेताहरुको बुझाई छ । यस्तो हुँदा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला नै मुख्यमन्त्रीका रुपमा अघि सारिनेछन् ।

मोरङ सभापति डिकबहादुर लिम्बुले औपचारिक रुपमा नेकपा दुईवटा भइनसकेकोले तत्कालै निर्णय गरिहाल्ने अवस्थामा नभएको प्रतिकृया दिएका छन् । यद्यपी पछिल्लो राजनितिक घटनाक्रमले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्नसक्ने अवस्था आएको उनले संकेत गरे । नेकपा भित्रको कुन समूहसँग सहकार्य गर्ने भन्ने विषयमा छलफलबाट टुङ्ग्याइने उनले बताए ।

६७ सांसद सहित प्रदेश सरकारमा उपस्थित नेकपा विभाजित भएपछि यतिबेला दुवै समूह एक अर्कालाई सिध्याउने गरि लागिपरेका छन् । मुख्यमन्त्री शेरधन राई विरुद्ध लगाइएको अविश्वासको प्रस्ताव पास गराउँदै नयाँ नेतृत्व पठाउन प्रचण्ड–माधव समूहले कसरत गरिरहेको छ भने विश्वासको मत सहजै लिने मुख्यमन्त्री शेरधन राईले बताउँदै आएका छन् ।

नेकपाकै ३७ सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव बुझाएको प्रचण्ड–माधव समूहका नेतृत्वकर्ताहरु भने कतिपय सांसद खुलेर ओली पक्षमा लागेपछि भने हतास बन्दै गएका छन् । यद्यपी राजनितिमा असम्भव केहि नहुने भन्दै प्रचण्ड–माधव समूहका एक नेताले भने, अन्तिमसम्म प्रयास जारी रहन्छ, कांग्रेस र अन्य दलसँगपनि सहकार्यका विषयमा छलफल भइरहेको छ । प्रदेशसभामा कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राप्रपाका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।

(Visited 160 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

उहिले घरजग्गा पास, अहिले भने उठिवास : माओवादी ‘जनयुद्ध’मा भएको किनबेचको किचलो अझै

रुकुम पश्चिम । माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी...

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ । काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी...

अन्ततः एमाले एकजुटः नेपाल–खनाल एमालेमै फर्किए

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन्...

आमा सहित ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो

दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका –३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन् । आमा सहित ४ जना बालबालिकाले नदीमा...

साताका लोकप्रिय समाचार

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

सिओल । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल...

कांग्रेस अझै पर्ख र हेरकै रणनीतिमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा अझै पर्ख र हेरकै स्थितिमा देखिएको छ । उसले यस विषयमा...

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य...

महिलालाई शिक्षा र आर्थिक क्षेत्रमा अघि बढाइने

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले नारीलाई शिक्षा र आर्थिक सशक्तीकरणमा अघि बढाइने बताइन । महिला, कानून र विकास मञ्चले १११औँ...

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले...

ट्रेन्डिङ

मनितो गुमाएका माननीयहरू

लोकतन्त्र यो युुगको सर्वाधिक शक्तिशाली व्यवस्था हो । लोकतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र हुन सक्छ । लोकतन्त्रमा कानुन अर्थात् विधिको शासन महŒवपूर्ण मानिन्छ ।...

इङ्लिस प्रिमियर लिगः लिभरपुल शीर्ष स्थानमा

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबल अंक तालिकामा लिभरपुल शीर्ष स्थानमा उक्लेको छ । गएराति सम्पन्न खेलमा टोटनह्यामलाई २–१ गोलले पराजित गर्दै लिभरपुल शीर्ष...

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट...

‘कोरोना संक्रमित भनिएको बर्दियाको नार्खु भन्ने ठाउँ जिल्लामै छैन’

बर्दिया । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको ठेगाना र संख्यासहित शनिबार विहान बर्दियाको नार्खु–११ की १ जना महिला भनेर विज्ञप्ती निकाल्यो । तर बर्दियामा नार्खु...

भारतमा ३० व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि

नयाँ दिल्ली । भारतमा कोरोना भाश्इरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बिहीबारसम्म ३० पुगेको छ । प्राप्त पछिल्लो सूचना अनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर...

१६६९ जनामा कोरोना पुष्टि, ५६९९ जना संक्रमणमुक्त

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ८ हजार ३२...

कोरोना नियन्त्रण गर्न चाहिन्छ कठोर कानुन

चिनले आफ्नाे देशमा कोरोना भाइरसबाट हुने संक्रमण नियन्त्रण गर्न सक्नुमा चिनको शासन प्रणाली सहयोग सावित भएको देखिन्छ । चिनबाट सामाजिक संजालमा...

गण्डकी प्रदेश अब बागलुङ केन्द्रित

पाेखरा । बागलुङ जिल्लामा पनि काेराेना परीक्षणकाे र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुने भएपछि गण्डकी प्रदेशकाे ध्यान त्यतातिर खिचिएकाे छ। संघीय सरकारकाे शनिबारकाे बैठकले बागलुङ...

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

कोरोना भाइरसबाट भारतमा एकैदिनमा २ हजारको मृत्यु

नयाँदिल्ली । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको...

तरकारी बोकेको गाडीमा लुकेर घर जान खोज्नेहरु क्वारेन्टाइनमा

सप्तरी, राजविराज । तरकारी बोक्ने गाडीमा यात्रुलाई ओसारेपछि सप्तरी प्रहरीले उक्त गाडी नियन्त्रणमा लिदै त्यसमा सवार १४ भारतिय सहित २५ जनालाई क्वारेन्टाईनमा पठाएको छ...

नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)