रुसी विपक्षी नेता नल्भानी एयपोर्टबाटै पक्राउ

म्युनिख । स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै एयरपोर्टबाटै हिरासतमा लिइएको छ । अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनको टोलीले नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

क्रेमलीनका आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको बीबीसीले उल्लेख गरेको छ । उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो । यसअघि नभाल्नीले उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका थिए ।

खोजपत्रकारहरूले उनको आरोप सही भएको बताएका छन्, तर क्रेमलीनले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनित गरेका जेक सुलिभानले नभाल्नीको ज्यान लिने कोसिश गरेकाहरूलाई जबाफदेही बनाउन पनि आह्वान गरेका छन् । अन्य पश्चिमा नेताहरूले पनि नभाल्नीको पक्राउको निन्दा गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपालले ‘टार्गेट’ गरेको इटहरीमा मेयर नछाड्ने कांग्रेसको चेतावनी