Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ४ परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि...

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि…

,

बलेवा । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किनुभएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले उनी अस्पताल पुगे ।

पोखराको आस्था मिर्गौला तथा स्पेशलाइज्ड अस्पतालले उनको दुवै मिर्गौलाले काम गर्न छोडेको बताएको छ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका ३३ वर्षीय बोहरा यतिबेला अस्पतालको शय्यामा छटपटाइ रहेका छन् । अहिले उनको हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ ।

मध्यम परिवारका रामचन्द्रलाई डायलासिस मात्रै गर्नसमेत आर्थिक कठिनाइ छ । चिकित्सकले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन् । ‘खर्च थेगिसक्नु छैन, मजदूरी गरेर छाक टार्न कठिन भएर विदेश गएको छोरा बिरामी भएर फर्किएको छ’, रामचन्द्रका बाबु कृष्ण बोहराले भने, ‘घरभरि बिरामी छन्, रेखदेख गर्ने छोरो अस्पतालको शय्यामा छ ।’ रामचन्द्रकी आमाको विसं २०७४ मा टाउकोको शल्यक्रिया भएको थियो । कठिन खालको शल्यक्रिया गरेकाले उनले केही काम गर्न सक्दिनन् । बोहरा परिवारले रामचन्द्रलाई बचाइदिन आग्रह गरेको छ ।

‘मिर्गौला त मै दिन्थेँ तर पहिला पैसा चाहिने भयो, किनेर साध्य छैन’, कृष्ण भन्छन्, ‘कसैको मन पलाए मेरो छोरा तङ्ग्रिन्थ्यो ।’ उनको डायलासिसका लागि हप्तामा रु सात हजार खर्च हुन्छ । मिर्गौला प्रत्यारोपणका लागि कति खर्च लाग्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन । ‘मेरो जाँच गरेपछि मिल्यो भने खर्चको जोहो गर्ने भनेको छु’, कृष्ण भन्छन्, ‘घरकै आम्दानी केही छैन, सहयोग कसैले गरे भने अनि खर्चको विषयमा खोज्नुपर्ला ।’ अस्पतालमा भेट्न पुग्ने जो कोहीसँग रामचन्द्रले गहँभरि आँशु देखाउँछन् । ‘भएको पैसा चेकजाँचमै सकियो, ऋणसमेत पाउन गाह्रो छ’, उनले भने, ‘कसैको सहयोग पाउन सके नयाँ जीवन पाउने आशा छ ।’

उनका आठ वर्षका छोरा छन् । पेटको शल्यक्रिया गरेकाले बोहोराकी पत्नी कमजोर छिन् । ‘मजदूरी गर्ने बाबा, आमा हजुरबुबा मेरै आशामा बाँचिरहेका छन्’, बोहराले भने, ‘छोरालाई धेरै पढाउने लेखाउने सपना थियो, श्रीमती कमजोर छिन्, म यता जीवनमरणको दोसाँधमा छु ।’ रामचन्द्रको परिवारले अहिले ‘हाम्रो रामचन्द्रलाई बचाइदिनुहोस्’ भन्दै सहयोगका लागि आग्रह गर्दै आएको छ ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ । स्थायी राजधानी...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

साताका लोकप्रिय समाचार

आजबाट आयल निगम ईआरपी प्रणालीमा

काठमाडौँ । आजबाट नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जाने भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित र सुधार...

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

 लाहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना...

विघटन उन्मुख नेपाली समाजको प्रमुख कारण राजनिति

१.बिषय प्रबेश : समाज आफैमा एउटा बृहत संगठन हो । जसका आफनै मुल्य,मान्यता र सञ्चालन शैली रहेका छन । यसैले हरेक समाज को दिशा...

लुम्बिनीमा जसपाका तीन सांसदलाई मन्त्री

बुटवल । लुम्बिनी प्रदेश सरकारले सोमबार मन्त्रीपरिषद विस्तार गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका...

को होला वर्ष उत्कृष्ट खेलाडी ?

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा ३ खेलाडी मनोयनमा परेका छन् । करातेका...

ट्रेन्डिङ

संक्रमित मृत्युपछि गण्डकी अस्पतालमा आकष्मिकबाहेकका अन्य सेवा बन्द

चिप्लेढुङ्गा । स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय...

स्यान्टु र प्रदीप क्वार्टरमा

काठमाडौं । नेपाल पुलिसका स्यान्टु श्रेष्ठ र प्रदीप रोका तेस्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका...

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बित

काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन...

शाहरूखसँग नयाँ फिल्ममा जोडिँदा कार्तिक असीमित खुसी

मुम्बई । बलिउड अभिनेता कार्तिक आर्यनले यतिबेला आफ्नो निकै ठूलो सपना पूरा हुँदै गरेको भन्दै असीमित खुसी छु भनेका छन् । आफू अभिनेता शाहरूख...

१० हजारभन्दा बढी विदेशमा रहेका नेपाली कोरोना संक्रमणमुक्त, ४० वटा शब नेपाल ल्याइयो

लन्डन । कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ । गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या...

थपिए ८ लाख ४३ हजार मतदाता

काठमाडौं । पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित...

आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

खलंगा । जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न...

‘संसद् विघटन बहुमतप्राप्त सरकारको अधिकार’

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटन गर्नुका कारण पेस गरेको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चको संवैधानिक इजलासमा पठाएको लिखित जवाफमा...

१० वर्षे रोडम्याप कार्यान्वयनमा

काठमाडौं । सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप)सहितको १० वर्षे रणनीतिक योजना बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । संघीय मामिला तथा...

सिन्धुपाल्चोकको लिदी पहिरोः थप ३ शव फेला, मृतकको संख्या २८ पुग्यो

सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना...

कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा...

आर्थिक सिर्जनात्मक कार्य जरुरी

कोरोना संक्रमण रोकथामका लागि लकडाउन गरिएसँगै देशमा विकास निर्माण कार्यले गति नलिनु स्वाभाविक हो । तर, विकास निर्माणका साथै आर्थिक सिर्जनात्मक कार्यले केही सापेक्षिक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)