सञ्चारकर्मी ज्ञवालीको ‘एक लभर’

काठमाडौं । सञ्चारकर्मी रामजी ज्ञवालीले नयाँ लघु चलचित्र ‘एक लभर’ दर्शकमाझ ल्याएका छन् । यो चलचित्र नेपालको वर्तमान सामाजिक परिघटनालार्य मध्यनजर गरेर तयार पारिएको निर्देशक ज्ञवालीले बताएका छन् ।

यस चलचित्रमा नेपाली युवायुवतीको विदेशमोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई उठाइएको छ । चलचित्रको कथानकअनुसार प्रेमीलाई भेट्न अस्टे«लिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर अस्ट्रेलिया पुगेको देखाइएको छ । त्यसपछि उसले नेपालका प्रेमीलाई एकाएक छोडिदिन्छिन् । तर, एक वर्षपछि ती युवती नेपाल फर्किएर पुराना प्रेमी खोज्दै आउँछिन्, त्यसबेला पहिलाका प्रेमीले बिहे गरेर अर्कै जीवन बाँचिरहेका हुन्छन् ।

दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको ‘एक लभर’ आधा घण्टा लामो छ । चलचित्रमा प्रेम, बिछोड र रोदन मात्रै देखाइएको छैन, चलचित्रलाई निर्देशक ज्ञवालीले सुखद अन्त्य गरिदिएका छन् ।

निर्देशक ज्ञवालीका अनुसार यस्तो खालको घटना नेपाली समाजमा निरन्तर घटिरहेको छ । त्यसैलाई आधार मानेर चलचित्र निर्माण गरिएको हो । चलचित्र निर्माणका लागि निर्माता दुर्गाप्रसाद ज्ञवालीले १० लाख लगानी गरेका छन् ।
उनले भने, ‘हामीले सुनेको तर देख्न नपाएका यस्ता धेरै पात्र छन्, जसले कुनै न कुनै सन्देश दिन्छन् ।’

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयार चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा बागी उम्मेदवारी दिनेमाथि गठबन्धनले गर्यो कारबाही