उद्योगमा ७२ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता

काठमाडौं । चालूआर्थिक वर्षको ६ महिनामा लगानीकर्ताले उद्योगक्षेत्रमा ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीकर्ताले गरी चालू आर्थिक वर्षको ६ महिनामा उद्योगक्षेत्रका सो लगानी गर्ने प्रतिबद्धता गरेका हुन् ।

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको असार १ देखि २९ पुससम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताले १ सय ३ वटा उद्योग दर्ता भएका छन् । १ सय ३ वटा उद्योगलाई ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका हुन् । जसमा लगानीकर्ताले ४९ अर्ब १५ करोड रुपैयाँ स्वदेशी उद्योगमालगानी गर्ने प्रतिबद्धता गरेका छन् भने विदेशी लगानीकर्ताले २३ अर्ब ४७ करोड रुपैयाँ गर्ने प्रतिबद्धता गरेका छन् ।

विश्वमा नै महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्थामा उद्योग क्षेत्रमा चालू आर्थिक वर्षको ६ महिनामा २३ अर्ब ४७ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता हुनु भनेको सकारात्मक नै भएको विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले बताए । कोभिड–१९ को संक्रमणका कारणले विश्व अर्थतन्त्र नै तहनहस भएको अवस्थामा विदेशी लगानीकर्ताले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्ने सकारात्मक नै देखिएको उनले जानकारी दिए ।

विभागको तथ्यांकअनुसार विदेशी तथा स्वदेशी १ सय ३ वटा उद्योग दर्तासँगै ६ हजार २ सय ८८ व्यक्तिले रोजगारी पाउने प्रतिबद्धता गरेको छ

विभागको तथ्यांकअनुसार विदेशी तथा स्वदेशी १ सय ३ वटा उद्योग दर्तासँगै ६ हजार २ सय ८८ व्यक्तिले रोजगारी पाउने प्रतिबद्धता गरेको छ । विदेशी लगानी गरेको उद्योग क्षेत्रमा ३ हजार ४ सय ८० जनाले रोजगारी पाउनेछन् भने स्वदेशी लगानी गरेको उद्योग क्षेत्रमा २ हजार ८ सय ८ जनाले रोजगारी पाउनेछन् । विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा उद्योग विभागमा ठूला उद्योग १७ वटा दर्ता भएका छन् भने मझौता उद्योग २१ वटा भएका छन् । साना उद्योग ६५ वटा उद्योग विभागमा दर्ता भएका छन् ।

विभागमा पुस महिनामा स्वदेशी तथा विदेशी गरी १३ वटा उद्योग दर्ता भएका छन् भने ३ अर्ब २६ करोड लगानी प्रतिबद्धता भएको छ । जसमा विदेशी लगानी २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ भने ९० करोड रुपैयाँ स्वदेशी लगानीकर्ताको प्रतिबद्धता रहेको छ ।

विभागमा पुस महिनामा एउटा मात्र ठूलो लगानीको उद्योग दर्ता भएको छ भने तीनवटा मझौला र नौवटा साना उद्योग दर्ता भएका छन् । ठूलो उद्योगको लगानी १ अर्ब ५७ करोड ४ लाख ४४ हजार रुपैयाँ लगानी गर्ने प्रतिबद्धता भएको छ । मझौला ३ वटा उद्योगमा लगानी ७७ करोड ९८ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता भएको छ । यसैगरी, साना नौवटा उद्योगलाई ९ करोड १५ लाख ४५ हजार रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

विभागका अनुसार सुरुदेखि चालू आर्थिक वर्षको २९ पुससम्ममा औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ताले गरी २१ खर्ब ९८ अर्ब लगानी प्रतिबद्धता गरेका छन् । जसमा ३ खर्ब ५५ अर्ब ८६ करोड रुपैयाँ विदेशी लगानीकर्ताले रहेका छन् । यसैगरी, स्वदेशी तथा विदेशी गरी विभागमा सुरुदेखि २९ पुससम्ममा ८ हजार ३ सय ५० वटा उद्योग दर्ता भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 509 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?