Tuesday, March 2, 2021
Home Breaking News १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

निर्वाचन तयारीमा प्रहरी

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाएको हो । सो विषयमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको छ ।

खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।

पहिलेका म्यादीलाई प्राथमिकता

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले करिब १ लाखको संख्यामा म्यादी प्रहरीको भर्ना आह्वानको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार फागुनको दोस्रो वा तेस्रो साता भर्ना आह्वान हुनेछ ।

‘९९ हजारमा केही संख्या बढ्ने गरी म्यादी प्रहरीको भर्ना खुलाउने गरी तयारी भएको छ । फागुन १५ देखि २० सम्ममा सबै प्राविधिक विषयमा टुंगो लगाएपछि भर्ना आह्वान गर्ने तयारी हो,’ प्रहरी प्रवक्ता कुँवरले राजधानीसँग भने । उनले निर्वाचनको दुई महिनाअघिसम्म भर्ना आह्वान गर्दा पनि तालिम दिएर उनीहरूलाई निर्वाचनका लागि तयार गर्न सकिने विगतको अनुभवसमेत रहेको बताए ।

यो पनि पढ्नुहोस   नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

प्रहरीले विगतका निर्वाचनमा म्यादीका लागि भर्ना आह्वान गर्दा भुतपूर्व सेना, भूतपूर्व प्रहरी, सुरक्षा गार्डसहित अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकतामा राखेको थियो । यस्तै साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्तिलाई अघिल्लो निर्वाचनमा म्यादी प्रहरी बन्न योग्य मानिएको थियो ।

प्रहरी प्रवक्ता कुँवरले म्यादी प्रहरीलाई प्रहरी जवानको बराबर तलब र रासन भत्ता उपलब्ध गराइने बताए । विगतको निर्वाचनमा भने म्यादी प्रहरीलाई एक जना बराबर मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब निर्धारण गरिएको थियो । यसैगरी म्यादी प्रहरीलाई तलबबाहेक पोसाक र प्रहरी जवानकै बराबर रासन भत्तासमेत प्रदान गरिएको थियो । प्रहरीले म्यादीमा भर्ना आह्वान गर्दा उनीहरूको कार्यावधि तोक्ने गरेको छ ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको थियो । समितिमा एआईजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठसहित ३७ जना छन् । सोही समितिलाई नै प्रहरी प्रधान कार्यालयले निर्वाचनसम्बन्धी सबै काम गर्ने अधिकार दिएको छ ।

(Visited 434 times, 1 visits today)
Loading comments...

आजको समाचार

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

सरकारसँग वार्ताका लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली

काठमाडौँं । नेत्रविक्रम चन्द समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ’दीपक’ सदस्य...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

साताका लोकप्रिय समाचार

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

जनादेशअनुसार जुटेर अघि बढ

विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर निकै चर्चा हुने गरेको छ ।...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः कांग्रेस

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौं । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक...

ट्रेन्डिङ

दुई महिने गर्भवती सुदिक्षाले श्रीमानको हत्यापछि किन गरिन आत्महत्या ?

काठमाडौं । टोखाको ग्रान्डी भिल्लामा मृत फेला परेका दम्पतीको करिब १२ घण्टाको फरकमा ज्यान गएको पोष्मार्टमा रिपोर्टले देखाएको छ । गएको शुक्रबार राति उमेश केसी...

त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि...

खरिपाटी क्वारेन्टाइन : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि...

स्थानीय सरकारलाई साधनस्रोत सम्पन्न बनाऊ

कोरोना महामारी नियन्त्रणका लागि अपनाइएका सचेतनात्मक, संयन्त्रगत, प्रशासनिक तथा विधिगत उपायका बाबजुद महामारी आम र सामूहिक संक्रमणको अवस्थामा पुगिसकेपछि अब यसलाई औषधोपचारमार्फत नियन्त्रण गर्नुको...

१० महिनापछि खुल्दै विद्यालय

काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत...

सिंह सम्मानित

राजविराज । कृषि हाट बजारको स्थापना र विकास तथा सामुदायिक स्वास्थ्य इकाईको स्थापनमा विशेष योगदान पु-याए वापत समाजसेवी एंव राजनीतिककर्मी महामायाप्रसाद सिंह सम्मानित भएका...

थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १५ हजार...

‘अदालतको निर्णय मात्र न्याय होइन’

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन् । स्थानीय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

जनादेशअनुसार जुटेर अघि बढ

विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर निकै चर्चा हुने गरेको छ ।...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

श्रम र श्रीको मूल्य स्वदेशमै खोजौं

हरेक मानिसले सुख, सुविधा, समृद्घि, इज्जत एवं प्रतिष्ठाको लागि संघर्ष गरेको हुन्छ । संसारमा सबैलाई मिठो खाऊँ, राम्रो लगाऊँ, सम्पत्तिबाट पूरा हुन सक्ने सुविधा...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)