Tuesday, March 2, 2021
Home बिचार भूकम्पीय पुनःस्थापनामा चुनौती

भूकम्पीय पुनःस्थापनामा चुनौती

नेपालमा विक्रम संवत् १९९० माघ २ मा गएको महाभूकम्पपछिको सबैभन्दा ठूलो विपद् पछिल्लो समय २०७२ वैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प नै हो । १९९० को महाभूकम्पमा ८ हजार ५ सय १९ को मृत्यु भएको थियो भने घर, मठ, मन्दिर, देवालय पाटी, पौवा गरी २ लाख सात हजार ७ सय ४० संरचनामा क्षति पुगेको थियो । २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पले नेपालमा ठूलो क्षति पु¥यायो । यसपछि विभित्र समयमा गएका पराकम्पनले झन् बढी क्षति भए । यस भूकम्पका कारण ८ हजार ९ सय ७० को मृत्यु भयो भने २३ हजार ३ सय २ जना घाइते भए ।

यसैक्रममा गृह मन्त्रालयबाट प्रारम्भिक रूपमा संकलन गरिएको क्षति विवरणअनुसार सात लाख ७३ हजार ९५ घरहरू पूर्ण रूपमा र दुई लाख ९८ हजार ९ सय ९८ घरहरू आंशिक क्षति भएका थिए । विशेषगरी ढुंगा, माटोबाट बनेका कच्ची घरहरूमा बढी क्षति पुगेको थियो । निजी घरहरूबाहेक सार्वजनिक विद्यालय, स्वास्थ्य संस्थाका भवन, सार्वजनिक सम्पदा, पुराताŒिवक सम्पदा, सडक आदिमा ठूलो क्षति पुग्यो । मुख्य गरी नेपालका ३१ जिल्लामा भूकम्पका कारण बढी क्षति पुग्न गयो । यीमध्ये १४ जिल्लाहरू अति प्रभावित थिए ।

यसरी २०७२ वैशाख १२ को भूकम्पबाट प्रभावितहरूको निजी आवास निर्माणका लागि सरकारले हालसम्म ३ खर्ब ४४ अर्ब रुपैयाँ लगानी गरेको अनुमान छ । भूकम्पबाट प्रभावितलाई सरकारले निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । उक्त अनुदान पाएर घर बनाउनेहरूको संख्या भने ६० प्रतिशत पुगेको छ । प्राधिकरणले निजी आवास निर्माणका लागि पहिलो किस्ता ५० हजार रुपैयाँ, दोस्रो १ लाख ५० हजार रुपैयाँ र तेस्रो किस्ता ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

काठमाडौं उपत्यका भूकम्पीय जोखिममा ११औं स्थानमा रहेको र अति संवेदनशील क्षेत्र हो भनेर विज्ञहरूको मत रहेकाले यो कुनै मानवीय नियन्त्रणमा नभएको गम्भीरतालाई समयमै बोध गरिनुपर्छ

भूकम्प गएको पछिल्लोपटक १२ वैशाख २०७२ सालको गोरखा भूकम्पको स्मृतिले अहिले पनि आमसमुदायलाई त्रसित पारेको छ । यसबाट भएको भौतिक क्षतिको पुनर्निर्माण कार्य सम्पत्र हुन अझै केही वर्ष लाग्ने देखिएको छ । भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणको जम्मा लाभग्राही ८ लाख २६ हजार ७ सय ६५ थिए । त्यसमध्ये ७ लाख ८१ हजार १ सय ७६ ले अनुदान सम्झौता गरेका थिए । त्यसलाई प्रतिशतमा भन्ने हो भने ९४ प्रतिशत हो । त्यसमा ६ लाख ८४ हजार १ सय ८९ अर्थात ८३ प्रतिशतले निर्माण सुरु गरेका छन् । तिनीहरूमध्ये ४ लाख ९४ हजार ४४ अर्थात ६० प्रतिशतले घर निर्माण कार्य सम्पन्न गरेका छन् ।

त्यसरी घर निर्माण बाँकी रहेका १ लाख ९० हजार १ सय ४५ अर्थात ४० प्रतिशत रहेको छ । त्यस्तैगरी, सार्वजनिक विद्यालयतर्फ हेर्ने हो भने कुल ७ हजार ५ सय ५३ मा ५ हजार ३ सय ८० अर्थात् ७१ प्रतिशत सम्पन्न भएको छ भने १ हजार ७ सय ८७ निर्माणाधीन अवस्थामा रहेको छ भने ३ सय ८६ अर्थात् ५ प्रतिशत निर्माण हुन बाँकी रहेको छ । त्यसैगरी, स्वास्थ्य संस्था भवनहरू कुल १ हजार १ सय ९७ मा ६ सय ६५ अर्थात् ५६ प्रतिशत सम्पन्न भई १ सय ४९ अर्थात् १२ प्रतिशत निर्माणधीन छ भने ३ सय ८३ अर्थात् ३२ प्रतिशत निर्माणाधीन अवस्थामा बाँकी रहेको छ ।

सरकारले भूकम्पपीडितको निजी आवास निर्माणमा सघाउन अनुदानको व्यवस्था गरे पनि पुनर्निर्माणको कामले सबैमा जनचेतना जगाउने खालको सन्देश भने ल्याउन सकेन

त्यसरी नै पुरातत्विक सम्पदाहरूमा कुल ८ सय ९१ मा ३ सय ८७ अर्थात् ४३ प्रतिशत सम्पन्न भई १ सय २३ अर्थात् १४ प्रतिशत निर्माणाधीन हुन बाँकी रहेको छ । त्यसरी नै सरकारी भवनमा कुल ४ सय १५ मा ३ सय ५९ अर्थात् ८६ प्रतिशत सम्पन्न भई ४९ भवन अर्थात् १२ प्रतिशत निर्माणाधीन भइरहेको छ भने सात वटा भवन अर्थात् २ प्रतिशत भवनको निर्माण कार्य बाँकी रहेको छ । र, सुरक्षा निकायको भवनतर्फ हेर्ने हो भने कुल ३ सय ८३ मा १ सय ९४ अर्थात् ५१ प्रतिशत सम्पन्न भई २२ वटा भवन अर्थात् ६ प्रतिशत निर्माणाधीन अवस्थामा छ भने बाँकी १ सय ६७ अर्थात् ४३ प्रतिशत भवन निर्माण हुन बाँकी नै रहेको सम्बन्धित निकायको तथ्यांकबाट स्पष्ट हुन्छ ।

सरकारले भूकम्पपीडितको निजी आवास निर्माणमा सघाउन अनुदानको व्यवस्था गरेको थियो । यसर्थ, पुनर्निर्माणको कामले सबैमा जनचेतना जगाउने खालको काम हुनुपथ्र्यो तर, त्यो हुन सकेको छैन । यसरी ३२ जिल्लामा भूकम्प प्रतिरोधी घर बनेका छन्, भूकम्पमा क्षतिग्रस्त घर मात्र होइन, नयाँ बन्नेमा पनि नयाँ प्रविधि प्रयोग भएको पाइएको छ । यसैगरी ७० हजार घरमा रेक्ट्रोफिटिङ गर्नुपर्ने अवस्था रहेको छ । यसर्थ, प्राधिकरणबाट रकम लगेर पनि घर नबनाएकाबारे बुझ्ने र पैसा लगेर फिर्ता नगर्नेलाई कारबाही अघि बढाइने र लाभग्राही कायम गर्ने समय २०७७ पुस मसान्त र पहिलो किस्ता आगामी माघ मसान्तभित्र लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।

समग्रमा भन्नुपर्दा भूकम्पपछिको विपद् आँकलन प्रतिवेदनअनुसार ७ खर्ब ६ अर्ब रुपैयाँ बराबरको क्षति भयो । यसरी पुगेको क्षतिलाई पुनर्निर्माण गर्न ६ खर्ब ६९ अर्बको आवश्यकता पर्ने अनुमान उक्त प्रतिवेदनमा गरिएको थियो । अहिले भूकम्पपीडितका आवास भूकम्पप्रतिरोधी निर्माण भइरहेको प्राधिकरणको दाबी छ । सरकारको पञ्चवर्षीय पुनर्निर्माण तथा पुनःस्थापना योजनाअनुसार निजी आवास निर्माणका साथै पुरातत्विक सम्पदा, विद्यालय, सडक, स्वास्थ्यचौकीलगायत भौतिक संरचना बनाउन ९ सय ३८ अर्ब रुपैयाँ आवश्यक पर्ने बताइएको छ ।

अतः प्राकृतिक प्रकोप कुनै पनि मानव हितमा हुँदैन । त्यसमा पनि भुइँचालो भत्रेबित्तिकै प्रायको जिउ सिरिंग हुन्छ । यसको परिणाम कल्पनासमेत गर्न सकिन्न । त्यसमा पनि काठमाडौं उपत्यका भूकम्पीय जोखिममा ११औं स्थानमा रहेको र अति संवेदनशील क्षेत्र हो भनेर विज्ञहरूको मत रहेको विभित्र सञ्चारमाध्यममा आइरहेकै छ । मानवीय नियन्त्रणमा नभएको यो गम्भीर विषय हाम्रो देशमा विभित्र कालखण्डमा घटेको प्रमाण इतिहासमा उल्लेख छ ।

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकारसँग वार्ताका लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली

काठमाडौँं । नेत्रविक्रम चन्द समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ’दीपक’ सदस्य...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

साताका लोकप्रिय समाचार

प्रचण्ड-नेपाल समूहद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको हिजो बसेको बैठकमा...

प्रशासन, राज्यसत्ता र राजनीति

राज्य प्रशासनमा हुने सामान्य राजनीतिक प्रभावलाई स्वाभाविक मानिन्छ । तर, प्रशासनलाई सत्ता शक्तिकै खेलौना बनाउने प्रवृत्ति भने कसैका लागि पनि मान्य हुँदैन । राज्य...

पोखरा प्रज्ञा–प्रतिष्ठान कुलपतिमा ढकाल

पोखरा । पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल चयन भएका छन् । पोखरा महागरपालिकाले ढकाल कुलपति रहेको ७ सदस्यीय समिति चयन गरेको हो । कुलपतिमा...

सरकारको प्राथमिकतामा मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरणसँगै लामो समयदेखि पर्खाइमा रहेको मेलम्ची खानेपानी अबका दुई महिनाभित्र काठमाडौंमा आउने आयोजनाले जनाएको छ । यसले काठमाडौंमा...

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

ट्रेन्डिङ

लोकसेवालाई बदनाम हुनबाट जोगाऊ

स्थापना कालदेखि सबैभन्दा निष्पक्ष निकायको पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादित र अमर्यादित बन्न पुगेको छ । आयोगको जिम्मेवार ओहदामा रहेका कर्मचारी र...

माओवादीका पूर्व लडाकुलाई कांग्रेस नेताले दिए उपचार खर्च

सिन्धुपाल्चोक । सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्व लडाकुलाई उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

ओम्नी ग्रुपसँग भएको विवादस्पद ठेक्का सम्झौता स्वास्थ्य मन्त्रालयद्वारा रद्द

काठमाडौं । सरकारले स्वास्थ्य सामग्री आपूर्ति गर्न ओम्नी गु्रुपसँग गरेको ठेक्का सम्झौता रद्द गरेको छ । स्वास्थ्य सामाग्री आपूर्ति गर्नका लागि ओम्नी...

रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

रोल्पा । रोल्पामा थप १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा रोल्पाको सुनिल स्मृति गाउँपालिकाका १४ जना...

प्रचण्डले अराजनीतिक प्रस्ताव ल्याएर पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको दोषारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्तावको व्यापक चिरफार गर्दै आफ्नो...

सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई...

भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो, १६९४ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

सर्वोच्चको फैसला पालना गरौं

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि अब प्रतिनिधिसभा स्वतः पुनःस्थापित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघठन गरेपछि...

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)