काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ ।
किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको हो । गुडिरहेको ट्रक एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएर मजदुर सुतिरहेको फुटपाथमा पुगेको थियो । स्थानीय प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए ।
ट्रकले किचेर १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु र अन्य ७ जना गम्भीर घाइते भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)






