Monday, July 26, 2021
Homeप्रदेशप्रदेश ३दीप बस्न्यातको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

दीप बस्न्यातको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

,
sharethis

काठमाडौं । बालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिनामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्बन्धमा ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध परेको रिटमा सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

कैफियत प्रतिवेदनमा विशेष अदालतले गरेको सक्कल निर्णय, अख्तियारको अभियोगपत्रलगायतका मुद्दासँग सम्बन्धित कागजात हुने गर्दछ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवका रूपमा काम गर्दा बस्न्यातले बालुवाटारमा रहेको ललिता निवास जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको भन्दै अख्तियारले उनीविरुद्ध ९ करोड ३५ लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बस्नेतलाई गत मंसिर २८ गते विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

(Visited 111 times, 1 visits today)
Loading comments...

आजको समाचार

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

साताका लोकप्रिय समाचार

भारतमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४ पुग्याे

  भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं...

मलेसियाबाट चौबिस शव र तीन अस्तु ल्याइयो

काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा नअस्तु काठमाडौं ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपाली नागरिकहरुको शव...

ओलम्पिक टोलीलाई बिदाइ

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा जाने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको टोलीलाई सोमबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...

सर्वोच्चले भन्यो– डीआईजी प्रविन श्रेष्ठको सेवाअवधि किन नथपेको ?

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठलाई सेवाबाट हटाउनुको कारण पेस गर्न आदेश दिएको छ । श्रेष्ठले अनिवार्य अवकासमा...

ट्रेन्डिङ

राजनराज स्मितासंग भन्दैछन् ‘मायाले मलाई बोलायो’

काठमाडाैं ।  राजनराज शिवाकोटीको शब्द संगीतमा गीति भिडियो 'मायाले मलाई बोलायो' सार्वजनिक भएको छ । शुक्रबार युट्युव मार्फत वर्ल्ड प्रिमियर गरिएको गीतमा स्वर स्मिता...

फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि त्रास

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ । स्थानीय बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)