मिस्टर आरजेले ल्याए माकुरी

काठमाडौं । -यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को नयाँ गीत ‘माकुरी’ दर्शकमाझ ल्याएका छन् । समीर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आरजेको -याप छ । गीतमा नवराज कलाउनीको शब्द र मिस्टर आरजेकै संगीत रहेको छ । गीतमा एरेन्ज मोहित मुनालको रहेको छ ।

यो गीतको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् । उनले भिडियोलाई राम्रो बनाएका छन् । भिडियोमा जीवेश गुरुङ, एलिस राई, हरिश निरौला (कक्रोज), उषा उप्रेती र टुइन्स गर्ल समारिका र स्मारिका ढकालको अभिनय रहको छ । भिडियोमा मिस्टर आरजेको पनि अभिनय छ ।

निर्देशक विधानले पछिल्लो समय निर्देशन गरेका एकपछि अर्को भिडियोले तारिफ पाइरहेका छन् । त्यसैले यस भिडियोमा पनि निकै मिहिनेतका साथ आफूले बनाएको र राम्रो प्रतिक्रिया आएको उनको कथन छ ।

यस गीतमा गायिका रोशनीको लगानी रहेको छ । प्रोस्ट प्रोडक्सनको काम नेप्सिने फिल्म स्टुडियोले गरेको हो । भिडियो हरि हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी