लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलद्वारा न्युक्यासल युनाईटेड पराजित भएको छ । आफ्नै मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलका लागि पिएरे एम्रिक औबामियाङले २ र बकायो साकाले १ गोल ठोके । जीतसँगै आर्सनल १९ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । १८ खेलबाट १९ अंक जोडेको न्युकासल १५ औं स्थानमा छ ।
लिगमा १८ खेलबाट ३७ अंक जोडेको म्यान्चेस्टर युनाईटेड शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३५ अंकसहित दोस्रो, लेष्टर सिटीको समान ३५ अंकसहित तेस्रो र लिभरपुल ३४ अंकसहित प्रिमियर लिगको अंक तालिकामा चौथो स्थानमा छ ।