ब्रिसवन । अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट भारतले आफ्नो पक्षमा पारेको छ । यो जीतसँगै भारतले चार टेस्टको शृङ्खला २–१ ले जितेको छ । एक खेल बराबरीमा टुंगिएको थियो ।
भारतविरुद्ध पहिलो टेस्ट अस्ट्रेलियाले ८ विकेटले जितेको थियो, दोस्रो टेस्ट भारतले ८ विकेटले जितेको थियो भने तेस्रो टेस्ट बराबरीमा टुगिएको थियो ।
चौथो टेस्ट भारतले ३ विकेटले जित्यो । जीतका नायक बने ऋषव पन्त । उनले अपराजित ८९ रनको योगदान दिए । १३८ बलको सामना गर्दै उनले ९ चौका र १ छक्काको मद्दतमा भारतलाई जीत दिलाए ।
दोस्रो पारीमा ओपन शुभम् गिलले ९१ तथा चेतेश्वर पूजाराले ५६ रनको योगदान दिए । त्यस्तै कप्तान अजिंक राहानले २४ र वासिङगटन सुन्दरले २२ रनको योगदान दिए ।
अस्ट्रेलियाले पहिलो पारीमा ३६९ रन बनाएको थियो भने दोस्रो पारीमा २९४ रनमा समेटियो । भारतले पहिलो पारीमा ३३६ रन बनाएको थियो । उसलाई जीतका लागि ३२९ रन चाहिएको थियो ।