Saturday, February 27, 2021
Home प्रदेश प्रदेश ४ मनाङको जंगलमा लागेको आगो २ महिनापछि नियन्त्रण

मनाङको जंगलमा लागेको आगो २ महिनापछि नियन्त्रण

लमजुङ । हिमाल पारीको जिल्ला मनाङको जंगलमा लागेको आगो करिब २ महिनापछि नियन्त्रणमा आएको छ । नासों गाउँपालिका ८ ताचैं गाउँनजिकैको जंगलमा लागेको आगो करिव २ महिनापछि नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

सो जंगलमा गत मङ्सिर १३ गतेदेखि लागेको आगो माघ ५ गते पूर्ण नियन्त्रण आएको हो । आगलागीको क्षेत्र ताँचै गाउँबाट करिव १ किलोमिटर पर रहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनका अनुसार उक्त आगलागी प्रशासन, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), स्थानीय जनप्रतिनिधिका साथै स्थानीयबासीको सहयोगमा नियन्त्रण गरिएको हो । ‘सो आगलागीबाट करिव ७ सय हेक्टर जंगल नोक्सानी भएको अनुमान गरिएको छ ।’ उनले भने, ‘जंगलमा लागेको आगोले कुनैपनि मानवीय तथा पशुपंक्षिको क्षति भएको छैन तर केही सल्लाका रुखहरू, निगालो घारी नोक्सानी भएको छ ।’

जंगलमा निगालोको विरुवा धेरै रहेका थिए । उक्त जंगल जंगली पशु पन्छी घोरल, डाँफे आदिको बासस्थान रहेको र बासस्थानलाई आगालागीले नोक्सान पु¥याएको सो वडा अध्यक्ष हुमजङ गुरुङले बताए । उनले भने, ‘जंगलमा लागेको आगो करिव २ महिनापछि नियन्त्रण भएको हो, आगोलाई हरियो स्याउँलाले पिटेर निभाइएको हो ।’ मनाङको सदरमुकाम रहेको चामे गाउँपालिका– २ थानचोकको वनबाट सुरु भएको आगो ताचैंमा पुगेको हो । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा आगलागी फैलिएकोले नियन्त्रणका कठिन भएको हो ।

यो पनि पढ्नुहोस   समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

उक्त आगलागी नियन्त्रण गर्न करिव २ सय जनाको प्रयासबाट आगो नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । मानिस जान निकै कठिन जंगलमा आगो लागेको थियो । उनले भने, ‘आगलागी क्षेत्र नजिकै रहेको नेपाल टेलिकमको टावर सुरक्षित राख्न सबैको प्रयासबाट सकिएको छ ।’ उनीहरु अग्नी नियन्त्रण औजार हाते औजार बोकेर आगो नियन्त्रणमा लागेका थिए ।

आगो नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय मनाङ, नेपाली सेनाको रणदल गुल्म, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङ, ताचैं संरक्षण क्षेत्र ब्यवस्थापन समितीलगायत संघ संस्था तथा स्थानीय समुदायको सहयोग थियो । नासों गाउँपालिका– ८ का वडा अध्यक्ष हुमजङ गुरुङले भने आगो अझै नियन्त्रण गर्न नसकेको भए ताचैं गाउँ जोखिममा पर्ने अवस्थामा आउन सक्थ्यो । ताचैं गाउँमा ६० घरपरिवारको बसोबास रहेको छ । आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेसीसहरबाट ५५ किलोमिटर र मनाङको सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ ।

(Visited 34 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

नेकपामा दुवै समूह आआआफ्नो रणनीतिमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल...

सरकारको प्राथमिकतामा मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरणसँगै लामो समयदेखि पर्खाइमा रहेको मेलम्ची खानेपानी अबका दुई महिनाभित्र काठमाडौंमा आउने आयोजनाले जनाएको छ । यसले काठमाडौंमा...

कोही लोकतन्त्रवादीहरु चुनावबाट भाग्न सक्दैन : मन्त्री साह

गौर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् । आज रौतहटको बौधीमाई...

नेपालमै उत्पादन भएको धानको भात खाँदैनन् नेपाली

काठमाडौँ । कृषि प्रधान मुलुक भएपनि वर्सेनी चामलको आयात भने बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र...

ट्रेन्डिङ

प्रकोप व्यवस्थापन र सुरक्षा

सामान्यतया प्रकृतिमा आउने विनासकारी हलचल, रोग, महामारीलाई प्रकोप भनिन्छ । प्राकृतिक प्रकोप पनि विभिन्न प्रकारका हुन्छन् जस्तो आँधीबेहरी, बाढी पहिरो, भूकम्प, रोग...

कैलालीमा आइसोलेसनमा महिलाको मृत्यु

धनगढी । कैलालीमा आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ को आइसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको सोमबार...

२४ घण्टामा ७८२ जनामा कोरोना पुष्टि, १६ जनाको मृृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार ७०६ जनाको परीक्षण गर्दा थप ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर...

अर्बौं मूल्यको ३ सय ४८ बिघा सरकारी जग्गामा भूमाफियाको रजाइँ

काठमाडौं । सुनसरीको धरानस्थित सर्दुजलाधार क्षेत्रको अर्बौं मूल्यको ३ सय ४८ बिघा सरकारी जग्गा कर्मचारी र भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाममा बनाउन सफल...

कोरोना भाइरस बिरुद्धको खोप प्रयोग गर्न अनुमति

लण्डन । फाइजर बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिइने भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो...

मन्त्रालयमा पर्यटनमन्त्रीको छड्के निरिक्षण

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा...

नक्कली मुद्रासहित दुई जना पक्राउ

रामेछाप । नक्कली मुद्रासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका-१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ...

उ बेला पैसा फिर्ता लानुस भन्दा मानेनन्, अहिले ठग भन्छन् : अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसीले आफूलाई ठगी आरोप लगाएको समाचारले स्तव्ध भएको भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् । आफू अहिले चलचित्र ए मेरो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

धेरै पढिएका

एक दर्जन कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौं । एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ ओटा कम्पनीलाई बोर्डले...

कोरोनाका चार नयाँ भेरियन्ट फेला

 काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन...

बाबुको हत्या अभियोगमा छोरा पक्राउ

पोखरा । आफ्नै बुबाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई...

गहिँरिदो राजनीतिक संकट, कारण र परिणाम

मुलुकमा यति बेला गम्भीर खालको राजनीतिक संकट सिर्जना भएको छ । खासगरी पौष ५ मा प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि राजनीतिक...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)