थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका सङ्क्रमितमध्ये २१८ जना काठमाडौँ उपत्यकाका रहेका छन् ।

हालसम्म देशभर ३ हजार ७६४ सक्रिय सङ्क्रमित छन् । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप ४४१ सङ्क्रमित कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ६२ हजार २५९ पुगेको छ । यसैगरी पछिल्लो समय थप ४ कोरोना सङ्क्रमितको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९६९ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

सफा, हरियो, उज्यालो र सुरक्षित धनगढीका लागि साइकल र्‍यालीको आयोजना (फोटोफिचरसहित)