इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार विराटनगरबाट राजबिराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को ३४ प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी इनरुवा ३ का बृख मण्डल र माईक्रोका सह–चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् । मृतक मध्ये एक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, इटहरी १६ मा म्याजिक भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रदेश १–०२–००१ ज ३९३९ नम्बरको म्याजिक भ्यान र बागमती प्रदेश ०२–०२० प ७१२० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २८ वर्षीय पर्वतकुमार चौधरीको मृत्यु भएको हो । उनी रामधुनी नगरपालिका २ निवासी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रामधुनी २ कै २२ वर्षीय नवीन चौधरीको स्थानीय अस्पतालमा उपचार भईरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।