Wednesday, March 3, 2021
Home बिचार स्थानीय सरकार र नागरिक सम्बन्ध

स्थानीय सरकार र नागरिक सम्बन्ध

विगत २०५४ सालमा स्थानीय निर्वाचन भई कार्यकाल २०५९ सालमा सकिएपछि अहिले १५ वर्षमा चुनाव हुँदै गर्दा पहिलो चरणको चुनाव सम्पन्न भएको र दोस्रो चरणको चुनाव हुनेक्रममा छ । पहिलो चरणमा सम्पन्न निर्वाचनमा निर्वाचित पदाधिकारीले केही समयपछि नै आफ्नो पदभार ग्रहण गरी स्थानीय सरकार सञ्चालन गर्दै छन् । यस अवस्थामा स्थानीय सरकार र नागरिकको सम्बन्ध कस्तो हुनुपर्ला ? यसै विषयमा केही चर्चा गर्ने प्रयास यस आलेखमा गरिएको छ ।

हाम्रो समाजमा राजनीतिको अगुवाइ गर्ने व्यक्तिलाई नेता र उसको कार्यशैलीलाई नेतृत्वको अर्थमा बुझेका हुन्छन् । राजनीतिको विषय क्षेत्र नीति हो । त्यसकारण नीति निर्माणमा नेतृत्वको सफलता देखिन्छ । नीति निर्माण भनेको विचारको परिचालन र परस्पर प्रतिस्पर्धी प्राथमिकता निर्धारण हो, जुन समूहको निर्दिष्ट गन्तव्य हुन्छ र त्यहाँसम्म पुग्ने स्पष्ट मार्ग प्रशस्त पनि गरिएको हुन्छ । आशाको खेती गर्नु नेताको व्यवहार हो । उसले साझा मान्यता र दृष्टिकोण निर्माण गर्दछ ।

नेतृत्व भनेको व्यक्ति र ओहोदा होइन, यो त मानिसबीचको जटिल नैतिक सम्बन्ध हो, जुन विश्वास, दायित्व, प्रतिबद्धता, भावना र साझा दृष्टिकोणमा आधारित हुन्छ । कुनै पनि सरकारले त्यतिखेर मात्र लक्ष्य हासिल गर्न सक्दछ, जब यसका क्रियाकलाप समन्वयात्मक ढंगबाट सम्पादन गरिन्छन् । तर, हाम्रो राजनीतिक दलले सोही समन्वयात्मक ढंगले सरकार चलाउन नसक्दा राजनीतिक स्थिरता नभई संक्रमणकाल लम्बिन गई स्थानीय चुनाव हुन नसकी लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्थामा रहन बाध्य बनाइयो । जसका कारण विकास निर्माण र सुशासन असहज बनिरहेको थियो । यसैलाई सहजता प्रदान गर्न दलीय सहमति जुटाउन उद्देश्यले सर्वदलीय संयन्त्र गठन गरिएको भए पनि यसले झनै अधिकारको दुरुपयोग गरी भ्रष्ट भइदिँदा जनतालाई राजनीतिमा वितृष्णा पैदा गराइदिएको छ ।

सबै दल उस्तै हुन् भन्ने सोलोडोलो प्रतिक्रिया नागरिकबाट अभिव्यक्त हुन थाल्यो । यस अवस्थामा भएका राम्रा कार्य पनि ओझेलमा पर्न पुगे र राजनीतिक दलहरू आलोचनाको पात्र बन्न पुगे । सोही कारण अहिलेका निर्वाचित जनप्रतिनिधिउपर पनि सोही आशंकाको आँखाले हेरिरहेको वर्तमान अवस्थाको कारण चुनावमा निकालिएका घोषणापत्र र स्थानीय प्रतिबद्धतापत्रको कार्यन्वयनप्रति पनि प्रश्न उठाइरहेको वर्तमान अवस्था हो । त्यसैले, अहिले सरकार र नागरिकबीच नयाँ आशा र विश्वास जगाउने खालका कार्य गरी त्यो शंका चिर्नु र सुधारको दिशाबोध गराउन सक्नु स्थानीय सरकारको पहिलो जिम्मेवारी भएको छ ।

सरकारको औचित्य सिद्ध गर्नु र प्रभावकारी सेवा वितरण गर्नु पनि दोस्रो जिम्मेवारी भएको छ । यसका लागि ठूलो कसरत र प्रयास चाहिँदैन । स्थानीय सरकारको ससाना व्यवहारबाट नै यसको सुरुवात गर्न सकिन्छ । यसका लागि सामान्यतया दस सूत्रीय आधार हुन सक्तछन् ः सेवाग्राहीका हरेक कुरालाई गम्भीरतापूर्वक लेऊ । सेवाग्राहीले दैनिक जीवनमा भोग्नुपरेका यातना र पीडामुक्तिसम्बन्धी माग, सिकायत र सरोकारका विषय सेवाप्रदायकसमक्ष राख्दा सेवाप्रदायकले सो विषय गम्भीरतापूर्वक लिई सोअनुरूप तत्काल सुधार ल्याई व्यवहार गरोस् भन्ने चाहन्छन् । कतिपय मागहरू असम्भव पनि होलान तर पनि त्यसप्रति सकारात्मक गम्भीरताका साथ लिनाले मात्र पनि नागरिक विश्वास आर्जन गर्न सकिन्छ ।

सरकार र नागरिक सम्बन्धसूत्रको काम गर्ने पदाधिकारी व्यक्ति जोसुकै होस्, उसको कर्तव्य नागरिक पक्षीय दृष्टिकोण राख्नुमा रहन्छ

सेवाग्राहीको माग सिकायत निवेदन र आग्रहलाई हलुका रूपमा लिने बानीले सेवाग्राही र सेवाप्रदायकबीच असल सम्बन्ध विकास गर्न बाधा पार्छ । दोस्रो कुरवा भनेको नागरिक दृष्टिकोणबाट सुरु गर्ने हो । हरेक सरकारको केन्द्रबिन्दुमा नागरिक रहनुपर्दछ । सरकार र नागरिक सम्वन्धसूत्रको काम गर्ने पदाधिकारी व्यक्ति जोसुकै होस्, उसको कर्तव्य नागरिक पक्षीय दृष्टिकोण राख्नुमा रहन्छ । उसले ‘म त्यही विषय लिएर नागरिकका रूपमा सेवा लिन आएको भन्ने सोचाइ राख्न सक्नुपर्दछ । यस सोचाइले विषयप्रतिको गहनता बुझ्न सघाउँछ र सेवाग्राहीले सेवाको अनुभूत गर्न सक्दछ ।

तेस्रो कुरामा के वाचा गरिएको छ त्यो पूरा गर । सरकारको हरेक निकाय निश्चित उद्देश्यका लागि स्थापित गरिएका कारण ती नीति कार्यक्रमको कार्यन्वयन र सेवा प्रवाहजस्ता कार्य गर्नु यस्ता निकायको कर्तव्य हो । यस्ता विषय वस्तु नागरिकबीचको छलफलबाट तय गरिने भएकोले त्यो पूरा गरिनु जनताप्रतिको इमानदारिता हो । नागरिकको बीचमा एक थोकको वाचा गरेर पछि अर्कै थोक गर्दा नागरिक र सरकारबीच दरार उत्पन्न हुन्छ । त्यसकारण यस्तो नहोस् भनेर बेलाबेलामा सेवा प्रवाहलाई सार्वजनिक गर्ने, सामाजिक परीक्षण गर्ने, नागरिक सुनुवाइ गर्नेजस्ता प्रतिक्रियात्मक उपाय पनि अपनाएको पाइन्छ ।

तर, यसरी कार्य भइसकेपछिको उपाय अपनाउनुभन्दा पहिले नै जागरुक भई यस विषयमा सोची काम गर्नु राम्रो हुनेछ । चौथो समयलाई ध्यान देऊ । समय सबैभन्दा महŒवपूर्ण साधन हो । जसलाई न सञ्चय गर्न सकिन्छ, न पुनः प्रयोगमा ल्याउन नै सकिन्छ । हाम्रा सरकारी निकायमा प्रायःजसो समय साधनलाई त्यति महŒव दिएको पाइँदैन । समयले कसैलाई पर्खंदैन । समयलाई ध्यान नदिनेहरूले कामको लागत बढाउँछन् र कामलाई निरर्थक बनाउँछन् । हिजोको युद्ध आज लडेर के गर्ने ? मृत्यु हुनुअघिको उपचार गरिनुपर्दछ ।

त्यसैले सम्पादन गरिनुपर्ने कार्यहरू उपयुक्त समयमा नै पूरा गरिदिनुपर्दछ । पाचौं कुरा, सिर्जनशील बन्न सक्नुपर्छ । परम्परादेखि अवलम्बन गरिँदै आइएको हाम्रा कार्यसम्पादनका शैली र विधि थोत्रा भएका हुन सक्छन् । यसले नागरिकको मन छुन नसकेको हुन सक्छ । त्यसैले यसमा निरन्तर सुधार र परिमार्जन गर्नु आवश्यक हुन्छ । हाम्रा कार्यव्यवहारलाई व्यवस्थित गर्न कानुन र कार्यविधि निर्माण गरिएको भए तापनि अत्यधिक कार्यविधिले खेललाई भन्दा खेलको नियमलाई ध्यान दिएको पनि हुन सक्तछ । त्यसैले त्यस्तो अवस्थामा सिर्जनशील सोच र व्यवहारको साथ नागरिक पक्षीय भई सेवा प्रवाह गर्न चुक्नुहँुदैन ।

त्यसैका लागि सुशासन ऐन २०६४ र नियमावलीले प्रत्येक निकायमा शासकीय सुधार इकाइ गठन गनर्ने व्यवस्था गरेको पाइन्छ । केद्रीय स्तरमा धेरैजसो निकायमा यसको गठन भइसकेको पनि छ । यो वास्तवमा परिवर्तन इकाइ पनि हो । यसले परिवर्तनको अनुभूति जनतालाई दिलाउन ठूलो भूमिका खेल्छ । छैटौंमा विविध चासोबीच सन्तुलन कायम गर । स्थानीय स्तरमा विविध स्वार्थको बीच टकराव आउने गर्दछ । यो चाख र स्वार्थहरू बीचको प्रतिस्पर्धा पनि हो । यस अवस्थामा सरकारको धर्म नै बढीभन्दा बढी नागरिकको चाख निर्माण हुनेगरी प्रतिस्पर्धी चाखको सन्तुलनबाट साझा चाख वा चाहना स्थापित गर्नु हो ।

यसरी चासोहरूको निर्माण नगरिएमा सार्वजनिक निकायको काममा ठालुको प्रभाव स्थापित भएको देखिँदा सरकार आलोचनाको सिकार हुनुपुग्छ । विश्वमा ठालुको प्रभावमा परेको आरोप सरकारलाई लाग्ने गरेको छ । त्यसैले, सार्वजनिक निकाय वा सरकारले सधंै निःस्वार्थ वस्तुपरक पारदर्शी र सदाचारी व्यवहारमा देखिनका लागि धरै चाखको बीचबाट एउटा साझा चाख आउनेगरी सन्तुलन कायम गर्नसक्नुपर्दछ । सातांै, आलोचनाप्रति उदार वन – सरकार र यसको संयन्त्र नागरिक इच्छा निर्माण र क्रियान्वयन गर्ने संयन्त्र भएकोले आलोचना र सिकायतप्रति सधंै उदार बन्नुपर्दछ । आलोचना र शिकायत सुधार र परिवर्तनको पनि आधार हो ।यसले सांठानिक सिकाइ र नीति पृष्ठपोषणको पनि आधार दिने गर्दछ । आलोचना गर्नै सिकायत गर्ने सुझाव दिने र यसबाट पनि अपेक्षित काम नभएमा दबाब दिने सेवाग्राहीको अधिकारकै कुरा हो तर त्यो चाहिँ सही हुनुपर्दछ ।

यस्ता सिकायतलाई तत्काल सम्बोधन गरेर नै नागरिकको मन जित्न सरकार सफल हुन सक्दछ । आठौं, आफना सहयोगीप्रति विश्वास गर – सरकार भनेको समूहमा काम गरिने कार्यस्थल हो । जहाँ प्रत्यकले आफूलाई सुम्पिएको कार्य जिम्मेवारी पूरा गर्दछन् । त्यसैले, यस्ता निकायले आफना समूहका सबै सदस्यलाई विश्वासमा लिन सहभागितात्मक कार्यप्रणाली अबलम्वन गर्ने, प्रोत्साहन र अवसर वितरणमा न्यायपूर्ण व्यवहार अपनाउने गर्नुपर्दछ । अन्यथा उसबाट सम्पादन हुने कार्यहरूमा उसले स्वामित्व लिँदैन र त्योे कार्यप्रणाली औपचारिक मात्र हुन पुग्दछ । हामिले हरबखत आन्तरिक विश्वास जित्ने प्रयास गरिरहनुपर्दछ ।

नेतृत्व भनेको व्यक्ति र ओहदा होइन, यो त मानिसबीचको जटिल नैतिक सम्बन्ध हो, जुन विश्वास, दायित्व, प्रतिबद्धता, भावना र साझा दृष्टिकोणमा आधारित हुन्छ

यस्ता सरकार नै सफल मानिन्छन्, जो खुला र विनम्र रूपमा आफनो समूहसँग व्यवहार गर्दछ । नवौं, आफूले बनाउने नीति र कार्यविधि समन्वित हुने गरी बनाउ – आन्तरिक कार्यनीति र कार्यविधिहरू एकअर्कासँग मेल नखाने भएमा सेवाग्राहीको अपेक्षाअनुरूपको सेवा प्रवाह हुन सक्तैन । त्यसकारण आफना नीति कार्यविधि निर्माणअघि यसका अग्रपृष्ठ सम्बन्धको विश्लेषण गरेर मात्र गर्ने गर्नुपर्दछ । अन्यथा एउटा नीतिले भनेको कुरा अर्काे नीतिले काट्ने पनि हुन सक्तछ । त्यसअघिका र अहिले निर्माण गरिने नीतिको राम्रोसँग विश्लेषण गरेर मात्र वा समन्वित हुनेगरी मात्र नीति कार्यविधि निर्माण गरिनुपर्दछ ।

दसांै, अहिले नै गर– हाम्रो समाजमा सरकार पक्षलाई लाग्ने गरेको आरोप के पनि हो भने ऊ काम गर्न अल्छि मान्छ, समयलाई वास्ता गर्दैन, गर्छु भन्छ तर गर्दैन वा गरेको जस्तो मात्र गर्छ, आफूले गर्नुपर्ने कामलाई तलतिर झार्छ वा गर्नुपर्ने कामलाई विभिन्न अड्को थापेर झुलाएर राख्छ आदिइत्यादि । यी विकृति विसंगति नहटाई सेवाग्राहीको अपेक्षा पूरा गर्न सकिँदैन । त्यसैले, सेवाग्राहीले आफूले गराउनुपर्ने कामका लागि कुनै नेता, कार्यकर्ता र बिचौलियाको साथ नलिइकनै मर्यादित र सरल तरिकाले काम लिन सक्ने वातावरण सिर्जना गर्नु सरकारको महŒवपूर्ण जिम्मेवारी हो । यसले सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गराउँछ । त्यसकारण गर्नुपर्ने कामका लागि समर्पित भएर सरकारले लाग्नुपर्दछ ।

वास्तवमा अहिलेका जनता सरकारबाट भनेको होइन, गरेको देख्न चाहन्छन् । जनताले व्यवस्था मात्र परिवर्तन खोजेका होइनन् आफ्नै अवस्थामा परिवर्तन खोजेका हुन् । कार्यलयमा बडा पत्र झुन्डायर मात्र सुुशासन नहुने रहेछ भन्ने सिद्ध भइसकेको छ । यस सन्दर्भमा भाष्कर चटर्जी भन्नुहुन्छ कि उपयुक्त मानिस उपयूक्त स्थानमा र उपयुक्त समयमा उपलव्ध हुने सुनिश्चितताको जनशक्ति व्यवस्थापन हुन जरुरी छ ।

अन्त्यमा, यसरी तत्कालका लागि माथि उल्लिखित आधारमा सरकारको सेवा प्रवाह भयो भने पनि स्थानीय सरकार र नागरिकको बीच असल सम्बन्ध विकसित भई विश्वास र अपनत्व वृद्धि हुन्छ र जनताले तत्कालै परिवर्तनको अनुभूत गर्न सक्षम हुनेछन् ।

(Visited 153 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

सिन्धुपाल्चाेकमा दाहाल–नेपाल समुह संगठन विस्तारमा अक्रामक

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको...

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख...

ट्रेन्डिङ

अस्पताल नै जोखिमको केन्द्र

सर्वाेच्च अदालतले प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महान्यायधिवक्ता कार्यालयलगायतका निकायका नाममा पीसीआर नगरेको कारण देखाएर तथा कुनै बहानामा स्वास्थ्य उपचार इन्कार नगर्न...

बुहारी मार्ने अधिकारी पुर्पक्षका लागि थुनामा

काभ्रेपलाञ्चोक । लजिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम...

लकडाउन खुलेसँगै सङ्क्रमणको दर बढ्यो

काठमाडाैं ।  लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या...

आयुष्मान चापागाँईले ल्याए नयाँ गीत

काठमाडौं । आयुष्मान चापागाँई आशा लाग्दा युवाका रुपमा चिनिन्छन् । झापा दमकका आयुष्मानले मुरली तिरिरी बोलको गीत लिएर आएका छन् । दिपकराज पाठकको प्रस्तुतिमा रहेको...

बिप्लबका सेक्रेटरी सहित उदयपुरको कटारीबाट १५ जना पक्राउ

उदयपुर, २९ फागुन । धनुषाबाट अपहरणमा परेकी बालिका सहित अपहरणमा संलग्न रहेको १५ जनाको समुहलाई हतियार सहित उदयपुर प्रहरीले पक्राउ गरेको छ । सशस्त्र...

नेताहरू कहाँ चुके ?

२०६३ साल ५ मंसिर नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको थियो । माओवादीतर्फबाट अध्यक्ष प्रचण्ड र नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री...

घरभित्रै दशैँ मनाउन चितवन प्रशासनको अनुरोध

चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक...

उदयपुरमा एकै दिन थपिए ८ जना संक्रमित

उदयपुर । उदयपुरमा ४ महिलासहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । तेश्रो मुलुलक तथा भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

श्रम र श्रीको मूल्य स्वदेशमै खोजौं

हरेक मानिसले सुख, सुविधा, समृद्घि, इज्जत एवं प्रतिष्ठाको लागि संघर्ष गरेको हुन्छ । संसारमा सबैलाई मिठो खाऊँ, राम्रो लगाऊँ, सम्पत्तिबाट पूरा हुन सक्ने सुविधा...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)