Tuesday, March 2, 2021
Home बिचार भ्रष्टाचारमुक्त सुशासनका लागि नागरिक एप

भ्रष्टाचारमुक्त सुशासनका लागि नागरिक एप

असल शासनलाई सुशासन भनिन्छ । यसका लागि कानूनी शासनलाई नै सुशासनको आधार मानिन्छ । यर्थाथमा राम्रो, असल र व्यवस्थित शासन नै सुशासन हो । सरलढंगले बुभ्mदा, नागरिकको प्रशासनिक अधिकारको समु्चित प्रयोग नै सुशासन हो । धार्मिक रूपमा रामराज्यलाई सुशासनको पर्यायका रूपमा बुझिन्छ । सेवाग्राही जनताको सन्तुष्टि मापनमा आधारित शासन प्रणाली नै सुशासन हो । अर्थात् जनअपेक्षाअनुसार सञ्चालित हुने शासन नै सुशासन हो । यस्तो शासन प्रणालीमा गुनासोरहित शासन सञ्चालन गरिन्छ । यही ध्येयमा साथ नेपाल सरकारले २०७७ माघदेखि डिजिटल नेपालको आरम्भ भएको घोषणा गरेको छ । अजरबैजान सरकारले आरम्भ गरेको ‘गभर्मेन्ट इन योर पकेट’ कार्यक्रमको झल्को दिने यस अभियानको लाभ जनताको सक्रियतासँगै भविष्यले पारख गर्नेछ ।

प्रविधिसँग नागरिक
नागरिक एपको आरम्भमा सरकारले निकै तामझाम गरेको छ । यो आफंैमा स्वागतयोग्य छ । तर, यत्तिखेर हेक्का राख्नुपर्ने कुरा के हो भने जसरी सरकारले अभियानको प्रचारप्रसार गरेको छ, सोहीअनुरूप सरकारी कर्मचारीले आप्mनो परम्परागत मानसिकलाई त्याग्नुपर्छ । यस एपको आरम्भमा प्रधानमन्त्रीको भिडियो सन्देश प्रवाह भएको छ । यसर्थ संघीय मन्त्रालय र विभागहरू, प्रदेशका मन्त्रालय र निकायहरू, ७७ वटा जिल्ला प्रशासन कार्यालयहरू र ७ सय ५३ वटा पालिकाहरूमा कार्यरत कर्मचारीलाई नागरिक एपमार्फत सेवा प्रवाह गर्न तम्तयार राख्न तत्कालै अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस अवसरमा प्रधानमन्त्रीले हरेक नेपालीलाई प्रविधिसँग जोड्नु प्राथमिक दायित्व हो । नागरिक एप यसैको कडी हो भन्नुभएको छ । यसको सार्थकताका लागि सर्वप्रथम सरकारी पोकापन्तराका ठाउँमा कम्प्युटर र झिँगा टसाई प्रवृत्तिको स्थानमा अग्रगामी सोच र सुधारका बाहक कर्मचारी उपस्थित हुनुपर्छ । ठाडो भाषामा भन्नुपर्दा आम जनतालाई प्रविधिसँग आत्मसात् गराउन पहिला सरकारी कार्यालयहरू नै आधुनिक र उपयुक्त हुनुपर्छ ।

हातहातमै सरकारी सेवा
हाल नागरिक एपको पक्षमा वकालत गर्दै सरकारी पदाधिकारीहरूले ‘सञ्चार र सूचना प्रविधिको टेवा ः हात हातमै’ सरकारी सेवाको नारा घनकाएका छन् । यसले जनतामा उत्साह बढाएको छ । वर्तमान नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता नेपाली जनतामा रहेको बताएको छ । जसको कारण मुलुकका सक्कली मालिक जनता हुन् । यसर्थ, जनतालाई सेवा प्रवाहका लागि राजनीतिक र प्रशासनिक मार्गबाट पदमा पुगेकाहरू जनताका सेवक, सहजकर्ता मात्रै हुन् । तिनले जनतामाथि शासन गर्ने हैसियत राख्दैनन् । लोकतन्त्र भनेको जनताको शासन जनताका लागि जनताद्वारा भन्ने बुझिन्छ । यसर्थ, जनताले आप्mनो शासन जनप्रतिनिधिमार्फत सञ्चालन गर्ने हुन् । यसर्थ, आम जनताले कुनै पनि अपेक्षित सेवाबिना प्रशासनिक सास्ती पाउनु उनीहरूको अधिकार हो । वर्तमान दिनमा लोककल्याणकारी सोचमा होइन, नागरिकको अधिकारमा आधारित शासन सञ्चालन गर्न राजनीति र प्रशासन अभ्यस्त हुनुपर्छ । कर्मचारीतन्त्रका जन्मदाता म्यास वेइभरको प्रिन्सिपल एजेन्ट थियोरीअनुसार जनता मुख्य हुन् । हब्स, लक र रुसोको सोसल कन्ट्रयाक थियोरीले पनि प्रमाणीकरण गरेअनुसार जनताले शासित नभइकनै अपेक्षित सेवा हासिल गर्नुपर्छ ।

लाइनमा होइन, अनलाइनमा सेवा
नेपालीमा एउटा भनाइ छ, ‘भन्न जति सजिलो छ, गर्न त्यत्तिनै गाह्रो छ ।’ हाल नागरिक एपको आरम्भसँगै अब नेपालीले सरकारी सेवा हासिल गर्न लाइनमा बस्नुपर्दैन भनिएको छ । अब केही दिनपछि वैदेशिक रोजगार कार्यालय, यातायात व्यवस्था कार्यालयलगायतमा लामो लामो लाइनमा ठेलमठेल गरी उभिएका जनताको तस्बिरसहित मिडियामा हालको सरकारी भनाइमा व्यापक व्यंग्यबाण प्रवाह हुने पक्का छ । यो कुराको समयमै सरकारी निकायले हेक्का राखी अनलाइनबाट आम जनतालाई सेवा लिन उत्प्रेरित गर्ने सन्देशमूलक सामग्रीहरू व्यापकरूपमा प्रचारप्रसार गर्नुपर्छ ।

नेपालको मुलुकी प्रशासनलाई प्रक्रियामुखीबाट परिमाणमुखी दिशामा रूपान्तरित गर्नैपर्छ, यसबाट मात्र समृद्ध नेपाल र सुखी नेपाली नाराले सफलता हासिल गर्न सक्छ

प्mलेक्सी टाइम सेवा
आम जनताले अपेक्षा गर्ने सेवा सरकारी कर्मचारीको अनुकूल समयमा हासिल गर्ने वा सेवाग्राहीको अनुकूल समयमा हासिल गर्ने भन्ने विषयमा विश्वव्यापी बहस हुँदै आएको छ । यसैक्रममा स्विडेन सरकारले स्ट्रिट ब्युरोक्रेसीको नाममा चौबीसै घण्टा अनलाइन सेवा आरम्भ गरेको छ । यसकै आभास दिने गरी नेपाल सरकारबाट नागरिक एपमार्फत चौबीसै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवा प्रवाह हुने कुरा बताइएको छ । यसमा सरकार र जनता दुवैथरी अभ्यस्त हुँदै जानुपर्छ । सरकारले दिए जस्तो र जनताले पाएजस्तो महसुस हुनुपर्छ, न कि म कुटेजस्तो गर्छु, तिमी रोएजस्तो गर भन्ने छलकपट पूर्ण कार्य मान्य हुन सक्दैन ।

नागरिक एपका फाइदा
सरकारी दाबीअनुसार नागरिक एपका फाइदामा नागरिकको खर्च जोगिने, समयको बचत हुने, सेवाप्राप्तिमा झन्झट हटने र सरकारी सेवा प्रवाहमा पारदर्शिता बढ्ने कुरा बताइएको छ । यसका लागि सुशासन ऐन र सूचनाको हकसम्बन्धी ऐनका प्रावधानहरूको हुबहु कार्यान्वयन हुनुपर्छ । नागरिकको खर्च जोगाउन नागरिक बडा पत्रमा तोकिएको समय सीमाभित्र सेवा दिनुपर्छ । सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरू बिचौलियामुक्त हुनुपर्छ । यसैगरी, आम जनतालाई झन्झट नदिन नागरिक बडा पत्रमा लेखिएका कागजातहरू पेस गरेपछि कुनै प्रश्न नगरी सेवा दिन कर्मचारी उत्प्रेरित हुनुपर्छ । पारदर्शिता बढाउन आम जनताले माग गरेको सूचना निसंकोच प्रदान गर्ने सरकारी प्रतिबद्धता हुनुपर्छ । अन्यथा, आदिकवि भानुभक्त आचार्यको पद्य दोहो¥याउनुपर्ने हुन्छ । जसमा लेखिएको छ, ‘कि ता सक्दिन भन्नु कि त छिनिदिनु क्यान भन्छन् यी भोलि भोलि, भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आजै झोली ।’

चुनौतीलाई सहजतामा रूपान्तरण
हाल घोषित नागरिक एपले आफैं आवश्यक विवरण लिने र पुष्टि गर्ने काम गर्छ भनिएको छ । यसका लागि सेवाग्राहीले आप्mनै नाममा मोबाइलको सिमकार्ड हासिल गर्नुपर्नेछ । यसरी नागरिक एपको प्रयोग गर्न सर्वप्रथम नागरिकसँग मोबाइल नम्बर हुनुपर्छ । यसका लागि नेपाल टेलिकम र एनसेलको सिममार्फत सेवा लिन सकिनेछ । यसरी सेवा लिन सर्वप्रथम नागरिकता, मतदाता परिचय पत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गरी नागरिक एपमा आप्mनो पहिचान खुलाउनुपर्छ । त्यसपछि कुनै पनि व्यक्तिले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्रजस्ता कागजात साथमा बोकेर हिँड्नुपर्ने झन्झट रहनेछैन । धैरै नेपालीमा कुनै पनि नयाँ कुरा हत्तपत्त स्वीकार नगर्ने, शंका गर्ने र सरकारी अड्डामै पुगेर लाइनमा बस्ने बानी छ । यसर्थ, सरकारले परीक्षणको रूपमा नागरिक एप लागू गरेको हँुदा यसबाट कस्तो सेवा पाइँदो रहेछ भनी आम नागरिकलाई पनि परीक्षण गर्न सुझाव दिन्छु । यत्तिखेर शंकाको सुबिधा सरकारलाई दिनुपर्छ ।

एकीकृत प्लेटफर्मको आरम्भ
नागरिक एपमार्फत सरकारले छरिएका सेवाहरूलाई एकीकरण गरेको जनाएको छ । खासमा, नागरिकता नम्बरबाट एपले सम्बन्धित निकायको प्रणालीमा पहँुच बनाउँछ । यस नागरिक एपमा पहिलो चरणमा सरकारी अनि दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिनेछ । नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि एन्ड्रोईड मोबाइल प्रयोगकर्ताले प्ले स्टोर र आईफोन प्रयोगकर्ताले एप स्टोरबाट नागरिक एप–बेटामा डाउनलोड गर्नुपर्नेछ । नमरी स्वर्ग देखिन्न भनेझैं प्रयोग नगरी जानिन्न । यसर्थ, सबैले आाजैबाट नागरिक एपको प्रयोग आरम्भ गरौं । त्यसपछि प्रधानमन्त्री आह्वानअनुसार कमीकमजोरीमा सुझाव पनि दिऊँ । यही एपमार्फत हाल सरकारी निकायहरूले आरम्भ गरेको फरकफरक अनलाइन सेवा एकीकृत रूपमा हासिल गर्न सकिनेछ ।

डिजिटल नेपाल आरम्भ
आम नागरिकले सरकारी सेवा लाइनमा बसेर होइन, अनलाइनबाटै लिन सम्भव हुने भएको छ । यसका लागि नेपाल सरकारले सञ्चार र सूचना प्रविधिको टेवा हातहातमै सरकारी सेवा भन्ने नाराका साथ २०७७ माघ २ गतेदेखि नागरिक एप आरम्भ गरेको छ । जनतालाई प्रभावकारी सेवा दिन नागरिक एप सञ्चालनमा आएकाले यसबाट धेरै किसिमका सेवा डिजिटाइज्ड गरिएको छ । यसबाट विद्युतीय सेवाहरू एकीकृत प्लेटफर्मबाट सञ्चालन हुने स्थिति पैदा भएको छ । यी सबै प्रयासबाट डिजिटल नेपाल आरम्भ भएको छ । यसको दिगोपनाका लागि सचेत नागरिकले वाचडगको भूमिका निर्वाह गर्नुपर्छ ।

सेवाग्राही जनताको सन्तुष्टि मापनमा आधारित शासन प्रणाली नै सुशासन हो, जनअपेक्षाअनुसार सञ्चालित शासन नै सुशासन हो

नागरिक एपका सेवा
नागरिक एपबाट विभिन्न सरकारी सेवाहरू अनलाइनबाट हासिल हुनेछ । यसबाट प्यान आईडीसम्बन्धी आवेदन दिई प्यान आईडी लिन सकिन्छ । यसपछि आफूले तिरेको करको जानकारी लिन सहज हुनेछ । यस एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रहरूको विवरण प्राप्त गर्न सकिने हुन्छ । यो एपमा गृह मन्त्रालयका २ करोड १५ लाख नागरिकताको विवरण छ । यसैगरी, निर्वाचन आयोगले संकलन गरेको १ करोड २५ लाख बायोमेटिक र फोटोसहितको विवरण डिजिटाइज्ड गरेर राखिएको छ । नागरिक एपको पहँुच सो तथ्यांकमा पुग्छ । यसबाट तथ्यांक हासिल गर्न सरकारी कार्यालय जानैपर्ने अवस्था हटेको छ । यस अतिरिक्त, नागरिक एपबाट नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम र ऋणबारे थाहा हुनेछ । यो सेवा अनलाइनबाट २४सै घण्टा सरल, सहज र प्रभावकारी रूपमा हासिल हुनेछ । यस एपमार्फत हेलो सरकारमा गुनाासो गर्न सकिनेछ । यसरी, हाललाई यस एपमा नौ वटा सेवा उपलब्ध छ । यसको लाभ लिन आम नागरिक अग्रसर हुनुपर्छ ।

परीक्षण सेवा
हाल लागू गरिएको नागरिक एप परीक्षणको चरणमा रहेको सरकारी भनाइ छ । अबको तीन महिनामा सबै सरकारी सेवा एपमार्फत सञ्चालन हुने सरकारी दाबी छ । त्यसपछि अर्धसरकारी निकायका सेवाहरू पनि एपमार्फत उपलब्ध हुनेछ । यो सेवा चालू आवको नेपाल सरकारको नीति तथा कार्याक्रममा प्रतिबद्धता व्यक्त गरिएअनुरूप आरम्भ गरिएको भनिएको छ । यसर्थ, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समुचित तालमेल हुनुपर्छ । आम जनताले पछिल्ला दिनमा घरआँगनमै सिंहदरबार आयो भन्न छोडेर ‘सिंह आयो तर दरबार आएन’ भन्न थालेका छन् । अर्थात्, शासन गर्नेहरू पालिकामा आए, सेवा गर्नेहरू हराए भनिएको हो । यस्मा प्रस्तुत एपले सेवालाई चुस्त र दुरुस्त तुल्याएको सन्देश दिन सकिने मौकालाई गुम्न दिनुहँुदैन । हाल पालिकाहरूले प्रवाह गर्ने ६४ प्रकारका सेवामध्ये ४० वटाभन्दा बढी सेवा यस एपमा समेटिएको सरकारी दाबीलाई व्यवहारमा मन, वचन र कर्मले उतार्नु वर्तमान समयको चुनौती हो ।

सुशासनयुक्त भ्रष्टाचारमुक्त
हाम्रो गन्तव्य, हातहातमै सरकारी सेवा उपलब्ध हुने भएपछि सुशासनयुक्त प्रशासनयन्त्र स्थापना गर्नुहुनेछ । यसबाट भ्रष्टाचारमुक्त प्रशासनको जग बस्नेछ । सवारी कर तिर्ने, लाइसेन्स लिने, लोकसेवाको फाराम भर्ने, मालपोतसम्बन्धी कामहरू अनलाइनबाट हुन थालेपछि आम जनताले सुशासनको अनुभूति गर्नेछन् । सेवाग्राही र कर्मचारीबीच प्रत्यक्ष सम्पर्क र सम्बन्ध नहुने भएपछि भ्रष्टाचारमा स्वतः बन्देज लाग्नेछ । नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको कार्यक्रमसरह मानेको छ । यो कार्यक्रमबाट हिमाल, तराई, पहाड र दूरदराजका जनताले पनि सहज रूपमा सेवा पाउने भनिएको छ । यसका लागि इन्टरनेटको सुविधा र वाइफाइ फ्री जोन निर्माणमा लगानी गर्नुपर्छ । मुलुकभरि अप्टिकल फाईवर बिच्छ्याउनुपर्छ । दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नुपर्छ ।

अन्त्यमा, सरकारले स्मार्ट नेपालको परिकल्पना साकार गर्न नागरिक एप लागू गरेको छ । यसरी, डिजिटल नेपालको फ्रेमवर्कले फेसलेस ब्युरोक्रेसी र पेपरलेस एडमिनिस्ट्रेसनलाई सघाउनेछ । यो प्रविधिमैत्री प्रशासनका लागि एउटा कोसेढुंगा साबित हुनुपर्छ । नेपालको मुलुकी प्रशासनलाई प्रक्रियामुखीबाट परिमाणमुखी दिशामा रूपान्तरित गर्नैपर्छ । यसैबाट समृद्ध नेपाल सुखी नेपालीको नाराले सफलता हासिल गर्नेछ । हालै लागू भएको नागरिक एपको पूर्ण सफलताको कामना गर्दछु ।

(Visited 228 times, 1 visits today)
Loading comments...

आजको समाचार

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

साताका लोकप्रिय समाचार

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौं । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक...

ट्रेन्डिङ

थप १५७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या...

किसानकाे छाेरा हुँ, उखु किसानकाे दुःखमा साथ दिन आएँ : बद्री पंगेनी

तराईका उखु किसानहरू यतिबेला काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । गायक बद्री पंगेनी दैनिकजसो माइतीघर पुगेर विभिन्न जनचेतनामूलक गीत गाउँदै किसानहरूलाई साथ दिइरहेका छन्...

सडक विस्तार : स्थानीय उत्पादनले बजार पाउन थाल्यो

दार्चुला। दार्चुला सदरमुकाम खलंगाबाट २३ कोष टाढा रहेको अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म नियमित जीप सञ्चालन हुन थालेको छ । मल्देश भनेर चिनिने अपिहिमाल गाउँपालिकाको वडा...

उखुको समर्थन मूल्य ५४४.३३ रुपैयाँ सिफारिस, किसानले उखु खेती नगर्ने

काठमाडौं । चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा सिफारिस गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको नगद...

महिला दिवसको औचित्य

  विनायकप्रसाद धिताल   पुँजीवादी व्यवस्थाले विश्व बजारलाई गाँज्न थाले पछि श्रमिकको शोषणयुगको सुत्रपात भएको मानिन्छ । शोषणको शृंखलामा पुँजीपतिवर्गले विशेषतः महिलाको हक, हित, स्वास्थका विषय, सामाजिक...

कांग्रेस केन्द्रीय समितिको बैठक असोज १९ मा

काठमाडौं । कांग्रेसले आगामी १९ असोजमा बस्ने केन्द्रीय समिति बैठकक लागि पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यको पीसीआर टेस्ट गर्ने भएको छ । कांग्रेसले महाधिवेशनबारे छलफल...

रुसी विपक्षी नेता नल्भानी एयपोर्टबाटै पक्राउ

म्युनिख । स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै एयरपोर्टबाटै हिरासतमा लिइएको छ...

इन्टर दोस्रो स्थानमा

रोम । तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी जिनोआमाथि ३–० को सहज जित निकाल्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । इन्टरले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

धेरै पढिएका

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

सिन्धुपाल्चाेकमा दाहाल–नेपाल समुह संगठन विस्तारमा अक्रामक

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष...

प्रशासन, राज्यसत्ता र राजनीति

राज्य प्रशासनमा हुने सामान्य राजनीतिक प्रभावलाई स्वाभाविक मानिन्छ । तर, प्रशासनलाई सत्ता शक्तिकै खेलौना बनाउने प्रवृत्ति भने कसैका लागि पनि मान्य हुँदैन । राज्य...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)