Friday, March 5, 2021
Home प्रमुख प्रतिनिधिसभाले सरकार दिन नसके विघटन हुन्छ कि हुँदैन ?

प्रतिनिधिसभाले सरकार दिन नसके विघटन हुन्छ कि हुँदैन ?

वकिलहरूसँग प्रधानन्यायाधीश राणाको सधैं एउटै प्रश्न

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मंगलबारको सुनुवाईमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ‘प्रतिनिधिसभाले सरकार दिन नसके विघटन हुन्छ कि हुँदैन ?’ भनी प्रश्न गरेका छन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गर्दै ‘प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने’ तर्क राखेपछि प्रधानन्यायाधीश राणाले ‘संसद्ले प्रधानमन्त्री दिने हो, यदि सरकार दिन नसके विघटन हुन्छ कि हुँदैन ?’ भनी प्रश्न गरेका हुन् ।

प्रधानन्यायाधीश राणाले भने, ‘नेपालको संविधानको धारा ७६ को उपधारा ७ ले पनि यही भनेको छ । केपी शर्मा ओलीलाई बिर्सेर हेर्दा प्रतिनिधिसभाले नयाँ सरकार दिन्छ त ? यसका लागि संसद् चल्नुपर्छ कि पर्दैन ?’

‘२०४७ को संविधानले प्रधानमन्त्रीलाई दिएको विशेषाधिकार हालको संविधानले खोसेको छ भन्ने मेरो प्रश्न होइन, झिकेको मैले स्वीकार गरें,’ उनले थपे, ‘सरकार नै बन्न नसक्ने स्थितिमा त विघटन हुनुपर्ने होला नि !’

रिट निवदेकका तर्फबाट मंगलबार शिवप्रसाद यादवले बहस सुरु गरेका थिए । उनले बहुमत प्राप्त दललाई पाँच वर्ष सरकार चलाउन जनताले जिम्मा दिएकाले साढे दुई वर्षमै निर्वाचन गर्न नमिल्ने बताए । रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट शेरबहादुर ढुंगानाले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको जनाउँदै संसद् पुनस्र्थापना हुनुपर्ने बताए ।

बहसमा सहभागी अधिवक्ता रुद्र शर्माले यसअघि सडकबाटै संसद् पुनस्र्थापना भएकाले संविधानमै प्रधानमन्त्रीलाई विघटनको अधिकार नराखिएको बताएका छन् । शर्माले संविधानको विकासक्रमको चर्चा गर्दै २०४७ सालको संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिइएको र त्यस अधिकार प्रयोग गरिएको उल्लेख गरे ।

यो पनि पढ्नुहोस   काग्रेस अझै अनिर्णीत

‘२०६३ सालमा सडकबाटै संसद् पुनस्र्थापना भएको देखिन्छ तर अहिले त्यस्तो अवस्था छैन,’ उनले भने । अदालतले संसद् पुनस्र्थापना नगर्दा सडकबाट पनि भएको उनले उदाहरण दिए ।

‘यही आधार हेरेर यो संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नराखिएको हो ?’ उनले भने । रिट निवेदकका तर्फबाट बहसमा सहभागी भएका अधिवक्ता रुद्र शर्माले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार नरहेको दाबी गरेपछि प्रधानन्यायाधीश जबराले भने, ‘अहिले विशेषाधिकारको प्रश्न होइन । त्यो त सिद्धिसक्यो । त्यसलाई दोहो-याउनुपरेन ।’

मंगलबार बहस नसकिएपछि मुद्दा सुनुवार्ई हेर्दाहेर्दै आज बुधबारका लागि पेशी तोकिएको छ । तीन दिनदेखि चलेको मुद्दा बहसमा हालसम्म १० अधिवक्ताले बहस गरिसकेका छन् । मंगलबारमात्रै रिट निवेदकका तर्फबाट पाँच अधिवक्ताले भाग लिएका थिए ।

तेस्रो दिन मंगलबार पाँच कानुन व्यवसायीले बहसमा भाग लिए, जसमध्ये अधिवक्ताहरू शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्कबहादुर रावल र रुद्र शर्माले बहस पूरा गरे भने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले भने बहस गर्दागर्दै इजलास उठेको छ । आज बुधबार पनि ज्ञवालीले बहसलाई निरन्तरता दिनेछन् ।

(Visited 139 times, 1 visits today)
Loading comments...

आजको समाचार

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’...

साताका लोकप्रिय समाचार

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

सुटुक्क बिहे गरेकी श्रेया घोषालले ‘बेबीबम्प’ सार्वजनिक गरिन्

मुम्बई । बलिउडकी चर्चित नायिका श्रेया घोषाल विवाह गरेको ६ वर्षपछि आमा बन्दैछिन् । सामाजिक सञ्जालमा ‘बेबीबम्प’ सार्वजनिक गर्दै हुनेवाला बच्चाको नाम समेत जुराइसकेको...

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’...

सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाइयो, सात नेतामाथि कारबाही

काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय रहेका ७ जना नेतालाई कारबाही गरेको छ । आज बुधबार बसेको सो समूहको बैठकले सुवासचन्द्र...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

ट्रेन्डिङ

विगतमा झैं भव्य भएन यसपालीकाे छठ

वीरगन्ज । तराईको महान् पर्व छठ कोरोनाको कारण विगतमा झैं बाहिर देखिने गरी भव्य रुपले मनाइएन । धेरैले नदि तलाउमा नै पुगी सँझिया घाटको...

फिनल्यान्डसँग फ्रान्स स्तब्ध

पेरिस । विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा फिनल्यान्डसँग २–० ले स्तब्ध बनेको छ । यससँगै फ्रान्सको पछिल्लो १३औं खेलसम्मको अपराजित यात्रामा पूर्णविराम...

राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ । आफ्नो गाउँपालिकामा जन्मिनुभएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको...

क्वारेन्टाइन भरिभराउ भएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई

कालिकोट । पछिल्लो समय भारतबाट आएका नागरिक यहाँका क्वारेन्टाइनमा भरिभराउ भएपछि क्वारेन्टाइनको सुरक्षा नेपाली सेनालाई दिइएको छ । क्वारेन्टाइनमा भरिभराउ नागरिक भएर उनीहरुको सुरक्षा...

साढे ६ हजार सुकुम्बासीलाई लालपुर्जा

इलाम । इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा साढे ६ हजार घरपरिवार सुकुम्बासीले लालपुर्जा पाउने भएका छन् । माई नगरपालिकामा ४ हजार ११५ घरपरिवार...

बीबीएस प्रथम बर्षमा समिता नेपाल टप

धनकुटा । धनकुटाकी समिता ढुङ्गेलले बीबीएस प्रथम बर्षमा सर्वोत्कृष्ट अंक ल्याएकी छन् । लिवर्टी कलेज धनकुटामा अध्ययनरत ढुङ्गेलले व्यवस्थापन (बीबीएस) तर्फ स्नातक तह प्रथम...

१० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न सुझाव

काठमाडौं । नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाई...

कसरी हुन्छ भ्रष्टाचार नियन्त्रण ?

प्रधानमन्त्री केपी ओलीको जुनसुकै वक्तव्यको थेगो नै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भएको छ । सामान्यतया सन्तानविहीन प्रधानमन्त्रीका नेपाली जनताहरू नै समग्रमा उनका सन्तति हुन् ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

धेरै पढिएका

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)