काठमाडौं । सामजिक विसंगतिविरुद्धको आवाज टेली फिल्म मादलको खरीलाई गाउँसहरमा रुचाइन थालिएको छ । रमाइलो टिभीबाट प्रसारण भइरहेको यस टेलिफिल्मले चर्चा परिचर्चा बटुल्दै गर्दा भोजपुरमा सम्मानित भएको छ ।
भोजपुरको अरुण गाउँपालिका–७, सिक्रेटारमा आयोजित मादलको खरी विशेष सम्मान एवं सांस्कृतिक कार्यक्रममा लेखक÷निर्देशक किसोर अनुराग, छायाकार आनन्दप्रभाकर घिमिरे, निर्माता सेलिब्रेसन स्टुडियोलाई सम्मानित गरियो । कलाकार ईश्वरबल्लभ उप्रेती, रोजी कँुवर, सुरत विष्ट, भीष्म आचार्य, दिनेश खड्का, रीता थापा, ज्ञानेन्द्र कोइराला, समीर राई, आशिष क्षेत्री, आइशा राईसहितका कलाकार र प्राविधिक टिमलाई अबिरजात्रा गरी सम्मानपत्र प्रदान गरियो । कार्यक्रमको सुरुवातमा स्थानीय बालन नाचले स्वागत गरेको थियो ।
जीवन थापाको संयोजकत्वमा स्थानीय सगरमाथा माध्यमिक विद्यालयमा भएको कार्यक्रममा मादलको खरी नाटकको विशेष मञ्चन गरिएको थियो । मादलको खरी टिमका कलाकार ईश्वरबल्लभ र रोजी कुँवरको युगल नृत्य, सुरत विष्टको क्यारिकेचर र सारंगी प्रस्तुतिसहित स्थानीय कलाकारको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
हाल भोजपुर जिल्लाको विभिन्न स्थानमा छायांकन गरी स्थानीय कलाकार र संस्कृतिलाई समेत विशेष महत्वका साथ उक्त टेली फिल्ममा स्थान दिँदा भोजपुरको भौगोलिक र सांस्कृतिक गरिमा अभिवृद्धि हुनेमा विश्वस्त रहेको सिक्रेटारका वडाध्यक्ष डिल्लीराम अधिकारीले बताए । भोजपुरको अरुण गाउँपालिकालाई पर्यटकीय स्थानमा परिणत गर्ने अभियानलाई यो कार्यक्रम र मादलको खरिले सहयोग पु¥याउने सम्मान कार्यक्रमको प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष विनिता ढकालले विश्वास व्यक्त गरिन् ।