‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन हुने

काठमाडौं । शनिवार ‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन हुने भएको छ । सम्मेलनका संयोजक सुरेश प्रधानले काठमाडौंमा हुन लागेको सम्मेलनमा मध्यपूर्वी मुलुकका चिकित्सक, नर्स, डाक्टर गरी ५ सय जनाको सहभागी हुने जानकारी पनि दिए ।

उनले सम्मेलनबाट ती देशमा भइरहेको स्वास्थ्य क्षेत्रको विकास, विस्तार, अवसरलगायतका ’bout छलफल हुनेछ । ‘प्रोटिन फर अल’ भन्ने नाराका साथ नर्सका लागि ‘मिस नेपाल पिस’ प्रतियोगिताको आयोजना हुने भएको छ । नेक्स्ट मोडल्स नेपालको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

मानव जीवनमा पोषणको महŒव नर्समार्फत बुझाउन र नर्सभित्र रहेका प्रतिभा उजागर गर्न यो कार्यक्रम गर्न लागिएको नेक्स्ट मोडल्सका प्रमुख कार्यकारी अधिकृत रवि धमलाले जानकारी दिए । युसेकको प्राविधिक तथा आर्थिक सहयोगमा सातै प्रदेशमा प्रोटिनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने पनि धमलाले जानकारी दिए । जनचेतनामूलक कार्यक्रम विजेता नर्सको अगुवाइमा हुनेछ ।

सातौं संस्करणको एनलेक्स मिस नेपाल पिसको पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ । जसमा १८ जना नर्स फाइनल राउन्डका लागि छानिएका छन् । यस्तै, दोस्रो चरणको अडिसन भने यही फागुन १७ गते र अन्तिम अडिसन २४ गते हुनेछ । प्रतियोगिता चैतको अन्तिम साता काठमाडौंमा हुने बताइएको छ ।

प्रतियोगिताकी विजेता नर्स रेस्मा प्रसाईले आफूले टाइटल जितेपछि धेरै कुरा सिक्ने अवसर पाएको र आफूमा आत्मविश्वास बढेको बताइन् । सातौं संस्करणसम्म आइपुग्दा नर्सहरू ज्वाला पौडेल, सोनिया आचार्य, मिनुष कायस्थ, सनम थाया मगर, श्रेया रजक र रेश्मा प्रसाईले मिस नेपाल पिसको उपाधि जित्न सफल भइसकेका छन् । प्रतियोगितामा प्रथम हुने नर्सले आगामी वर्ष चीनमा हुने मिस वल्र्ड पिसमा भाग लिन पाउने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार