थपिए ३१८ कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ३१८ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५ हजार १२ जनाको पिसीआर परीक्षण भएकामा २०६ पुरुष र ११२ महिलामा कोरोना पुष्टि भएको हो ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६८ हजार ३१० पुगेको छ । अहिले देशभर ३ हजार ६९३ जना सक्रिय सङ्क्रमित छन् । थप ३८३ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६२ हजार ६४२ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

गत २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९७५ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी