Monday, March 1, 2021
Home बिचार शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रका अपेक्षा

शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रका अपेक्षा

नेपालमा संकीर्ण राजनीतिक स्वार्थ तथा दाउपेचका कारण पूर्णावधि नसकिँदै सरकार परिवर्तन हुनु सामान्य कुरा हो । कुनै एक दलले संसदमा स्पष्ट बहुमतको म्यान्डेट प्राप्त गरे तापनि दलभित्रभित्रै हुने गरेका आन्तरिक कलहका कारण अल्पायुमै संसद् विघटन भएका उदाहरण विगतमा पनि नभएका होइनन् । वर्तमान प्रधानमन्त्रीले पनि ‘सरकारलाई चौतर्फी घेरा बन्दीमा पारेको, जनभावनाअनुरूप काम गर्न नपाएकाले ताजा जनादेश लिनका लागि जनतामा जाने निर्णय गरेको’ भनेर संसद विघटन गरेका छन् । जसका कारण अहिले नेपालको राजनीतिक क्षेत्र नै नराम्रोसँग तरंगित भएको छ । यहाँ विचार र सिद्धान्तको राजनीतिभन्दा पनि व्यक्तिगत स्वार्थ र गुटगत राजनीति हाबी भएको छर्लंग भएर देखिएको छ । नेतादेखि कार्यकर्तासम्म इमानदार र निष्ठाको राजनीति हराइसकेको विश्लेषण दिन प्रतिदिन सुनिँदै आएको छ ।

संसद् विघटनको निर्णयसँगै सत्तारूढ दल पनि विभाजनको औपचारिक घोषणाको अवस्थामा पुगेको देखिन्छ । केही मन्त्रीहरूले विघटनको विरोध गर्दै मन्त्रीपदबाट नै राजिनामा दिएका छन् । तसर्थ केपी ओलीले आफ्नो सरकार पुनर्गठन गरी मन्त्रीमण्डललाई पूर्णता दिएका छन् र केही मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरेका छन् । पुनर्गठित मन्त्रिमण्डलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी माननीय कृष्णगोपाल श्रेष्ठलाई लिइएको छ । पञ्चायती तन्त्रको विरोधमा त्रिभुवन विश्वविद्यालयबाट पेसागत आन्दोलनको नेतृत्व गरेका श्रेष्ठ इमानदार तथा कुशल संगठनिक नेतृत्व क्षमता भएका नेताका रूपमा मानिन्छन् । उनी लामो समयसम्म त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्रमा कर्मचारीको रूपमा कार्यरत रहेका थिए । त्यसैले उनले समृद्ध राष्ट्र निर्माणमा अनुसन्धानको महŒवलाई राम्रोसँग बुझेको हुनुपर्छ भन्ने विश्वास गर्न सकिन्छ । हालसम्मका शिक्षामन्त्रीहरूको नजरमा खासै पर्न नसकेको पुस्तकालय तथा अनुसन्धानको क्षेत्र वर्तमान शिक्षामन्त्रीको नजरमा कस्तो हुन्छ हेर्न बाँकी नै छ । आशा गरौं, नेपालको पुस्तकालय तथा अनुसन्धान केन्द्रहरूको नीतिगत सुधारका कामहरूलाई उनले उच्च प्राथमिकतामा राख्नेछन् ।

देशमा प्रविधिमैत्री शैक्षिक तथा सार्वजनिक सामुदायिक पुस्तकालयको निर्माण तथा गुणस्तर विकासमा आर्थिक अभावको महसुस नहुने वातावरण बनोस्

नयाँ शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रको पहिलो अपेक्षा नेपाली कला, संस्कृति र परम्परा झल्कने गरी राष्ट्रिय पुस्तकालयको छुट्टै भवन बनेको हेर्ने हो । नेपालमा अहिलेसम्म राष्ट्रिय पुस्तकालयको आफ्नो छुट्टै भवन बन्न सकेको छैन । २०७२ सालको विनासकारी भूकम्पबाट राष्ट्रिय पुस्तकालय रहेको हरिहर भवन तहसनहस भइसकेपछि पुस्तकालय पनि बेवारिसेजस्तै भएको छ । पुस्तकालयमा रहेका महŒवपूर्ण प्राचीन पाण्डुलिपि तथा अमूल्य पुस्तकहरूलाई संरक्षणका लागि महेन्द्र मावि र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा लगेर राखिरहेको अवस्था छ ।

पुस्तकालयकर्मी तथा बौद्धिक जगत्को निरन्तरको आवाजपछि २०७५ असोज २८ गतेको मन्त्रिपरिषद्को बैठकले जमलमा राष्ट्रिय पुस्तकालय बनाउन जग्गा दिन निर्णय गरेको थियो । तर, विडम्बना, २०७७ साउन ५ गते सोही मन्त्रिपरिषद्ले अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्रिय पुस्तकालयको भवन निर्माण कार्य रोक्ने निर्णय ग¥यो । जसले गर्दा आफ्नै भवनमा राष्ट्रिय पुस्तकालय बनेको अनुभूत गर्ने नेपालका बौद्धिक जगत्को आशा, उत्साह र अभिलाषामा तुषारापात लगाउने कार्य भयो । नेपालको बौद्धिक सम्पत्तिको संरक्षण गर्ने नेपाल राष्ट्रिय पुस्तकालय बनाउन सरकारको नजर नपर्नु विद्वत्वर्गका लागि अत्यन्त दुःखत कुरा रह्यो । त्यसकारण विश्वास गरौं, नवनियुक्त मन्त्रीले विगतमा रोकिएको नेपाली कला, संस्कृति र सभ्यता झल्कने गरी राष्ट्रिय पुस्तकालय बनाउने निर्णयलाई पुनः प्राथमिकताका साथ अगाडि बढाउनेछन् ।

नेपालमा पुस्तकालय तथा सूचना केन्द्रको स्थापना र प्रभावकारी रूपमा सञ्चालन गर्न पुस्तकालय तथा सूचना राष्ट्रिय नीति २०६४ तर्जुमा गरिएको छ । उक्त नीतिले सम्पूर्ण पुस्तकालय तथा सूचना केन्द्रको सुसञ्चालन, व्यवस्थापन, अनुगमन तथा मूल्यांकन गर्न पुस्तकालय तथा सूचना प्रणालीसित सम्बन्धित छुट्टै ऐनको आवश्यकता महसुस गरेको छ । त्यसैगरी देशभरिका पुस्तकालय तथा सूचना प्रणालीको प्रभावकारी रूपमा अनुगमन र मूल्यांकन गरी सहयोग प्रदान गर्न पुस्तकालय तथा सूचना सेवा विकास बोर्डको गठन कार्यनीति लिएको छ । साथै, विधागत केन्द्रीय पुस्तकालयहरूको स्थापना र विकास गर्ने जस्ता महŒवपूर्ण विषयहरू उठान गरे तापनि हालसम्म नीतिका बुँदाहरू कार्यान्वयनमा आउन सकेको छैनन् ।

हालसम्मका शिक्षामन्त्रीहरूको नजरमा खासै पर्न नसकेको पुस्तकालय तथा अनुसन्धानको क्षेत्र वर्तमान शिक्षामन्त्रीको नजरमा पर्न सके देशमा प्रविधिसहितको शिक्षाले गति पाउनेछ

नीतिको उद्देश्यअनुरूप पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका, २०६९ पनि जारी गरिसकिएको छ । नेपालमा आएको राजनीतिक परिर्वतनअनुसार देशमा तीन तहको सरकार क्रियाशील भएकोले सोहीअनुसार निर्देशिका पनि परिवर्तन हुन सकेको छैनन् । सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरूको रेखदेख र व्यवस्थापनका लागि प्रदेश सरकार तथा स्थानीय निकायहरूलाई सक्रिय बनाउनुपर्ने देखिन्छ जसले गर्दा स्थानीय निकायमा सार्वजनिक÷सामुदायिक पुस्तकालयको दर्ता प्रक्रियामा नै देखिएको अन्योल स्वतः अन्त हुन सक्छ ।

यो पनि पढ्नुहोस   नेपालका लागि सुनौलो अवसर

त्यसैगरी नेपालमा पुस्तक लेखनदेखि अन्तिम उपभोक्ता वा पाठकलगायतका आम सरोकारवालाको भूमिकालाई नियमन गर्नका लागि राष्ट्रिय पुस्तक नीतिकोे मस्यौदा २०७३ मा सार्वजनिक गरिएको थियो । लामो समयको प्रयास पछि २०७७ साल असोजमा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस भए तापनि हालसम्म सो नीति मन्त्रिपरिषद्बाट पारित हुन सकेको छैन । साथै, पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउन सहजीकरण गर्नका लागि पुस्तकालय गुरूयोजना र पुस्तकालय स्वचालीकरण योजनाको मस्यौदा पनि २०७३ सालमा नै पृष्ठपोषणका लागि सर्वजनिक गरिएको थियो तर, हालसम्म यो पनि स्वीकृत हुन सकेको छैन । त्यसैले वर्तमान शिक्षामन्त्रीबाट मस्यौदाको रूपमा रहेका पुस्तक तथा पुस्तकालयसँग सम्बन्धित नीति नियमहरू स्वीकृतका लागि पहल हुनेछ भन्ने आशा तथा विश्वास छ । साथै अध्यादेशमार्फत नै भए पनि पुस्तकालयसम्बन्धी छुट्टै ऐनको निर्माणमा कुनै कन्जुस्याइँ हुनेछैन । विश्वविद्यालय तथा शिक्षाको नजिक रहेर बुझेका नवनियुक्त मन्त्री भएकाले आशा र भरोसा अब नेपालको पुस्तकालय क्षेत्रले ऐनकानुनको निर्माण तथा संशोधनको अभावमा रुमलिएको महसुस गर्नुपर्नेछैन । पुस्तकालय विकासले अग्रगति मात्रै होइन लामो छलाङ मार्नेछ ।

अन्तमा, शिक्षामन्त्रीले पुस्तकालयलाई ज्ञानको मन्दिरका रूपमा मात्र नलिएर समाज रूपान्तरणको आधारस्तम्भको रूपमा पनि बोध गर्नु हुनेछ । पुस्तकालयबिना शिक्षित समाजको निर्माण गर्ने कुरा मन्त्रीको स्मृतिपटमा कल्पित हुनेछैन । त्यसैले, देशमा प्रविधिमैत्री शैक्षिक तथा सार्वजनिक सामुदायिक पुस्तकालयको निर्माण तथा गुणस्तर विकासमा आर्थिक अभावको महसुुुस नहुने वातावरण बनोस् । जुन कुरा मन्त्रीको वाचा छिट्टै सुन्न र व्यवहारमा पनि देख्न पाइयोस् । हुनत यो सरकारका आयु कति हुने हो तत्काल भन्न सक्ने अवस्था छैन । देशका चुनावको मिति घोषण भइसकेको छ भने सँगसँगै आन्दोलनका आवाजहरू पनि गुञ्जिरहेका छन् ।

तर, हामीलाई विश्वास छ, छोटै समय भए तापनि वर्तमान शिक्षामन्त्रीले नेपालको पुस्तकालयको क्षेत्रको समग्र विकासको खाका कोर्ने काम भने पक्कै गर्नेछन् । अपेक्षा गरौं, नेपालको गौरवका रूपमा नेपाल राष्ट्रिय पुस्तकालयको निर्माण, पुस्तकालय विकास बोर्ड गठन, पुस्तकालयसम्बन्धी छुट्टै ऐन तथा आवश्यक नीति नियम पारित तथा संशोधन प्राथमिकतामा राख्नेछन् । जुन कामले वर्तमान शिक्षामन्त्रीको नाम नेपालको पुस्तकालको क्षेत्रमा सुनौला अक्षरले सदैव लेखिराख्न सकियोस् । नवनियुक्त शिक्षामन्त्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
(लेखक त्रिविवि केन्द्रीय पुस्तकालयका पुस्तकालय अधिकृत हुन् ।)

(Visited 143 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

साताका लोकप्रिय समाचार

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

विप्लवलाई महासचिव दिने कुरा हल्ला मात्रै हो : धर्मेन्द्र बास्तोला

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएलगत्तै पुनः पक्राउ परेका छन् । सर्वोच्चको आदेशलगत्तै प्रहरीले उनलाई...

ट्रेन्डिङ

क्रसर बन्द हुँदाको धन्धा : ‘स्टक’मा राखेको वालुवा चोरी !

सिन्धुपाल्चोक । निर्माण व्यावसायीहरुले निर्माण कार्यका लागि जम्मा गरिएको वालुवा,गिट्टी लगायतका निर्माण सामग्री नै रातीको समयमा चोरी हुन थालेपछि व्यावसायीहरु मारमा परेका छन् । जिल्ला...

आधा वर्षमा साढे १४ प्रतिशतभन्दा कम विकास खर्च

काठमाडौं । मुलुकको पूर्वाधार निर्माणमा विशेष जोड दिएर अघि बढ्ने लक्ष्य लिएको सरकारले विकास खर्च नहुनुको मुख्य कारण सम्बन्धित निकायको क्रियाशीलतामा अभाव नै भएको...

भ्रष्टाचार विरोधी आन्दोलन कुनैपनि हालतमा रोकिदैन : पुर्वमन्त्री साह

रौतहट । नेकपाका नेता तथा रौतहट क्षेत्र नं. ३ का संघिय संसद प्रभु साहले आफनो भ्रष्टाचार विरोधी आन्दोलन कुनै...

इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४...

विभिन्न जिल्लाका सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले ललितपुरलगायत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद...

प्रशिक्षक इम्री स्पेनतर्फ

मड्रिड । स्पेनिस प्रशिक्षक युनाई इम्री स्पेन फर्किएका छन् । स्पेनिस क्लब क्लब भिल्लारियलले इंग्लिस क्लब आर्सनल तथा फ्रेन्च क्लब पीएसजीका पूर्वप्रशिक्षक युनाई इम्रीलाई...

कार्कीद्वारा पदवहाली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत हालै संघसंस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन् ।
यो पनि पढ्नुहोस   बेवास्ता नगरौं, घटेको छैन कोरोना कहर
कार्कीलाई खेलकुद विकास विभागका प्रमुख...

साँवा र ब्याजका लागि ताकेता नगर्न बैंकलाई होटल संघको आग्रह

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र व्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । कोभिड–१९ महामारीसँगै जारी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

धेरै पढिएका

विप्लवलाई महासचिव दिने कुरा हल्ला मात्रै हो : धर्मेन्द्र बास्तोला

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएलगत्तै पुनः पक्राउ परेका छन् । सर्वोच्चको आदेशलगत्तै प्रहरीले उनलाई...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

छोराले गरे बाबुको हत्या

पोखरा । भ-याङबाट खसेर बावुको मृत्यु भएको दाबी गरेका उनका छोरा नै हत्या अभियोगमा पक्राउ परेका छन् । अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट घर भई पोखरा...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)