Monday, March 1, 2021
Home बिचार नागरिकका स्थायी पिरलो

नागरिकका स्थायी पिरलो

कठैबरा ! हामी नेपाली । हाम्रो सामाजिक, आर्थिक, शैक्षिक एवं राजनीतिक अवस्था । हजरबुबा पुस्ताले राणाहरूको ज्यादती र त्रासमा जीवन बिताए । बुबा पुस्ताले पञ्चायती व्यवस्थाको सास्ती खपे । जेल, नेल, त्रास एवं कष्ठपूर्ण जीवन भोगे । हाम्रो पुस्ताले माओवादी जनयुद्घको ताप र राप सहँदै विभिन्न जनआन्दोलनहरूमा भौतिक वा वैचारिक रूपमा उत्रियौ“ । नेपाली जनताले राजनीतिक परिवर्तनका लागि मकैको खेती देखि १९९७ सालको शहीद काण्ड हुँदै २००७ सालमा प्रजातन्त्रको उदय, २०३६ सालको राजाको शासन व्यवस्थाप्रति असन्तुष्टि र जनमत संग्रह, २०४६ को जनआन्दोलन, माओवादी जनयुद्घ, २०६२-६३ को लडाइँ, संविधान सभामा जनसहभगिता र त्यस पछाडिको आम निर्वाचनसम्मको जनसक्रियताको पछाडि समाजमा स्थायी रूपमा जरा गाडेर बसेका समस्याहरू गरिबी, बेरोजगारी, अविकास, विभेद, अभाव, पछौटेपन, भ्रष्टाचार, महँगी र राजनीतिक अस्थिरताको अन्त्य गर्नु थियो । परन्तु न त लामो समयसम्मको राजनीतिक लडाइँबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यता संस्थागत हुन सके न त सत्ताको बागडोरमा पुग्न सफल राजनीतिक दल र यिनका शीर्ष नेतागणहरूले उल्लिखित समस्याहरू समाधान गर्न सके । कस्तो बिडम्बना ! प्रजातन्त्रका तीन दशकसम्म पनि देशका समस्याहरू ज्युका त्युँ रहे ।

यो मुलुकको कहानीभित्र लुकेका समस्याहरूको अध्ययन गर्दा यसको जड राजनीतिक दलहरू मात्र होइन । हाम्रो समाजमा रहेको सामाजिक मनोविज्ञान र चेतनाको अभाव पनि त्यत्तिकै जिम्मेवार देखिन्छ । हाम्रा राजनीतिक व्यवस्थाका सञ्चालकलाई सही र गलतको मापन नै नगरी समर्थन गर्ने अज्ञानता भनौं वा स्वार्थको चास्नीमा एकोहोरिएका राजनीतिक दलका कार्यकर्ता एवं समर्थक जनसमूहको झुन्ड पनि त्यत्तिकै दोषी छ । भ्रष्ट नेताहरूको पछि लाग्ने, नेताहरूले आफ्ना नातागोताको भरण पोषण गर्दा पनि आवाज निकाल्न नसक्ने, आफूले मन पराएको राजनीतिक दल वा नेता विशषले गर्ने जस्तासुकै अशोभनीय काममा पनि आँखा चिम्लेर समर्थन गर्ने राजनीतिक संस्कार बोकेका कार्यकर्ता नै राजनीतिक तहबाट सिर्जना हुने समस्याका स्रोत हुन् । मलजल हुन् । त्यसो त हाम्रो समाजमा कसैलाई देवत्वकरण गर्ने र कसैलाई सत्तो सराप गर्ने राजनीतिक संस्कार नयाँ होइन । सत्ता स्वार्थका लागि भीमसेन थापालाई आत्महत्या गर्न बाध्य बनाउने राजनीतिक सोच र दुष्कर्मको लिगेसी राणामा पनि तीव्र थियो । देवशमशेरलाई जनताको पक्षमा काम गर्न खोजेको आरोपमा १ सय १७ दिनमा नै सत्ताबाट बाहिरिन बाध्य बनाउने चन्द्रशमशेर प्रवृत्ति राणाकालीन इतिहासको एउटा दृष्टान्त हो ।

यसैगरी, २००७ सालदेखि २०१७ सालसम्मको राजनीतिक अवस्थाको अध्ययनले पनि दलहरूको जुटफुट, राजनीतिक स्वार्थको अभ्यास व्यापक देखाउँछ । ३० वर्षे पञ्चायती समयमा पनि राजनीतिक रूपमा नेपाली समाज विभाजित नै थियो । निरंकुश नै भए तापनि शाही सासनको पक्षपोषण गर्नेहरूको भिडमा पढे लेखेका, जाने बुझेका जनताहरूको संख्या ठूलो थियो । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष सबै भन्दा राम्रो छ भन्ने पञ्चायती नाराभित्र राजमोह र देश प्रेमको गाथा झल्किन्थ्यो । यही गाथाभित्र एकातिर पञ्चायती शासन व्यवस्थाका करतुतहरू लुकेका थिए भने अर्कोतिर राजनीतिक चेतना भएको समूहको सक्रियतामा प्रजातन्त्रको लडाइँ पनि सञ्चालित थियो । फलतः २०४६ सालको जनआन्दोलनले प्रजातन्त्रको पुनःस्थापना भयो ।

देवशमशेरलाई जनताको पक्षमा काम गर्न खोजेको आरोपमा १ सय १७ दिनमै सत्ताबाट बाहिरिन बाध्य बनाउने चन्द्रशमशेर प्रवृत्ति राणाकालीन इतिहासको एउटा दृष्टान्त हो

प्रजातन्त्रको पुनःस्थापना पछाडिको ३० वर्षको कालखण्डको समीक्षा गर्दा यो मुलुकमा राजनीतिक दलहरू बन्ने, जुट्ने, फुट्ने र टुट्ने शृंखलाका घटनाहरू अत्यन्त अस्वाभाविक छन् । २०५१ सालमा नेपाली कांग्रेसको विभाजन सत्तास्वार्थसँग जोडिएको थियो । दलभित्रको आन्तरिक खिचातानी र राजनीतिक स्वार्थको खेलका कारण नेपाली कांग्रेस फुटेको थियो । प्रजातन्त्रका सेनानी गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईलाई किनारा लगाएर गिरिजाप्रसाद कोइरालाले नेपाली कागे्रसको गुटलाई चलाउँदा काग्रेसजन विभाजित भए । यसैगरी नेपाल कम्युनिस्ट पार्टीको विभाजनको फेरिस्ता धेरै लामो छ । यो दलभित्रको गुट उपगुट र फुट शृंखलाभित्र सैद्धान्तिक आधारभन्दा बढी असमझदारी, स्वार्थ, प्रतिस्पर्धालगायतका अभ्यास नै प्रमुख रूपमा देखिन्छन् । राजनीतिक दलहरूको स्वार्थको पछाडि नेपाली जनता विभाजित हुने र भोट बैंक भइदिनु पनि राजनीतिक विभाजनको कडीको रूपमा देखिन्छ । हरेक दलका कार्यकर्ताहरू नेता विशेषका कित्तामा विभाजन हुनाले नेताहरू गुटका नायक भए । देश निर्माणका नायक हुन सकेनन् ।

राजनीतिक आस्थाका आधारमा जनताहरू विखण्डित हुने क्रममा २०५२ सालमा माओवादीले सञ्चालन गरेको जनयुद्घले अझै मलजल ग¥यो । तत्कालीन माओवादी नेतृत्वले समाजमा स्थायी रूपमा रहेका बेथितिहरूको निराकरण गर्ने एजेन्डाका आधारमा जनतालाई आकर्षित ग¥यो । प्रचण्डले नेतृत्व गरेको माओवादीमा लाखौंको संख्यामा मानिसहरू ओइरो लागे । ठूलो धनजनको क्षति ठूलो भयो । लामो संघर्ष पछाडि माओवादी शान्तिपूर्ण राजनीतिमा आए पछि मूलधारका अन्य दलहरूको समर्थनका कारण मुलुकमा राजनीतिक परिवर्तन भएको सत्य हो । तत्पश्चात् राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै देश विकासको बाटोमा लाग्नुपर्नेमा देशका प्रमुख दलहरू सत्तास्वार्थमा लागे । अहिले खड्गप्रसाद ओलीले संसद् विघटन गरेका छन् । दलहरूमा कटाक्ष छ । शीर्ष नेताहरू नै अशोभनीय गालीगलौजमा उत्रिएका छन् । यस्तो समयमा पनि ठीक र बेठीकका आधारमा सही नेतृत्वको साथ लाग्न नसक्ने कार्यकर्ता र जनता राजनीतिक स्थायीत्व र देश विकासका बाधक हुन् ।

यो पनि पढ्नुहोस   नेपालका लागि सुनौलो अवसर

दलका नेतागणहरूले राजनीतिलाई विकास र जनसेवामा नजोडी पद, प्रतिष्ठा र आयआर्जनको बाटो बनाउँदा मुलुकमा धेरै समस्याहरू देखापरेका हुन् । राजनीतिक दलका कार्यवmर्ताहरूले नेतृत्वमा रहेका नेताहरू भ्रष्टाचार, आर्थिक चलखेल र गुटगत राजनीतिमा संलग्न हुँदा पनि टुलुटुलु हेरेर बसे । नेताहरूका उखान टुक्का, उत्तेजक भाषण एवं अस्पष्ट विचार र बोलीमा ताली बजाउने काम गरे । राजनीतिक क्षेत्रमा चरम आर्थिक अनियमिता भयो । अहिले राजनीतिका उच्च तहका नेताहरूको राजधानीमा महल छन् । उनीहरू महँगा गाडीहरू चढ्छन् । आफन्तवाद, कृपावाद, अवसरवादमा अभ्यस्त छन् । तर पनि तिनीहरूको पछाडि कार्यकर्ता र समर्थकहरूको घुँइचो छ । यसरी हेर्दा भ्रष्ट, अदूरदर्शी नेता र अन्धभक्त कार्यकर्ता नै देशका समस्या हुन् ।

जनताको निराशा आक्रोशमा परिणत हुनभन्दा अगावै छल, कपट र स्वार्थको राजनीतिलाई त्यागेर देश र जनताको पक्षमा काम गर्ने सद्बुद्धि पलाउनुपर्छ

हाम्रो देशमा अथाह प्राकृतिक स्रोत र साधनहरू छन् । उपलब्ध स्रोतसाधनलाई उपयोग गरी देश विकास गर्नको लागि दक्ष जनशक्तिको खाँचो हुन्छ । दक्ष जनशक्ति उत्पादन गर्नका लागि व्यावहारिक, वैज्ञानिक एवं गुणस्तरीय शिक्षा चाहिन्छ । शिक्षाबाट नै हरेक क्षेत्रको दक्ष जनशक्ति उत्पादन हुने हो । तर, हाम्रो देशको सन्दर्भमा विकासको आधार शिक्षालाई बनाइएन । राजनीतिक दर्शन र नेता विशेषका भाषणलाई बनाइयो । राजनीतिक नेतृत्वमा पुग्ने व्यक्ति तथा व्यक्तित्वहरूमा देश विकास गर्ने भिजन, मिसन र एक्सन भएन । राजनीतिक नेतृत्वमा पुग्ने व्यक्तिहरूका लागि कुनै पनि शैक्षिक मापदण्ड बनाइन । शैक्षिक योग्यताबिना नै राज्यको माथिल्लो नेतृत्वमा पुग्न सफल नेतागणहरूमा देश विकासको मार्गचित्र, नेतृत्व क्षमता, समाजशास्त्रको अध्ययन, राजनीतिकशास्त्रको ज्ञान तथा विकास योजनाहरूको छनोट क्षमता र कार्यान्वयन पक्षलगायतका विषयहरूमा ज्ञानजन्य पूर्वाधारहरूको अभावजस्ता कारणहरू स्थायी रूपमा रहे । देशलाई राजनीतिक दर्शनको प्रयोगशाला बनाइयो । फलत ः राजनीतिक क्षेत्र नै प्रदूषित, बेथिति र विसंगतिको मूल थलो बन्न पुग्यो ।

लामो समयसम्म अन्याय, अत्याचार, गरिबी र पिछडा जीवन बाँच्न बाध्य भएका जनताहरूले नेपाल कम्युनिस्ट पार्टीको जननिर्वाचित सरकार बनेपछि विकास हुने आशा गरेका थिए । कुशासन, भ्रष्टाचारको अन्त्य र रोजगारीको अवसरको सिर्जना हुनेमा प्रतीक्षारत थिए । तर आपूm ताक्छु मूढो बन्चरो ताक्छ घुँडो भनेझैं नागरिकहरूको विकास र समृद्घिको आशा र भरोसामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले तुसारापात ग¥यो । नेपाल कम्युनिस्ट पार्टी काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं विधिको सासन र विकासको गहन जिम्मेवारीलाइ छाडेर आन्तरिक कलह, झगडा र अस्वस्थ्य प्रतिस्पर्धामा लाग्यो । परिणामतः मुलुक झनपछि झन् दलगत स्वार्थको खाडलमा फ“स्दै गयो । राजनीतिक स्थायित्व हुन सकेन ।

मुलुक आफंै बन्दैन । देश विकास गर्न राज्यले आवश्यकताको आधारमा योजनाको खाँचो हुन्छ । नेतृत्वमा सबैलाई मिलाउन सक्ने ऋषिमन चाहिन्छ । देश विकास गर्ने इच्छाशक्ति चाहिन्छ । सुशासन कायम गर्न सक्ने क्षमता चाहिन्छ । देशका सबै राजनीतिक दल र नागरिकलाई विकास निर्माणमा सहभागी बनाउन सक्ने प्रजातान्त्रिक आचण चाहिन्छ । त्यसैले इतिहासबाट पाठ सिकेर राज्य सञ्चालक र दलका निर्णायक नेतृत्वमा देश र जनताको हितमा काम गर्ने विवेक आओस् । जनताको निराशा आक्रोशमा परिणत हुनभन्दा अगावै छल, कपट र स्वार्थको राजनीतिलाई त्यागेर देश र जनताको पक्षमा कामगर्ने सद्बुद्धि मिलोस् । नागरिकका पिरलाहरूको सम्बोधन हुन सकोस् ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

साताका लोकप्रिय समाचार

दुई महिनाभित्रै काठमाडाैंका धारामा मेलम्चीको पानी

सिन्धुपाल्चोक । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरण सँगै अबको दुई महिनाभित्र मेलम्चीको पानी राजधानी काठमाडांै आउने भएको छ । राजधानीवासीको प्यास मेट्ने...

प्रचण्ड-नेपाल समूहद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको हिजो बसेको बैठकमा...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

सर्वोच्चको फैसला पालना गरौं

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि अब प्रतिनिधिसभा स्वतः पुनःस्थापित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघठन गरेपछि...

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको...

ट्रेन्डिङ

वडाध्यक्षद्धारा तीन परिवारलाई क्रिया खर्च सहयोग

बारा । लकडाउनवाट प्रभावित एक गरिव परिवारलाई वडाध्यक्षले क्रियाखर्चको लागि खाद्यान्ह सहयोग गरेका छन् । फेटा गाउपालिका वडा नम्वर १ भलुहिभरवलियाका वडाध्यक्ष जयप्रकाश दासले गरिव...

आइतबारदेखि लमजुङमा कक्षा ११ को परीक्षा हुँदै

लमजुङ । कोरोना महामारीका बीच गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा आइतबारदेखि कक्षा ११ को वार्षिक परिक्षा शुरु हुने भएको छ । वार्षिक परीक्षा सञ्चालन,...

१७ वर्षीया किशोरी बलात्कार गर्ने १२ र १४ वर्षका किशोर पक्राउ

पर्वत । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिला गाउँपालिका–५ बस्ने १२ र १४ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मानसिक...

तीज पर्व : एक दृष्टिकोण

नेपालमा मनाइने विभिन्न चाडपर्वमध्ये तीज हिन्दू महिलाको महŒवपूर्ण पर्व हो । यस वर्ष यही भाद्र ५ गते परेको तीज कोरोना महामारीका कारणले हर्षोल्लासपूर्वक सार्वजनिक...

ऊर्जामन्त्रीज्यू, ‘काठका पोलहरु कहिलेसम्म विस्थापन हुन्छ ?’

काठमाडौँ । ‘माननीय मन्त्रीज्यू, विद्युत् प्रसारणमा प्रयोग भएका काठका पोलहरु कहिलेसम्म विस्थापन गरिन्छ ? सम्पूर्ण उपभोक्ताको घरघरमा कहिलेसम्म बिजुली बत्ती वितरण गरिसक्ने...

आज मन्त्रिपरिषद बैठक बस्दै, सात दिन लकडाउन थपिने

काठमाडौं । जारी लकडाउन फेरि सात दिन थपिनृ भएको छ । दोस्रो पटक थपिएको लकडाउन २५ गते रातिदेखि...

सिन्धुलीमा ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

सिन्धुली । विपी राजमार्गको सिन्धुली बर्दिवास सडक खण्डमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । शनिबार बिहान १० भिमानबाट सिन्धुलीतर्फ...

एक वर्ष नपुग्दै सशस्त्रका तीनै एआईजीको सरुवा, मानवस्रोतमा पुष्पराम

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले एक वर्ष नपुग्दै सशस्त्रका तीनै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

धेरै पढिएका

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)