संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषक सँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम ठगी गर्ने मुख्य योजनाकार धनकुटा छथर गाउँपालिका–६ का ३३ वर्षिय रमेश भन्ने नरेन्द्र थापालाई नेपालगंजबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
नक्कली कम्पनी स्थापनागरी थापाले कृषकबाट २० लाख भन्दा बढी रकम असुलेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाले बताए । उन्नत जातको गाई पालन तथा चिस्यान केन्द्र स्थापना गर्न भन्दै कृषकबाट रकम असुली गरेका मुख्य योजनाकार थापालाई नेपालगंजबाट मंगलबार सङ्खुवासभा ल्याइएको प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए ।
फरार रहेका मुख्य योजनाकार थापालाई चैनपुर प्रहरीले वडा प्रहरी कार्यालय नेपालगंज बांकेको सहयोगमा नेपालगंजबाट पक्राउ गरेको प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए । जिल्लाको चैनपुर गरपालिका–३ र ४ का विभिन्न कृषक सँग गाईपालन, दुध चिस्यान केन्द्र स्थापना र कम्पनी शेयर सदस्यताबाट थापा सहितको समुहले कृषकबाट रकम असुली गरी गरेका थिए ।
नाफामुखि भन्दै नक्कलि कम्पनि पोखरी ग्रुप अफ कम्पनी प्रा.लि.को नामबाट थापाको समुहले कृषकबाट रकम असुली गरेको थियो । उनिहरुले उन्नत जातको गाई पालन कृषकहरुबाट अग्रिम पेश्कि बापत १० प्रतिशतका दरले ४ लाख १० हजार रुपैयाँ, दुग्ध चिस्यान तथा डेरि सञ्चालन गर्न भनि १४ लाख ४५ हजार रुपयाँ उठाएको थियाे
प्रहरीले यस अघि ठगीमा संलग्न रहेका चैनपुर–३ का ५६ वर्षिय चन्द्रबहादुर आलेमगर, चैनपुर–४का ३६ वर्षिय मिलन भनिने सुरेन्द्र राईलाई प्रहरी माघ २ मा पक्राउ गरी सकेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । २०७४ चैत्र देखि विभन्न समयमा उनिहरुले कृषकमार्फत रकम उठाउँदै आएको प्रहरी निरिक्षक खतिवडाले बताए । नाफामुखि भन्दै नक्कलि कम्पनि पोखरी ग्रुप अफ कम्पनी प्रा.लि.को नामबाट थापाको समुहले कृषकबाट रकम असुली गरेको थियो । उनिहरुले उन्नत जातको गाई पालन कृषकहरुबाट अग्रिम पेश्कि बापत १० प्रतिशतका दरले ४ लाख १० हजार रुपैयाँ, दुग्ध चिस्यान तथा डेरि सञ्चालन गर्न भनि १४ लाख ४५ हजार रुपयाँ उठाएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । त्यसैगरी कम्पनीको शेयर सदस्यता भन्दै विभन्न कृषकबाट १ लाख ५५ हजार रुपौयाँ लिएको खुलेको छ । ठगीमा संलग्नहरुले पोखरी ग्रुप अफ कम्पनी प्रा.ली. नामको नक्कली कम्पनी स्थापना गरी तिनैजना सञ्चालक भई राष्ट्रिय बाणिज्य बैँक चैनपुरमा संयुक्त खाता समेत सञ्चालन गरेका थिए । कम्पनीमा कर्मचारी समेत नियुक्त गरी कृषकका घरघरमा गएर कृषक बाट विभिन्न शिर्षकमा उनिहरुले रकम उठाएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक खतिवडाका अनुसार यो समूहले अन्य ब्यक्तीहरु समेत ठगी गरेको हुनसक्ने अनुमान गरिएको बताए । उनिहरुबाट ठगिएको भन्दै आउने क्रम जारी गरेको उनले बताए । साउदी अरेबियाको अलडाना भिजन कम्पनीको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लागानिमा भारतको पञ्जाबमा उन्नतजातको गाई ल्याउने भन्दै कृषक बाट उनिहरुले रकम उठाएका थिए । गाई ल्याएपछि दुग्ध चिस्यान केन्द्र स्थापनाका लागि समेत उनिहरुले कृषकबाट रकम असुली गरका थिए । त्यसैगरी चैनपुरको पोखरी बजार नजीकै मिनिरल वाटरको फ्याक्ट्री खोल्न सेयर सदस्यहरु सँग उनिहरुले रकम असुली गरेको प्रहरीले जनाएको छ ।