Friday, March 5, 2021
Home प्रदेश प्रदेश ३ मोतीलाल दुगड भन्छन् : म प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्छु

मोतीलाल दुगड भन्छन् : म प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीमा खरो उत्रिने र प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाएका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै दुगडले यस्तो बताएका हुन् । उनले भने,‘मैले १३ महिना उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको रुपमा काम गरेको छु । यो मन्त्रालयमा काम गरेवापत मैले धेरै प्रशंसा पाएँ ।’ महामारीको बेलामा मन्त्रालय र्याकिङमा नम्वर वानमा परेको उनको भनाई थियो । ‘यो थाहा पाउँदा खुशी लाग्यो । हामीले एकदम ईमानदार भएर र पारदर्शी ढंगले काम गरेको हो । भीजन र कन्फिडेन्स भएको र विल पावर भएकोले राम्रो काम गरें । भीन्न फेस भएको व्यक्तिले राम्रो काम गर्न सकेको कुरा भयो ।’ उनले भने ‘हाम्रो कामले जनतामा राहत भयो । निजी क्षेत्रको लागि पनि राम्रो प्रतिक्रिया हो । हाम्रो मन्त्रालय भनेको निजी क्षेत्रको प्यारेन्ट्स हो । हामीले काम गर्ने सिस्टम चेन्ज गर्यौं । दुई दिनमा काम गर्ने वातावरण बनायौं । बढिमा तीन दिनमा काम गरिदिनेगरि नयाँ प्रणालीले काम सुरु गर्यौं । नीति पनि त्यहीअनुसार बनायौं । सबै सचिव, सहसचिवले सहयोग गर्नुभयो ।’

उहाँले मलाई अहिले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, युवराज खतिवडाको पोष्टमा ल्याएर बसाउनुभएको छ । देशको विकास र समृद्धिको लागि के–के गर्न सकिन्छ ? म सँधैं गर्न तयार छु

कालो बजारी हुन दिएनौं

साक्षात्कारमा बोल्दै उनले कोभिड–१९ को महामारीको समयमा कुनै वस्तुको अभाव हुन नदिएको दावी गरे । उनले भने,‘हामीले प्याण्डेमिकको समयमा घर–घरमा खाद्यान्न पुर्यायौं । हामीले कालोबजारी हुन दिएनौं । राहत वितरणहरु पनि गर्यौं । हामी एक दिन पनि घरमा बसेनौं । रातदिन काम गर्यौं । प्रधानमन्त्रीज्यूले प्रमोट गरेर अहिले मलाई आँफैसँग राख्नुभयो । मैले गरेको कामको प्रशंसा गर्नुभयो । पफर्मेन्स राम्रो भयो भनेर भन्नुभयो । अहिले जुन जिम्मेवारी दिनुभयो, मैले यसलाई गम्भीर चूनौतिको रुपमा लिएको छु ।’

सल्लाहकार दुगडले कोरोना महामारीले गर्दा अर्थतन्त्र जर्जर भएको उल्लेख गर्दै यसलाई सुचारू गर्नुपर्ने चूनौति रहेको सुनाए । उनले भने,‘अहिले राजश्व घटेको छ । बेरोजगारी बढेको छ । नयाँ लगानी आएको छैन् । लगानी गर्न मान्छेहरु डराईरहको छन् । प्रधानमन्त्रीज्यू समृद्ध नेपाल बनाउन लाग्नुभएको छ । म पनि उहाँलाई कसरी सहयोग पुर्याउन सक्छु भनेर लागेको छु । म पारदर्शी व्यक्ति हुँ ।’

यो पनि पढ्नुहोस   काग्रेस अझै अनिर्णीत

समृद्धि निजी क्षेत्रको हातमा

उनले देशको समृद्धि निजी क्षेत्रको हातमा रहेको उल्लेख गर्दै निजी क्षेत्र समृद्ध हुनुपर्ने धारणा राखे । उनले भने,‘हामीले यसलाई विशेष प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्रको मनोबल गिर्न दिनुहुँदैन् । म पनि निजी क्षेत्रबाट आएको व्यक्ति हुँ । मलाई समस्या थाहा छ । राम्रो र सही काम गर्ने उद्योगी तथा व्यवसायीहरुाई अगाढि बढाउनुपर्छ । म आफ्नो भूमिकामा खरो उत्रिन्छु । म प्रधानमन्त्रीलाई पूरा सहयोग गर्नेछु । दक्ष जनशिक्तको अभाव हुन नदिई ठूला–ठूला परियोजना सम्पन्न गर्नुपर्छ । पुँजी त चाहिन्छ । पैसा खर्च हुनुपर्छ । पैसाको फ्लो बढ्छ । पुँजीको सर्कुलेशन हुनु बहुत आवश्यकत्ता छ ।’

उनले निजी क्षेत्रलाइ प्रोत्सहान, पुँजीगत खर्च बढाउने र विकास आयोजना अघि बढाउने आफूहरुको मुख्य योजना रहेको सुनाए । उनले भने,‘हामीसँग धेरै राम्रो फ्युचर छ । अहिले राजनीतिमा अलिकति तरलता आएको छ । यसले विकासमा कुनै अवरोध हुँदैन् । यो राजनीतिक तरलता भैरहन्छन् । यो नियमित प्रक्रिया हो ।’ प्रधानमन्त्री सजिलो व्यक्ति भएको भन्दै उनले प्रधानमन्त्रीले स्वेच्छाले ताजा जनादेशमा जान्छु भनेको बताए ।

उनले चुनावबाट कोही पनि डराउनु नहुने स्पष्ट पारे । उनले भने,‘आफ्नै साथीहरुले हठ प्रयोग गरेर । प्रममाथि विभिन्न चार्जहरु लगाईयो । बरु, उहाँले चूनौति दिनुभयो–एउटा पनि आरोप प्रमाणित गरे जस्तोसुकै सजाय भोग्छु भन्नुभयो । चार्ज लगाएरमात्रै हुँदैन् । त्यो प्रमाणित हुनुपर्यो । दुई तिहाईको सरकारलाई विस्थापित गर्न खोजियो । पाँच वर्षसम्म अध्यक्ष र पाँच वर्षसम्म प्रधानमन्त्री हुने सुविधा र बहुमत थियो, तर उहाँले चुनावमा जाने निर्णय गर्नुभयो । जनताको मत लिने कुरा त राम्रो हो ।’

उनले आफू पनि प्रधानमन्त्रीको साथमा उभिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाए । उनले भने,‘उहाँले मलाई अहिले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, युवराज खतिवडाको पोष्टमा ल्याएर बसाउनुभएको छ । देशको विकास र समृद्धिको लागि के–के गर्न सकिन्छ ? म सँधैं गर्न तयार छु ।’

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

साताका लोकप्रिय समाचार

‘आँधी तुफान २’ मा महिलाकाे द्वन्द

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा...

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

सरकार र विप्लव समुहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौँ । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीच दोस्रो चरणको वार्ता पनि बालुवाटार आजै सकिएको छ । आज बुधबार बिहान पहिलो चरणको...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

ट्रेन्डिङ

राहत कुर्दै पर्यटन व्यवसायी

पोखरा । लगातार लकडाउन ४० दिन नाघिसकेको छ । यसबीचमा नेपालको समग्र अर्थतन्त्र धराशयी बनेको छ । पोखराका पर्यटन व्यवसायीले भने आगामी आवको बजेटमा राहत...

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

पर्यटकको संख्या घट्यो

काठमाडौं । सरकारले वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित शुभारम्भ गरेको नेपाल भ्रमण वर्षको पहिलो महिना (जनवरी)मा नेपाल भित्रिने पर्यटकको संख्या घटेको...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

प्रदेश २ सरकारद्वारा २५ करोड रुपैयाँको राहत कोष स्थापना

जनकपुरधाम । कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन प्रदेश २ सरकारले २५ करोड रुपैयाँको राहत कोषको स्थापना...

अनुचित कार्य, भ्रष्टाचार र अम्बुड्सम्यान

सरकारका तीन अंगमध्ये कार्यपालिकाको अधिकार तुलनात्मक रूपमा बढी हुने र यसैबाट अधिकारको दुरुपयोग हुने भएकाले त्यसलाई नियन्त्रण गर्नका लागि राज्य संयन्त्र अत्यावश्यक हुन्छ ।...

बाँकेमा कोरोना संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु

राँझा । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका...

रातो मच्छिन्द्रनाथको जात्रा स्थगित

काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । यो जात्रा ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा हो । यो जात्राका लागि रथ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

पोखरा । प्रभु बैंक लिमिटेडले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज शुक्रबार एक...

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले...

सातामा ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १८ चलचित्र

काठमाडौं । नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ (नाफ २०२१) आगामी १२० वैशाखबाट १२ वैशाखसम्म काठमाडौंमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि...

धेरै पढिएका

मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको...

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)