दुई जना एसिडपीडित महिलालाई आयल निगमले दियो जागिर

काठमाडौँ । नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिने भएको छ । निगममले ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई सहायक स्तरमा करारमा नियुक्त गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले उनीहरुलाई निर्वाह खर्च पुग्ने गरी एक वर्षको करार गरेर निगमको काम काजमा खटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले दुवै जनालाई गत १६ पसुमा देखि निगमको कामकाजमा खटाउने गरी निर्णय भएको बताए । एसिड आक्रमणमा परेका दुबै जनाले आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएको हुँदा उनीहरु दुवै जनालाई निगमले निगमको कामकाजमा खटाउने निर्णय भएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

प्रवक्ता उपाध्ययका अनुसार उनीहरुलाई निगम सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्व कोषबाट तलब भत्ता दिइने छ । निगमका अनुसार उनीहरुमध्ये एक जनाले निगमको केन्द्रीय कार्यालय र एक जना भैरहवा डिपो कार्यालयमा काम खटाइने छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल