Monday, March 1, 2021
Home प्रदेश प्रदेश ३ कम्युनिष्टबाट संविधान सुरक्षित छैन : रामचन्द्र पौडेल

कम्युनिष्टबाट संविधान सुरक्षित छैन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफैंलाई प्रधानमन्त्री बनाएको संसदलाई भष्म गर्ने केपी शर्मा ओली भष्मासुर भएको बताएका छन । पार्टीले घोषणा गरेको संसद विघटन बिरुद्धको विरोध प्रदर्शन अन्तर्गत बिहिबार काठमाडौं १६ ले गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री ओली भष्मासुर भएको बताए ।

‘कम्युनिष्टलाई जनताले आर्शिवाद दिएर झण्डै दुई तिहाइ मत दिएर विश्वास गरे, त्यही मतबाट बनेको संसदबाट केपी ओली प्रधानमन्त्री बने, तर उनले आफैंलाई प्रधानमन्त्री बनाएको संसदलाई भष्म गरे, प्रधानमन्त्री ओली भष्मासुर रहेछन,’ नेता पौडेलले सम्बोधन गर्दै भने ।

उनले कम्युनिष्टहरुको हातबाट देश, लोकतन्त्र, विकास र संविधान सुरक्षित छैन भनेर विगतदेखि नै भन्दै आइरहेको र त्यो ओलीले प्रमाणित गरेको समेत बताए ।

‘कम्युनिष्टको हातबाट देश सुरक्षित छैन, लोकतन्त्र सुरक्षित छैन, विकास सुरक्षित छैन, संविधान पनि सुरक्षित छैन, यिनीहरु समस्या जन्माउन सक्छन, निकास दिन सक्दैनन, वितण्डा मच्चाउन सक्छन, निकास दिन सक्दैनन,’ पौडेलले भने ।
उनले संविधानमाथि र जनतामाथि घात गरेको र जनताको मतमाथि लात हानेको बताए ।

संविधानले कतै पनि प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको र प्रतिनिधि सभाले अर्को सरकार दिन नसकेको अवस्थामा मात्रै संसद विघटन हुने बताए ।

‘संसदले सरकार दिन नसके मात्र संसद विघटन हुन्छ, सरकार बनाउन सक्ने अवस्थासम्म संसद विघटन गर्ने व्यवस्था संविधानमा छैन, हामीले नै सहमतीबाट संविधान बनाएको हो, केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरे,’ पौडेलले थपे ।

यो पनि पढ्नुहोस   खोप अभियानलाई देशव्यापी बनाइँदै

उनले प्रतिनिधि सभा पुर्नस्थापना हुँदैन भनेर कार्यकारी प्रधानमन्त्रीले बोल्दै हिड्न नपाउने दाबी गरे । उनले अदालतले संविधानको अक्षर अक्षर हेरेर निणर्य लिने र जनता र लोकतन्त्रलाई न्याय दिने बताए । अदालतले धेरै पटक जनतालाई न्याए दिएकाले त्यो विश्वास कायम रहेको समेत उनले भनेका छन ।

नेता पौडेलले देशलाई अफगानिस्तान जस्तो बनाउँन दुनियाँको शक्ति चलखेलमा लागेको भन्दै कसैले पनि नेपालको हित विपरित गर्ने तर्फ नसोच्न समेत चेतावनी दिए । कार्यक्रममा कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जनताको संघर्षबाट प्राप्त अधिकारलाई सरकारले निस्तेज गर्दै सनक र दम्भका भरमा अघि बढेको र त्यसका बिरुद्ध शशक्त रुपमा उत्रने बताए ।

काठमाडौं १६ का वडा अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्रलाई बचाउन कांग्रेस बामपन्थिलाई ढालेर अघि बढ्ने बताए । उनले जनताको अदालतले गरेको निणर्य नै लोकतन्त्रमा बलियो हुने र संसद विघटनमा पनि जनअदालतले त्यो सन्देश दिइसकेको बताए ।

संसद विघटनका बिरुद्ध कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, २५ पुसमा ३३० प्रदेश निर्वाचन क्षत्रे, ३ माघमा ७५३ पालिका गर्दै ८ माघ अर्थात बिहिबार ६ हजार ७ सय ४३ वडाहरुमा संसद विघटनका बिरुद्ध विरोध कार्यक्रम गरेको हो । कांग्रेसले १३ माघमा बस्ने केन्द्रीय समिति बैठकबाट थप आन्दोलनका कार्यक्रम ल्याउने बताइएको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

साताका लोकप्रिय समाचार

सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार...

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

औद्योगिक क्षेत्रको उद्घाटनले मात्र नारा पूरा हुन्न

सरकार अहिले विभिन्न नारा लिएर सडकभरि पोखिन लागेको छ । त्सो त उसले देशको ६ स्थानमा औद्योगिक क्षेत्र उद्घाटनको नारा पनि अघि सारेको छ...

ट्रेन्डिङ

थप १७१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा...

क्वारेन्टिनका सामानसहित बाेकेर ४० जना भागे

 महाेत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित...

आज रानीपोखरीमा साढे ३ करोड लिटर पानी भरिँदै

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानीपोखरी पुननिर्माणसँगै आजबाट पानी भरीभराउ हुने भएको छ । पुनर्निर्माणअन्तर्गत पोखरी पिंधमा कालो माटो...

राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आज अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त...

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)

 
यो पनि पढ्नुहोस   कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेकी छन् । राष्ट्रपति भण्डारीले गत वर्ष वैशाख २० गते नै आगामी वर्षको...

म्याग्दीको रघुगंगामा एम्बुलेन्स दुर्घटना, चालक बेपत्ता

पोखरा । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा २, रिठेबोटमा एम्बुलेन्स दुर्घटना भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाबाट बिरामी लिन आउँदै गरेको ग१झ ३११ नम्बर एम्बुलेन्स...

कोरोना संक्रमण प्रभाव : सेना र प्रहरीको सुडान मिसन रोक्का

काठमाडौं । विश्वभर कोरोना संक्रमण फैलिँदै गएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त राष्ट्र संघअन्तर्गतको सुडान मिसन तत्कालका लागि स्थगित भएको छ । संयुक्त...

काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ६७४ कोरोना सङ्क्रमितको थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

धेरै पढिएका

तेस्रो टेस्टः इग्ल्यिान्डविरुद्ध भारतको सजिलो जीत

अहमदावाद । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले...

प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)