Saturday, February 27, 2021
Home प्रदेश प्रदेश ३ १७ नेपालीको शव लिन नेपाली जहाज मलेशिया उड्ने

१७ नेपालीको शव लिन नेपाली जहाज मलेशिया उड्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ ।

क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः४० बजे काठमाडौँ अवतरण गर्नेछ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्मु भएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याउन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।

उनले भने, ‘निगम राष्ट्रिय ध्वजाबाहक भएको नाताले मुनाफा वा फाइदा मात्रै हेर्न मिल्दैन, हामी नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ र छौँ ।’ निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गर्न लागेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।

यो पनि पढ्नुहोस   कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो । निगमले कोभिड–१९ महामारीको सङ्क्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

(Visited 50 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

साताका लोकप्रिय समाचार

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् । उनले भने, “सर्वोच्च अदालतको ऐतिहासिक...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

स्वास्थ्यका कार्यक्रम महत्वाकाक्षी, कार्यान्वयन सुस्त

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रम समेटिए पनि अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि...

कोरोनाका चार नयाँ भेरियन्ट फेला

 काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन...

तेस्रो टेस्टः इग्ल्यिान्डविरुद्ध भारतको सजिलो जीत

अहमदावाद । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले...

ट्रेन्डिङ

पूर्वप्रधानन्यायधिशको वक्तव्यप्रति सञ्चारमन्त्रीको आपत्ति

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधिशहरुले दिएको वक्तव्यप्रति आपत्ति जनाएका छन् । मन्त्री...

जोखिम बढ्न सक्ने भन्दै गृहमन्त्रालयबाट आयो यस्तो निर्देशन

काठमाडौं । गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना...

संखुवासभाको सिलिचोङमा पहिरोबाट १०४ घर विस्थापित

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोबाट १०४ घर विस्थापित भएका छन् । पहिरोका कारण –१ सिसुवामा पहिरोका कारण १०४ घर विस्थापित भएका छन् ।...

कोरोना कहरले उडायो दशैंको रहर

इलाम । ‘कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमा, कत्ति राम्री देखिन्छौँ बरिलै जमरा र रातो टिकैमा’ नेपाली चलचित्र मुगलानको यो गीत रेडियोमा...

उदयपुरमा कोरोनाविरुद्धको खोप स्वास्थ्य प्रमुख र मे.सु.बाट लगाउन सुरु

उदयपुर । कोभिड १९ बिरुद्धको खोप उदयपुरमा स्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदी र अस्पतालका मेडिकल सुपरटेड जीवनारायण मण्डलबाट सुरु गरिएको छ । पहिलो खोप सुवेदी...

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा...

हास्य अभिनेत्री भारती सिंह र उनका श्रीमान् पक्राउ

मुम्बई । भारतीय टेलिभिजन प्रसारणकी लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागू औषध प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ...

फेवा जलाधार क्षेत्रका वासिन्दाको माग : ताल जोगाउँदा हाम्रो उठीबास नहोस्

कास्की । पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रमा ‘सिल्टेसन ड्याम’ निर्माण भइरहेको छ ।
यो पनि पढ्नुहोस   कोरोना संक्रमण जोखिम कायमै
वर्षायाममा फेवाको मुहानबाट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

धेरै पढिएका

च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब...

प्रतिबन्ध फुकुवा गरे विप्लप वार्तामा बस्ने

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले शनिबार वक्तव्य...

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)