काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् ।
शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको सभामा बोल्दै उनले ओलीविरुद्ध उदाररुपमा प्रस्तुत हुनु आफूहरुको कमजोरी भएको बताए ।
सुरुदेखि नै केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपथ्र्यो, तर, सकिएन भन्दै आत्मालोचना गरे । ‘आज पार्टीभित्रका सहमति मात्रै होइन, देशको संविधान र लोकतान्त्रिक गणतन्त्रै नमान्ने काम भयो ।’ उनले भने ‘अब केपी ओलीलाई मात्रै दोष दिएर चोखै हुँदैनौं हामी । अब म जनतालाई साक्षी राखेर प्रतिज्ञा गर्छु कि अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने तर, प्रवृत्तिलाई अगाडि बढ्न दिने भुल गर्ने छैनौं ।’ ओलीले शान्ति प्रक्रिया समेत विघटन गर्न खोजेको उनको भनाई थियो ।