काठमाडाैं। युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा आजवाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ ।
ईन्टरटेन्टमेन्ट हाउसको निर्माणमा कान्तिपुर टेलिभिजनबाट कार्यक्रम प्रसारण सुरु गरिएको छ । हरेक दिन दिउँसो ३ वजेदेखी ४ बजेसम्म प्रसारण हुने कार्यक्रम शनिवार भने प्रसारण हुने छैन । कान्तिपुर टेलिभिजनबाट प्रसारण सुरु भएको यस कार्यक्रम हेर्दा लोक संगीतले अहिलेको दर्शक श्रोताहरुको मन जितेको सहजै अनुमान गर्न सकिन्छ ।
कार्यक्रमहरुको भिडमा अलि फरक शैलिमा यस कार्यक्रमको निर्माण भएको देखीन्छ । दोहोरी मात्रै नभएर लोक गीतलाई समेत विशेष प्रस्तुतिमार्फत प्रचार प्रसार गरि लोक तथा दोहोरी गीतलाई अझै माथि पु-याउन एउटा ईट्टा थप्ने काम गर्ने ईन्टरटेन्टमेन्ट हाउसका अध्यक्ष सहदेव कोईरालाले बताए । उनले भने ‘दोहोरी गीतका धेरै कार्यक्रमहरु अन्य श्रष्टा सर्जकका गीतहरु अनुमति विना गाई प्रतिलिपी अधिकार हनन भईरहेको अवस्थामा यस कार्यक्रममा भने सम्पुर्ण भाकाहरु नयाँ सुन्न पाईनेछ ।’
जसमा गाईने लोकगीत पुराना सर्जकको भएपनि उहाँहरुलाई यस कार्यक्रमको व्यवसायीक प्रयोजन भएवापत प्रतिलिपी अधिकार धनिलाई रोयल्टीको व्यवस्था गरेको समेत वताए । साथै यस कार्यक्रममा लोक तथा दोहोरी गीत मात्र नभई मनोरञ्जनको प्याकेज स्वरुप हाँस्यव्यङ्यको सम्मिश्रण समेत राखीएको उनले वताए ।
उद्घोषक मुना अर्याल र ममता गुरुङले सञ्चालन गरेको कार्यक्रममा एक लोक तथा दोहोरी गायकको कमेडी अवतार समेत कार्यक्रममा हेर्न सकिने छ । तिमी जस्ता तिघ्रे जोशमा होस गुमार तरुनी घुमार कति विग्रे विग्रे । भन्ने भाकामा हेर्नुस गायक प्रदिप रोका र गायीका देवी आलेको आरोप प्रत्यारोको घमासान दोहोरी ।