Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home अर्थ ६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
[adrotate group="3"]

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

निर्यातमा सुधार, आयातमा कमी

[adrotate group="30"]
[adrotate group="31"]

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रतिशतले आयात घटेको छ भने निर्यात ६ दशमलव १४ प्रतिशतले बढेको हो । सो अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोडबराबरको विदेशी वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ ।

निर्याततर्फ ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको मात्र स्वदेशी वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाखबराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार यस वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत छ ।

गत वर्ष आयाताको हिस्सा ९२.३८ प्रतिशत थियो भने निर्यातको हिस्सा ७.६२ प्रतिशत थियो । भन्सार विभागका अनुसार पहिलो छ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

विभागको तथ्यांकअनुसार ६ महिनामा ७ खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापार हुँदा सो रकमको व्यापार घाटा भएको हो । भन्सार विभागका अनुसार पहिलो ६ महिनामा सबैभन्दा बढी भारतसँग व्यापार घाटा रहेको छ ।

भारतसँग मात्रै ३ खर्ब ९५ अर्ब ३० करोड २६ लाख २६ हजार रुपैयाँको व्यापार घाटा छ । भारतबाट गत छ महिनामा ४ खर्ब ३८ अर्ब ८२ करोड ९७ लाख ८ हजार रुपैयाँको आयात भएको छ भने ४३ अर्ब ५२ करोड ७० लाख ८२ हजार रुपैयाँको निर्यात भएको छ । चीनसँग पनि ९५ अर्ब ८१ करोड ७४ लाख २२ हजार रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।

तथ्यांकअनुसार यस वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ

चीनबाट यस अवधिमा ९६ अर्ब ३२ करोड ५२ लाख ८३ हजार रुपैयाँको आयात भएको छ भने निर्यात ५० करोड ७८ लाख ६१ हजार रुपैयाँको भएको छ । त्यस्तै अर्जेन्टिनाबाट १५ अर्ब ३० करोड रुपैयाँको आयात हुँदा ४ लाख २५ हजार रुपैयाँको मात्र निर्यात भएको तथ्यांकले देखाउँछ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुलुकबाट ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब ४ करोड र असोज महिनामा १ खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो ।

यसैगरी कात्तिकमा १ खर्ब १० अर्ब २२ करोड, मंसिरमा १ खर्ब २३ अर्ब १ करोड र पुसमा सबैभन्दा धेरै १ खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तु आयात भएको छ । छ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । ६ महिनामा ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको छ ।

हालसम्म विभागले १ खर्ब ८७ अर्ब राजस्व संकलन गरिसकेको छ । यस वर्ष विभागले ४ खर्ब ४० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

विभागका अनुसार नेपालबाट बाहिर निर्यात भएको पहिलो सूचीमा भटमासको तेल रहेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १७ अर्ब ३ करोड ३३ लाख ४० हजार रुपैयाँको प्रशोधित सोयाबिन तेल निर्यात भएको छ । विभागका अनुसार ११ करोड ५६ लाख ४४ हजार ७ सय ७६ केजी सोयाबिनको तेल निर्यात भएको छ । विभागका अनुसार यो सबै तेल भारतमा निर्यात भएको हो ।

गत मंसिरसम्म १३ अर्ब ५० करोडको सोयाबिन तेल निर्यात भएको थियो । सोअनुसार पुसमा मात्र झन्डै ४ अर्बको सोयाबिन तेल निर्यात भएको देखिन्छ । त्यसपछि ३ अर्ब ७८ करोडको अलैंची, २ अर्ब ५२ करोडको कालो चिया र १ अर्ब ८८ करोडको गलैंचा निर्यात भएको छ ।

गत आवमा नेपालदेखि पाम ओइल सबैभन्दा बढी निर्यात हुन्थ्यो । तर यस वर्ष भने सोयाबिन तेल निर्यात बढी भएको छ ।

भारतले गत वैशाखदेखि पाम ओइल प्रतिबन्ध लगाएपछि अहिले यसको निर्यात हुन सकेको छैन । त्यसपछि नेपालमा पाम ओइलको व्यवसाय गर्दै आएका व्यवसायीले सोयाबिन तेलको उत्पादन बढाएका छन् ।
यसबीचमा सबैभन्दा धेरै ३२ अर्ब ९३ करोड रुपैयाँको डिजेल आयात भएको छ । त्यसपछि २९ अर्ब ६६ करोड रुपैयाँको फलाम तथा स्टिल, २० अर्ब रुपैयाँको मोबाइल, करिब १८ अर्बको कच्चा भटमास, १४ अर्ब ३ करोडको एलपीजी ग्यास आयात भएको भन्सार विभागले जनाएको छ ।

एफआईयू–भन्सार विभाग सहकार्य
वित्तीय जानकारी इकाइ (एफआईयू) र भन्सार विभागबीच सहकार्य सम्झौता भएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी एवं आम विनाशकारी हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानीविरुद्ध लड्न समझदारी कायम गर्ने उद्देश्यले एफआईयू र भन्सार विभागबीच सम्झौता भएको हो ।

अब भन्सार नाकामा जफत तथा सजाय गरिएको मुद्दाको विवरण भन्सार विभागले निर्दिष्ट ढाँचामा भरेर वित्तीय जानकारी इकाइमा पठाउनेछ । भन्सार विभाग वा अन्तर्गतका कार्यालयले कानुनबमोजिम माग गरेको विवरण एफआईयूले उपलब्ध गराउनेछ । यी निकायबीच आपसी सहयोग तथा समन्वयका लागि एक संयुक्त समन्वय समिति पनि गठन गरिने भएको छ ।

[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

मिस्टर एन्ड मिस रौनियारका प्रतियोगीको प्रतिभा प्रस्तुति

काठमाडौं । दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगी यतिबेला विभिन्न अभ्यासमा छन् । यसै क्रममा उनीहरूले शनिबार बेलुका ट्यालेन्ट सोअन्तर्गत आफ्नो...

अधिकांश प्रयोगशालाबाट हुनै छाड्यो कोरोना परीक्षण

काठमाडौं । देशभर रहेका अधिकांश प्रयोगशालाबाट कोरोना परीक्षण हुनै छाडेको छ । कोरोना भाइरस परीक्षण गर्न तोकिएका ८३ प्रयोगशालामध्ये पछिल्लो २४ घण्टामा ३८ प्रयोगशालाबाट...

संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौं । पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोधपछि बैठक बुधबारसम्मका लागि स्थागित भएको छ । संवैधानिक परिषद्को काम, कार्यव्य र...

जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा...

प्रमुख आयुक्त राईद्धारा दोहोरो सुविधा नलिने घोषणा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमुख आयुक्त पदमा रहदा सम्म आफुले राज्यबाट कुनै प्रकारको दोहोरो सुविधा नलिने घोषणा गरेका...
[adrotate group="34"]

साताका लोकप्रिय समाचार

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले आज दिउँसो ३...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

ट्रेन्डिङ

कोरोना संक्रमित २ महिने शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य

वीरगन्ज । पर्सामा कोरोना संक्रमित भई उपचार गराइरहेका दुई महिनाकी शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ७१...

दोस्रो पटकको परीक्षणमा पनि ट्रम्पमा देखिएन कोरोना भाइरस

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ...

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

बागमति प्रदेश सरकारद्वारा दुईवटा आइसोलेशन वार्ड स्थापना

मकवानपुर । नोबल कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा बागमति प्रदेश सरकारले मकवानपुर र चितवनको दुईवटा सरकारी अस्पतालनमा सुविधा सम्पन्न आइसोलेशन वार्ड...

आमाको अन्त्येष्टिमा जान पाएन अभिनेता इरफान

मुम्बई । बलिउड अभिनेता इरफान खानलाई मातृशोक परेको छ । भारतमा कोरोना संक्रमणका कारण जारी लकडाउनले गर्दा उनले आमाको अन्यष्टिमा सहभागी हुन पाएका छैनन्...

भारतबाट भित्रिएका तीन जनामा आरडिटी पोजेटिभ

राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ । जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६...

अग्रवाल ठगी प्रकरण :अनुसन्धान प्रभावित पार्न शक्तिकेन्द्रको दौडधुप

काठमाडौं । कोरोना संक्रमणको त्रास बढेका बेला थर्मल गनको कालोबजारी गर्दै गर्दा पक्राउ परेका व्यापारी सुलभ अग्रवालमाथिको मुद्दा कमजोर बनाउन प्रहरीमाथि शक्ति...

बाइकमा गुड्दा गुड्दै पक्राउ परे अन्सारी

वीरगन्ज । सुन्धाराको ‘सुनकाण्ड’ अर्थात् स्कार्पियोबाट फालिएको झोला बरामद भएपछि फरार मुख्य योजनाकार भनिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । उनलाई बारा प्रहरीको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन्

एजेन्सी । बलिउड फिल्म उद्योगमा केही महिला यति धेरै प्रभावशाली छन् । जसको फलोअर्स तीन खानको भन्दा पनि बढी छ । यी महिलाहरुले पुरुष...

अनमोलको कपालका कारण वैशाखमा पुग्यो ‘पारस’

काठमाडौं । अनमोल केसीको चलचित्र ‘पारस’को छायांकन सुरु नहुँदै सरेको छ । यो फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु गरिने भन्दै यसका निर्माता भुवन...

म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको...

पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला...
[adrotate group="38"]

धेरै पढिएका

मधानी महायज्ञ विशेष समारोहको तयारी पूरा

गौर । रौतहटको मौलापुरमा हुने ‘मधानी महायज्ञ विशेष समारोह २०७७’ को तयारी पुरा भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको...

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १८ चलचित्र

काठमाडौं । नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ (नाफ २०२१) आगामी १२० वैशाखबाट १२ वैशाखसम्म काठमाडौंमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि...

सुरक्षा ‘थ्रेट’प्रति सतर्कता जरुरी

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै आफूमाथि ‘सुरक्षा थ्रेट’ आएको भन्ने अभिव्यक्ति दिएपछि सिंगो देशको सुरक्षा व्यवस्थाको विषयलाई लिएर चिन्ता छाएको छ । तर,...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?