कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सांकेतिक तस्वीर

नवलपुर । पूर्वी नवलपरासीको कावासोती ८ खर्कटा जंगलमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ ।

नवलपुर प्रहरीका अनुसार गएराति उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जनाको निधन भएको हो ।

दुर्घटनामा परी कावासोती ३ निवासी २४ बर्षीय हेमराज थापा र कावासोती ८ निवासी २६ बर्षीय सुनिल जैसवालको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

दुर्घटना परी गम्भीर घाईते दुवैलाई प्रहरीले उद्दार गरी उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी