Saturday, February 27, 2021
Home प्रदेश प्रदेश ३ एक्ली छोरी एलिशालाई १४ वर्षमै ब्लड क्यान्सरले सताएपछि...

एक्ली छोरी एलिशालाई १४ वर्षमै ब्लड क्यान्सरले सताएपछि…

काठमाडौं । कान्ति बाल अस्पताल बाहिर आफ्नी छोरीको सुस्वास्थ्यको कामना गर्दै बसिरहेका छन् एक दम्पत्ती । रक्तक्यान्सरबाट पीडित छोरी अस्पतालको आइसियूमा उपचाररत छिन् ।

पछिल्लो ९ दिनदेखि एक्ली छोरीको उपचारमा जुटेका यी श्रीमान् श्रीमतीको भोकप्यास सबै हराएको छ । केबल उनीहरूको कामना, प्राथना आफ्नी छोरीको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने छ ।

रामेछापको दोरम्बाकी १४ एलिशा थापा मगरका मातापिता निकै ठूलो तनावमा छन् । कृष्णबहादुर थापा मगर र दीपा थापा मगरकी एउटै छोरी हुन् एलिशा । उनलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

ट्याक्सी चालक कृष्णबहादुरमाथि परेको विपत्ति

कृष्णबहादुर र दीपाकी एक्ली छोरी एलिशा परिवारको सम्पूर्ण खुशी हुन् । छोरीका लागि आमाबुवा पनि संघर्ष गरिरहेका छन् । कृष्णबहादुर ट्याक्सी चलाएरै भए पनि श्रीमती र छोरीलाई खुशी राख्ने प्रयासमा हुन्छन् ।

तर, एकाएक उनीहरूमाथि नसोचेको तनाव आइपरेको छ अहिले । सामान्य आर्थिक हैसियतका कृष्णबहादुर र दीपाले छोरीको उपचारमा आफूसँग भएको सम्पूर्ण रकम खर्च गरिसकेका छन् ।

दिउँसो प्रहरी कार्यालयमा कार्यालय सहयोगीको काम गर्ने कृष्णबहादुर रातको समयमा भाडाको ट्याक्सी चलाउँछन् । एलिशाको अवस्था दिनदिनै जटिल बन्दै गएको छ ।

‘तनाव हुन्छ, चिन्ता हुन्छ नि, एक मात्रै सन्तान, पढाएर ठूलो मान्छे बनाउने कत्रो सोच थियो छोरीलाई रोगले सतायो, उनी अहिले अस्पतालको बेडमा पुगिन्,’ यति भनिसकेपछि कृष्णबहादुरले लामो स्वास फेरे ।

२०६२ साल साउन २१ गते जन्मिएकी एलिशालाई असोजमा क्यान्सरको लक्षण देखा परेको हो । दशैंको समयमा एलिशालाई सामान्य गलफुलो देखा परेको थियो ।

त्यसपछि ज्वरो आउने, टाउको दुख्ने हुँदै गयो । एलिशाको शरीर कमजोर र छाला सेतो हुँदै गयो र, उनी दुब्लाउँदै गइन् । कृष्णबहादुरले एलिशालाई उपचारका लागि कान्ति बाल अस्पताल लगे ।

अस्पताल लगेपछि डाक्टरहरूले रगतमा इन्फेक्सन भएको हुन सक्ने आशंका गरेर रगत जाँच गर्न लगाए । एलिशाको रिर्पोट लिन कृष्णबहादुर एक हप्तापछि अस्पताल गए ।

यो पनि पढ्नुहोस   कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

एलिशाको घाँटीको घाउँ निको भएन । झन पाक्दै गएको थियो । त्यसैले एलिशाको रगत परीक्षणका लागि भारत पठाउन डाक्टरले सुझाव दिए ।

२८ हजार ८ सय रुपैयाँ खर्च गरेर भारतमा रगतको स्याम्पल पठाइयो । एलिशाको रगतको रिपोर्ट ११ दिनमा आयो अनि ब्लड क्यान्सर भएको थाहा भयो ।

एलिशालाई ए लेबलको ब्लड क्यासर भएको रहेछ । यो खबरले उनका अभिभावकलाई असह्य पीडा दियो । एलिशाको उमेर कम भएकाले समयमै उपचार पाएमा निको हुने डाक्टरको भनाईले उनीहरूलाई केही सान्त्वना मिल्यो ।

यसअघि पनि कान्ति बाल अस्पतालबाट केही बालबालिकाहरू क्यान्सर निको भएर घर फर्किएको केश पनि रहेको डाक्टरले बताएका कृष्णबहादुरले जानकारी दिए ।

एलिशाको उपचार खर्च १० लाख रुपैयाँ पुग्ने कृष्णबहादुरले बताएका छन् । अहिलेसम्म ३ लाख ५० रुपैयाँ खर्च भइसकेको छ । जसमा सरकारका तर्फबाट प्राप्त १ लाख रुपैयाँ बराबरको औषधि पनि सामेल छ ।

‘मामासँग एक लाख रुपैयाँ ऋण लिएर छोरीको उपचारमा खर्च गरेको छु, अरु पैसा जुटाउने कोसिसमा छु,’ कृष्णबहादुरले भने।

एलिशालाई कृष्णबहादुरले भक्तपुरस्थित साँगा बोर्डिङ स्कुलमा होस्टल राखेर पढाउँदै आएका छन् । उनी कक्षा ९ मा अध्ययन गर्छिन्। कृष्णबहादुर र दीपा वसन्तपुरमा भाडामा बस्छन्।

कृष्णबहादुर न्यूरोड, विशालबजारस्थित प्रहरी कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्छन्। उनले त्यहाँबाट एक लाख २० हजार रुपैयाँ सहयोग प्राप्त गरेका छन्।

प्रहरी कार्यालयमा कार्यरत कृष्णबहादुरलाई काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूबाट पनि आर्थिक सहयोग उठाएर दिने बताइएको छ ।

एलिशाको एक पटक किमो गरिएको छ । अढाई महिनामा उनलाई सेतो रगत ७ पाउण्ड र रातो रगत ९ पाउण्ड चढाइसकिएको छ । कान्ति बाल अस्पतालको आइसियूको बेड नम्बार ३०५ मा एशिला उपचाररत छिन् ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

साताका लोकप्रिय समाचार

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

तेस्रो टेस्टः इग्ल्यिान्डविरुद्ध भारतको सजिलो जीत

अहमदावाद । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले...

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

ट्रेन्डिङ

उपराष्ट्रपतिकी श्रीमती पक्राउ

हरारे । मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ परेकी छिन् । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेङगाकी श्रीमतीलाई पक्राउ गरिएको जिम्बाबेको भ्रष्टाचार विरुद्धको...

‘विदेशबाट आउँदैमा कोरोना लागेको हुँदैन’

ललितपुर । सहरबजारमा मात्र नभई ललितपुरका गाउँघरमा पनि विदेशबाट आएकाहरू देख्नेबित्तिकै स्थानीय झस्कने गरेका छन् । बाग्मती गाउँपालिकाका विभिन्न गाउँका बासिन्दामा ‘विदेशबाट...

बेसहाराको सहारा बन्दै ‘भोर जनकपुर’

सर्लाही । सर्लाहीमा रहेको एक गैर सरकारी संस्था बेसाहारा परिवारको सहारा बन्दै गएको छ । ‘भोर जनकपुर’ नामक संस्थाले १...

आहा, त्यो दसैं ! यो दसैं

करिब एक महिनाअघि नै दसैंको ‘ह्याङ’ले छोइसकेको हुन्थ्यो । बिहानीले नै दसैं आएको छनक दिन्थ्यो । ‘आमा दसैं आउन लाग्यो है !’ आमासँग बिहान...

सिरहामा निषेधाज्ञा १२ दिन थपियो

लहान । सिरहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन...

चाबहिल चोकका खाल्टा खुल्टी (फोटोफिचर)

काठमाण्डौ । भत्केको र खाल्टा खुल्टी चाबहिल चोकको पहिचान जस्तै भैसक्यो । हिँउदमा धुलो वर्खामा हिलो विशेषता नै बनेको छ । काठमाडौंका सडक मध्ये...

आयोवा प्रारम्भिक चुनाव : पिट बुटिगिग र बर्नी स्यान्डर्सको अग्रता

आयोवा । अमेरिकी डेमोक्रयाटिक पार्टीको आयोवा राज्यमा भएको चुनावी प्रतिस्पर्धामा पूर्वमेयर पिट बुटिगीग र सिनेटर बर्नी...

यस कारण विदेशबाट हुने उद्धार उडान स्थगित

काठमाडौँ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

धेरै पढिएका

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः कांग्रेस

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले...

सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार...

वार्ताका लागि ‘विप्लव’ तयार, सरकारले प्रतिबन्ध हटाउने

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएको छ । सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाउने आश्वासन...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)