Monday, July 26, 2021
Homeबिचारराजनीतिक सामग्री बनेको कोरोना खोप

राजनीतिक सामग्री बनेको कोरोना खोप

,
sharethis

कोरोनाको महामारीलाई नेपाललगायत विश्वव्यापी नै एकदम गम्भीर रूपमा हेरिएको छ । विगत १ वर्षदेखि धेरै गतिविधि ठप्प भएकाले खोपलाई विश्वले अँध्यारो गुफाको एक छेउमा देखिएको उज्यालोको रूपमा हेरेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको खोपको ९५ प्रतिशत मात्रा विश्वका १० मुलुकमा सीमित रहेको जनाएको छ । अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटाली, रुस, जर्मनी, स्पेन र क्यानाडाले ९५ प्रतिशत खोपमा कब्जा जमाएका छन् । विश्वभर ३ करोड २० लाख खोप प्रयोगमा आइसक्दासम्म यिनैको कब्जामा छन् ।

नेपालका प्रधानमन्त्री सबैलाई निःशुल्क लगाउने तथा स्वास्थ्यमन्त्रीले ४० प्रतिशत लक्षित वर्गलाई निःशुल्क खोपपछि निजीलाई खुला गर्ने बताएका छन् । खोप लगाउन सुरु गर्ने दिनमा पनि आआफ्नै मिति छ । प्रधानमन्त्री माघ १४ भन्दै छन् भने स्वास्थ्यमन्त्री १४ देखि १८ गते तथा स्वास्थ्य सचिव १५ दिनभित्र अर्थात् २५ गते पहिल्यै हुने बताइरहेका छन् । तसर्थ, विश्वका साथै नेपालमा कोभिड खोप स्वास्थ्य सामग्रीभन्दा राजनीतिक सामग्री र मुद्दा बनेको छ ।

प्रायः खोप बन्न १० वर्ष र सफलता हेर्न ५ वर्ष लाग्ने गरे पनि कोरोनामा १ वर्षमै खोप बनेका छन् । ल्याबमा भाइरस कमजोर बनाउने, मार्ने वा भाइरसको अंश उत्पादन गरेर निर्माण गर्दा १० वर्ष लाग्ने गरेकोमा कोरोनामा भाइरसको स्पाइक प्रोटिन र आरएनएमा आधारित भएर कोषमा जेनेटिक इन्सट्रक्सन लागू गरी बनाइएको छ । स्पाइक प्रोटिनको पत्ता चीनका प्राडा झाङ योङजेन समुहले गरेको थियो । प्राकृतिक संक्रमणबाट देखापर्ने जोखिमभन्दा खोपको प्रयोगबाट धेरै नै कम जोखिम देखापर्ने हुन्छ । कोभिड भइसकेकालाई पहिले भइरहेका इम्युन रेस्पोन्सलाई अझ अभिवृद्धि गर्न खोप सुरक्षित र एकपटक कोभिड भइसकेको व्यक्तिका लागि सम्भवत झनै फाइदाजनक हुन्छ । तर, संवेदनशील व्यक्तिको तुलनामा धेरै हतार गर्न पर्दैन । त्यसैले, सीडीसीले कोरोना निको भएर ९० दिन निकटका भन्दा नभएकालाई प्राथमिकतामा राखेर खोप लगाउन सुझाव दिएको छ ।

नेपालका प्रधानमन्त्रीले सबैलाई निःशुल्क लगाउने तथा स्वास्थ्यमन्त्रीले ४० प्रतिशत लक्षित वर्गलाई निःशुल्क खोपपछि निजीलाई खुला गर्ने बताएका छन्

खोपले संक्रामक तत्वलाई नष्ट, संक्रामकविरुद्ध एन्टिबडी उत्पादन र भविष्यमा संक्रामक तत्व आए पहिचान र नष्ट गरी रोगविरुद्ध काम गर्दछ । सीडीसीका अनुसार खोप लगाएको १४ दिनपछि एन्टिबडी बन्न थाल्छ र हरेक महिना फ्लुविरुद्धको खोपको असर ६ देखि ११ प्रतिशतसम्म कम गर्छ ।

अक्सफोर्ड र एस्ट्राजिनका खोप–कोभिसिल्ड : भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियाले ५ करोड बढी उत्पादन गरिसकेको र थप उत्पादन गरिरहेको जुन आइसीएमआरको सहायतामा तेस्रो चरणको परीक्षणमा रहेको कोभिसिल्ड नामक कोरोना खोपलाई आपतकालीन प्रयोगको ससर्त अनुमति औषधि व्यवस्था विभागले २०७७ माघ २ गते दिएको छ । कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप हो ।

जसलाई बेलायत र भारतले आपत्कालीन प्रयोगको अनुमति दिइसकेको छ । मांसपेसीमार्फत ०.५ एमएल, २ डोज पहिलो लगाएको ४ देखि १२ हप्तामा दोस्रो मात्रा दिनुपर्ने र यो खोप भण्डारण र परिवहन गर्दा २ देखि ८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ । यस तापक्रममा खोप नखोलिकन ६ महिनासम्म राख्न सकिन्छ । मल्टिडोज भएको खोपको सीसी खोलेपछि लगाउने क्रममा २ देखि २५ डिग्री सेन्टिग्रेडमा राख्न सकिन्छ तर सीसी खोलेको ६ घण्टाभित्र लगाइसक्नुपर्छ । पहिलो डोज दिएको दुई सातापछि खोपले काम गर्न थाल्छ र दोस्रो मात्रापछि लामो समयसम्म काम गर्छ तथापि एक वर्षपछि पुनर्मूल्यांकन गर्नपर्छ ।

साइड इफेक्ट : खोपको प्रतिकुल प्रतिक्रियाहरूमा सुई लगाएको स्थानमा संवेदनशील, पीडादायक–६० प्रतिशत, लगाएको ठाउँमा दुखाइ, टाउको दुख्ने र थकान–५० प्रतिशत, मांसपेसी दुखाइ–४० प्रतिशत, हल्का ज्वरो–३० प्रतिशत र हाडजोर्नी दुख्ने, बान्ता हुने–२० प्रतिशतमा देखिएको छ । अधिकांश हल्कादेखि मध्यम खालका प्रतिक्रिया केही दिनमै सन्चो भएका थिए । ६५ वर्ष वा बढी उमेरकामा हल्का प्रतिक्रिया र परीक्षणकालमा भाग लिएका ३५.६५ प्रतिशत पहिलेदेखि नै मुटु, श्वासप्रश्वास, मधुमेहलगायतका भएकाले उनीहरूलाई दिन अनुकूल छ ।

खोपपछि शरीरमा प्रतिरक्षा प्रणाली सक्रिय भई एन्टिबडी उत्पादन सुरु हुँदा ज्वरो, पखाला, खोप लगाएको ठाउँमा दुख्ने कारण थकान, कमजोरी महसुस भएको हुन सक्छ । यस्ता स्वास्थ्य समस्या खोपले काम गर्न थालेको प्रमाण हो र केही समयको अन्तरालमा आफैँ ठीक हुन्छन् । तथापि, सिटामोल खान सकिने सल्लाह छ । कडा प्रतिकूल घटना २ प्रतिशत कममा देखिन सक्ने प्रक्षेपण छ ।

नेपालमा तीव्र प्रतीक्षा गरिएको खोपबारे अन्योल चिर्दै भारतबाट पहिलो खोप ल्याएपछि कुनै नेपालीले खोपको अभावमा असुरक्षित महसुस गर्नपर्ने अवस्था छैन

प्रभावकारिता : हरेक खोपको प्रभावकारिता देश, समाज, जिन, लिंग आदिअनुसार फरक भएको पाइन्छ । त्यस्तै, भण्डारण उपयुक्त नभएर तथा भए गरेका खोपमा कुनै पनि खोपको ट्रायल नभएकाले धेरै खर्च गरी ल्याउन लागिएको खोप नेपालमा कति प्रभावकारी होला ? भन्ने प्रश्न पनि त्यत्तिकै तेर्सिरहेको छ । भारतमा ट्रायल तथा उत्पादन भएको आर्य अर्थात् तराई र पहाडका बासिन्दा तथा चीनको खोप हिमाल वा मंगोल जातिमा प्रयोग गर्दा प्रभावकारी हुन सक्छ ।

पहिलो लकडाउनका बेला ९९ प्रतिशत लक्षणविहीन र हालसम्म पनि लक्षणविहीन अर्थात् समुदायमा गरिएको परीक्षणमा १३ प्रतिशतमा पोजेटिभ देखिएको छ । संक्रमण सर्ने बढी यस्तै लक्षणविहीनले गरेका छन् । हालका खोप लक्षणविहीनमा कस्तो प्रभाव पर्छ भन्नेमा खोज भएको छैन । संक्रमण नभएका वा कोभिड–१९ उपचार गरिसकेकालाई खोप ट्रायलमा समावेश गरिएको छैन र खोप लगाउँदा सकारात्मक वा नकारात्मक कस्तो नतिजामा बोलिएको छैन ।

संक्रमित भए/नभएको आधारमा खोप दिने भए सर्भे जरुरी पर्छ । जोखिम समूहमा दीर्घरोग भए, गर्भावस्थामा, सुत्केरीमा ट्रायल भएकै छैन । खोप कूटनीतिको दबाब त्यस्तै छ । त्यसैले होला समस्या आइपरे कानुनी मुद्दा खेप्न नपरोस् भन्दै छन् । तसर्थ, खोपको प्रभावकारिता, आर्थिक अवस्था, भौतिक संरचना, भौगोलिक अवस्था आदिलाई मध्यनजर गरी खोप छनोट र प्रयोगको बहसलाई तीव्रता दिई निक्र्याेल गरिनुपर्छ ।

खोपको न्यायोचित वितरण : पहिलो स्वास्थ्यकर्मी तथा सामाजिक कार्यकर्ता जुन ३ प्रतिशत अर्थात् ९ लाख ११ हजार ३ सय ४२ छन् । दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका दीर्घरोगी १२.२९ प्रतिशत अर्थात् ३७ लाख ३३ हजार ४ सय ६३ जना छन् भने क्रमशः तेस्रो ४० देखि ५४ वर्षका दीर्घरोगी ३.६८ प्रतिशत अर्थात् ११ लाख १७ हजार ९ सय १२ छन्, चौथो वरीयताका माइग्रेन्ट वर्कर १ प्रतिशत वा ३ लाख १२ हजार ८ सय ९४ छन् ।

जुन कोभ्याक्स सुविधामार्फत आउने २० प्रतिशत हो र अन्य पाँचांैपछिका नेपाल सरकारले खरिद गर्ने योजनाका थिए तर भारतबाट अनुदानमा आएपछि पहिलो प्राथमिकताकालाई यो खोप दिइँदै छ । पाँचांैमा ४० देखि ५४ वर्ष उमेर समूहका ९.५५ प्रतिशत अर्थात् २९ लाख २ हजार १ सय ४ छन भने छैठांै अर्थात् अन्तमा १५ देखि ३९ वर्ष उमेर समूहका ४२.५५ प्रतिशत अर्थात् १ करोड २७ लाख ८० हजार ४८ छन् । २ मात्राको र १० प्रतिशत खेर जान सक्ने तथ्यसहित खोपको मात्रा निर्धारण गरिएको छ ।

खोप लगाउने सन्दर्भमा नागरिक सचेतना र न्यायपूर्ण वितरण पनि आवश्यक छ । एलर्जी, ज्वरो, रगतसम्बन्धी रोग, पहिला कोरोनासम्बन्धी कुनै खोप लिएका, १८ वर्षमुनिको उमेर, गर्भाधारणको योजना बनाएका, स्तनपान गराइरहेका, रगत पातलो बनाउन औषधि लिइरहेका र रोग प्रतिरोध क्षमता बढाउने औषधि लिइरहेका तथा गर्भवतीले कोभिसिल्ड खोप लगाउनुहुँदैन । तथापि, स्वास्थ्यकर्मीको हकमा जोखिमको तुलना गरी दिन सकिन्छ । पहिलो मात्रा लगाएपछि समस्या देखिए दोस्रो मात्रा लगाउनुहुँदैन ।

अन्तमा, मित्रराष्ट्र भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख मात्रा खोप माघ ८ गते बिहान काठमाडांै आइपुगेको छ । भारतले माघ ७ गतेदेखि छिमेकी देशहरूलाई अनुदानमा खोप दिन थालेअनुसार नेपालमा आएको हो । खोपका लागि आवश्यक पर्ने पानीसहितको प्याकेज पठाएकाले नेपालले थप तयारी गर्नपर्ने अवस्था छैन ।

नेपालमा तीव्र प्रतीक्षा गरिएको खोपबारे अन्योल चिर्दै भारतबाट पहिलो खोप ल्याएपछि कोभ्याक्सको पनि खोप आउँदा अब कुनै नेपालीले खोपको अभावमा असुरक्षित महसुस गर्नुपर्ने अवस्था छैन । यो अनुदान, सहयोग र प्रतिबद्धता कुनै नेता, प्रधानमन्त्रीभन्दा पनि एकातिर जनताको सम्बन्धले आएको देखिन्छ भने अर्काेतिर खुला सीमाका कारणले भारत आफू सुरक्षित रहन पनि देखिन्छ ।

(Visited 141 times, 1 visits today)
Loading comments...

आजको समाचार

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

साताका लोकप्रिय समाचार

अन्योलमा कांग्रेस महाधिवेशन, तल्ला तहका अधिवेशन स्थगित

  काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार घोषित तल्ला तहका सबै अधिवेशन स्थगित भएको छ । तल्ला तहका अधिवेशन स्थगित...

समाजवादको आधार निर्माण : संस्थान निजीकरण होइन सुदृढीकरण

  समाजवादमा जान सार्वजनिक उद्यम नभई हुँदैन । संविधानमा राज्यका निर्देशक सिद्धान्तमा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको...

रोगको डरले घर, भोकको डरले भारत

  धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का अम्मरबहादुर न्यौपाने भारतमा चौकीदारी गर्छन । भारतमा कोरोनाको दोस्रो लहर चलेपछि उनी घर फर्किएका थिए । अहिले...

माधव नेपालको घरमै पुगेर युवा संघले जलाए पुत्ला

रौतहट । एमाले नेता माधव कुमार नेपालको बिरोध गदै मंगलबार नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकताहरुले रौतहटको चन्द्रनिगाहपुरमा रहेको घर अगाडी पुत्ला दोहन...

मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन

  कञ्चनपुर । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा...

ट्रेन्डिङ

बजार अनुगमनमा तीव्रता देऊ

नेपालीको रमाइलो चाड तिहार आउँदै गर्दा बजारमा अराजकता र मनोमानी देखिएको छ । वस्तुभाउको मूल्य छोइनसक्नु गरी उकालो लागेको छ । उही सामानको मूल्य...

उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ

काठमाडौं । गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)