मेयर कप फुटबल सुरु

सिन्धुली । कमलामाई नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कपम फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता कमलामाई नगरपालिका–६ को खुलामञ्चमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कमलामाई नगरपालिका–१३ र १ ले विजयी सुरुवात गरेको छ ।

१३ ले वडा नम्बर ७ माथि ४–२ को जित निकाल्दा वडा नम्बर १ ले १४ माथि ४–२ कै जित निकाल्यो । प्रतियोगिताको कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले उद्घाटन गर्दै नगरपालिकाका १४ वटा वडामा खेल मैदान बनाउने उद्घोष गरे । उनले प्रत्येक वडामा खेल मैदान बनाउनका लागि नगरपालिकाले १ लाख बजेट विनियोजन गरिएको बताएका छन् । ५ दिनसम्म चल्ने प्रतियोगितामा नगरपालिकाका ११ वटा वडाले सहभागिता जनाएको छ । नकआउट चरणमा खेलिने खेलमा विजेतालाई १ लाख र उपविजेता हुने टिमलाई ५० हजार रुपैयाँ र मेडल प्राप्त गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष दीपेन्द्र फुयाँलले बताए । प्रतियोगितालाई नगरपालिकाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।