काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको टिप्पणी गरेका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको भनाई छ ।
आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेकाहरु संविधान र लोकतन्त्र विरोधी भएको टिप्पणी गरे ‘त्यसरी विरोध गर्नेहरु देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’
बहुमतको सरकार विघटन गरेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए ।