Monday, July 26, 2021
Homeप्रदेशमकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक

मकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक

,
sharethis

हेटौंडा । वर्तमान सरकारले घोषणा गरेको निर्वाचनका लागि मकवानपुरमा आज आयोजना गरिएको बैठक नेकपा र जनता समाजवादी पार्टी (जसपा) बहिष्कार गरेका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जिल्ला समन्वय समितिको हलमा आयोजना गरेको निर्वाचन सम्वन्धी छलफल कार्यक्रमलाई दाहाल–नेपाल समूहको नेकपा र जसपाले बहिष्कार गरेका हुन् ।

बैठक स्थलमा पुगेका नेकपा र जसपाका नेताले असंवैधानिक रुपमा संसद विघटन गरेर तोकिएको निर्वाचन प्रक्रियामा भाग नलिने भन्दै बैठक बहिष्कार गरेका थिए । नेकपा मकवानपुरका संगठन विभागका सहसंयोजक कमानसिं पाख्रिनले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले निर्वाचन सम्वन्धी कुनैपनि प्रक्रियामा भाग नलिने बताए । उनले बैठक सुरु हुनासाथ असंवैधानिक कदम विरुद्ध पार्टी सडकमा रहेकाले निर्वाचन प्रक्रियामा समावेश नहुने बताएका थिए ।

निर्वाचन कार्यालयले आयोजना गरेको बैठक बहिष्कार गर्ने भन्दै नेता पाख्रिनले संसद विघटनको मुद्दा अदालतमा विचाराधिन अवस्थामा राज्यले निर्वाचनका नाममा करोडौं रकम दुरुपयोग गर्न खोजेको आरोप लगाए । उनले गलत बाटोबाट हुन लागेको चुनावमा नेकपा सहभागी नहुने भन्दै बैठक स्थलबाट बाहिरीएका थिए । उनिसँगै नेकपाका जिल्ला सचिवालय सदस्य तिलक अधिकारी पनि बहिष्कार गरेर हिँडेका थिए ।

यसैगरी, जसपाका नेताहरुले पनि निर्वाचन कार्यालयको बैठक बहिष्कार गरेका छन् । उनिहरुले पनि असंवैधानिक कदम विरुद्ध पार्टी सडकमा रहेकाले निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका थिए । जसपाका जिल्ला नेता राजेन्द्र सिंखडा र सुरेन्द्र भट्टराईले बैठक बहिष्कार गरेका हुन् ।

बैठकमा जिल्लाका अन्य राजनीतिक दलका प्रमुख, स्थानीय निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको थियो ।

(Visited 121 times, 1 visits today)
Loading comments...

आजको समाचार

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

साताका लोकप्रिय समाचार

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

जनयुद्धका योद्धादेखि अर्थमन्त्रीसम्म

  पोखरा । जनयुद्धका योद्धा रामजीप्रसाद बराल ‘जीवन’ले यतिखेर गण्डकी प्रदेशमा महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएका छन् । बराल शुक्रबार प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका हुन् । पोखरा २२,...

अमेरिकाबाट हरेक साता लोकदोहोरी कार्यक्रम

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु गरेका छन् । संयुक्त...

३११४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५...

नेपाली हिरो पौने करोडको कार चढछन्

काठमाडौं । अभिनेता पुष्प खडकाले चार दिन अघि आफ्नो जन्म दिनको छेको परेर ७० लाख रुपैया तिरेर नयाँ कार किने । महँगो कार चढ्ने...

ट्रेन्डिङ

कांग्रेसद्वारा भगीरथी हत्याको दोषीलाई कारवाही गर्न माग

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग...

नगरले तोकेको मूल्य नदिएपछि विवादमा चिया

इलाम । चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामा सँधै चियाकै विषयमा विवाद हुने गरेको छ । सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगले बन्दाबन्दीको बहाना बनाउँदै...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)