Saturday, March 6, 2021
Home अर्थ पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च

पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च

मस्यौदा र अध्ययनमै बित्यो एक वर्ष

काठमाडौं । वर्तमान सरकारको चासो र निकै प्राथमिकतामा परेको पानीजहाजको क्षेत्रमा एक वर्ष कानुनको मस्यौदा तयार गर्न र अध्ययनमै बितेको छ । नेपाली पानीजहाज कार्यालयले एक वर्षको अवधिमा कानुनको मस्यौदा तयार पार्ने र अध्ययन गर्ने काम मात्र गरेको हो । कार्यालयले वित्तीय प्रगतिसमेत राम्रो देखाउन सकेको छैन ।

आर्थिक वर्ष २०७६÷७७ मा पानीजहाज कार्यालयको कुल विनियोजित रकम ७ करोड ६३ ला २६ हजार रहेकामा १ करोड ७८ लाख मात्र खर्च गरेको छ । सो रकम विनियोजित वार्षिक रकमको २३ प्रतिशत वित्तीय प्रगति रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

पानीजहाज कार्यालयले वर्षभरिका मुख्य उपलब्धिका रूपमा कानुनको मस्यौदा तयार गर्ने अध्ययन गर्नेलाई लिएको छ । मन्त्रालयको वार्षिक प्रगति विवरणअनुसार कार्यालयले मुख्य उपलब्धिका रूपमा नेपाली पानीजहाज (सञ्चाल तथा व्यवस्थापन) सम्बन्धी ऐन २०७६ को मस्यौदा तयार भई स्वीकृतिको क्रममा रहेको र कर्णाली, नारायणी, कालीगण्डकी र कोसीमा जलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि आवश्यक कार्य अघि बढाएको उल्लेख गरेको छ । कार्यालयले कानुनको मस्यौदा निर्माण, अध्ययन तथा प्रशासनिक काममा १ करोड ७८ लाख खर्च गरेको हो ।

यो पनि पढ्नुहोस   तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक भाषणमा पानीजहाजको विषय उठाएपछि उनको आलोचना भएको थियो । त्यसपछि विपक्षीलाई उनले १६ पुस २०७४ का दिन पानीजहाज चढ्न निम्तोसमेत दिएका थिए ।

सरकारले पानीजहाजसम्बन्धी काम गर्न २०७५ माघमा पानीजहाज कार्यालयसमेत खोलेको थियो । सरकारका तत्कालीन प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कार्यालय खोल्ने निर्णय सुनाउँदै अब कागजको होइन, साँच्चिकै नेपाली पानीजहाज कार्यालय खोल्ने निर्णय भएको जनाएका थिए ।

सरकारले आगामी तीन वर्षमा आफ्नै ध्वजावाहक पानीजहाज भारतको आन्तरिक समुद्रसम्म चलाउने नीतिसमेत लिएको छ । आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि जलमार्गको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली पानीजहाज सञ्चालन गर्न कानुनी व्यवस्था गरिने उल्लेख छ । बजेटमा पनि उक्त विषय उल्लेख गरिएको छ ।

सरकारले पानीजहाज सञ्चालनका लागि नेपाली पानीजहाज दर्ता नियमावली, २०२८ लाई २०७६ कात्तिकमा संशोधन गर्ने कार्य भने गरेको छ ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन...

साताका लोकप्रिय समाचार

सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाइयो, सात नेतामाथि कारबाही

काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय रहेका ७ जना नेतालाई कारबाही गरेको छ । आज बुधबार बसेको सो समूहको बैठकले सुवासचन्द्र...

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

काठमाडौं । विभिन्न उपाय अपनाएर राजस्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजस्व...

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन...

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी ।  एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई...

निष्ठाको राजनीति समृद्धिको आधार

व्यक्ति राजनीतिमा किन होमिन्छ र उसको मूलभूत राजनीतिक उद्देश्य के हो ? भन्ने कुरा पहिचान गर्न यी दुई हरफ साहेद पर्याप्त होलान् । निष्ठावान्...

ट्रेन्डिङ

सङ्कटा जात्रा र अबिर जात्रा मनाइयो

काभ्रेपलाञ्चोक।  काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने सङ्कटा जात्रा र अबिर जात्रा यसपालि पनि धुमधामका साथ मनाइएको छ । यो जात्रा विशेषगरी...

उदयपुरमा स्कारपिओ दुर्घटना, पाँच जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राति स्कारपिओ दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन...

कोरियाले तीन महिना भिसा थप्ने

सउल । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने...

सांगीतिक कार्यक्रमबीच नयाँ वर्षको स्वागत

कोरोना वर्ष सन् २०२० बिर्संदै पोखरेलीले अंग्रेजी नयाँ वर्ष–२०२१ को भव्य स्वागत गरेका छन् । फेवाताल किनारमा आयोजित २२ औं पोखरा सडक महोत्सवमा उपस्थित...

दुर्घटनामा गाउँपालिका अध्यक्षको निधन

नवलपरासी । गाडी दुर्घटनामा परी प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधन भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक सकेर...

नागरिक बडापत्र : आवश्यकता र प्रभावकारिता

विषय प्रवेश राज्य र सरकारको निर्माण जनताले गरेका हुन्छन् । जनताको सेवाको लागि राज्य र सरकारको स्थापना भएको हो ।...

२४ खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाउने तयारी गरेको छ । क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई...

सभामुख सापकोटाको कदमप्रति अध्यक्ष तिमिल्सिना असन्तुष्ट

काठमाडौं । सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन...

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन...

कांग्रेस अझै पर्ख र हेरकै रणनीतिमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा अझै पर्ख र हेरकै स्थितिमा देखिएको छ । उसले यस विषयमा...

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

धेरै पढिएका

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

संसद्मा फोहोरी खेलको पुनरावृत्ति हुने डर

५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको संसद् विघटनको प्रस्ताव सर्वोच्च अदालतले असंवैधानिक भन्दै करिब दुई महिनापछि प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएको छ । प्रधानन्यायाधिश...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)