Tuesday, March 9, 2021
Home Editor-Picks आधा वर्षमा साढे १४ प्रतिशतभन्दा कम विकास खर्च

आधा वर्षमा साढे १४ प्रतिशतभन्दा कम विकास खर्च

काम गर्ने निकायको क्रियाशीलता नहुँदा विकास खर्च कमजोर

काठमाडौं । मुलुकको पूर्वाधार निर्माणमा विशेष जोड दिएर अघि बढ्ने लक्ष्य लिएको सरकारले विकास खर्च नहुनुको मुख्य कारण सम्बन्धित निकायको क्रियाशीलतामा अभाव नै भएको निचोड निकालेको छ ।

चालु आर्थिक वर्ष २०७७-७८ को पुससम्ममा विनियोजित बजेटको साढे १४ प्रतिशत पनि विकास खर्च (पुँजीगत खर्च) गर्न नसकेको सरकारले कोरोना महामारीबीच सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विकासका काममा पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले सहजीकरण र छलफल गरी नीतिगत निर्णय र निर्देशन दिए पनि सम्बन्धित निकायको क्रियाशीलता नभएकै कारण अपेक्षाकृत रूपमा विकास खर्च हुन नसकेको स्विकारेको छ ।

आइतबार अर्थ मन्त्रालयले चालु आवका लागि विनियोजित बजेटको अर्ध वार्षिक समीक्षा गर्ने क्रममा सरकारी निकायहरूले नै यस्तो निष्कर्ष निकालेका हुन् । बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी लिन अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयका सचिव तथा अन्य अधिकारीको उपस्थितिमा चालु आवको बजेट समीक्षा गरेको थियो ।

बजेट समीक्षाकै क्रममा चालु आवको बितेका ६ महिना साउनदेखि गत पुस मसान्तसम्ममा जम्मा १४ दशमलव ४० प्रतिशत ५० अर्ब ८२ करोड रुपैयाँ मात्र विकास खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले चालु आवको पुस मसान्तसम्ममा विकास एवं पुँजीगत खर्चतर्फ जम्मा ५० अर्ब ८२ करोड रुपैयाँ (१४ दशमलव ४० प्रतिशत) खर्च भएको बताएको छ ।

चालु आवका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ अनुमानित पुँजीगत खर्च विनियोजन गरेको छ । सो पुँजीगत खर्चमध्ये अहिलेसम्म जम्मा १४ दशमलव ४० प्रतिशत मात्र पुँजीगत खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न अझै आगामी ६ महिनामा ८५ दशमलव ६ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ । यो लक्ष्य भेट्टाउन अब सरकारले दैनिक अर्बौं रुपैयाँ पुँजीगत खर्च गर्दै जानुपर्ने हुन्छ ।

यसैगरी चालू खर्चतर्फ सो अवधिमा जम्मा ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ (३६ दशमलव ८ प्रतिशत) मात्र खर्च भएको जनाएको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ २२ अर्ब ५७ करोड रुपैयाँ (१३ दशमलव ०६) प्रतिशत मात्र खर्च भएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो खर्चको स्रोत यस अवधिमा सरकारी राजस्वतर्फबाट ३ खर्ब ८० अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ५ अर्ब ६१ करोड रुपैयाँ र वैदेशिक ऋणबाट ३० अर्ब ४ करोड रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।

सरकारले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल ४ खर्ब १५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम चालु आवका लागि कुल विनियोजित बजेटको जम्मा २८ दशमलव १९ प्रतिशत मात्र खर्च हो । सरकारले चालु आवका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो खर्चमध्ये अहिलेसम्म चालु खर्चतर्फ ३ खर्ब ४२ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ ।

यसैगरी वित्तीय व्यवस्था तर्फ २२ अर्ब ५७ करोड २२ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीका बेला पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विकासका कामका साथै पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले सहजीकरण र छलफल गरेको भन्दै नीतिगत निर्णय र निर्देशनको अभावमा मात्र पुँजीगत खर्च कम नभई सम्बन्धित निकायको क्रियाशीलतामा कमी हुनु मुख्य कारण भएको बताए ।

उनले पहल लिएर समस्या समाधान गर्न ठोस रूपमा अघि नबढ्नु नै मूल कारण रहेको दाबी गरे । आगामी दिनमा पुँजीगत खर्च बढाउन सम्बन्धित मन्त्रालय र अन्तरमन्त्रालयमा छलफल र समन्वय हुनुपर्ने उनको भनाइ छ । हालसम्म कमजोर देखिएको मुलुकको विकास खर्च बढाउन अब सबैले आआफ्नो जिम्मेवारी पूरा गरी जवाफदेही बन्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले भने, ‘अब यस मन्त्रालयले सहयोग र सहजीकरण गर्छ ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले पनि अहिलेसम्म कमजोर देखिएको विकास खर्च बढाउन विनियोजित बजेट कार्यान्वयनका मापदण्डलाई थप कडाइका साथ अघि बढाउनु आवश्यक भएको बताए ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढंगानाले पछिल्ला दिनमा आर्थिक गतिविधि बढेको, ५४ प्रतिशत उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आएको, ३६ प्रतिशत आंशिक रूपमा सञ्चालनमा आएको जानकारी गराउँदै पुँजीगत खर्च बढाउन थप पहल गर्नुपर्ने बताए ।

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले विनियोजित विकास बजेट खर्च नहुँदा रोजगारी सिर्जनामा समेत असर पर्ने भन्दै बजेट खर्चलाई सर्वाधिक महŒव दिएर अघि बढ्नुपर्ने बताए ।

अर्थ मन्त्रलयका बजेट महाशाखाका प्रमुख धनीराम शर्माले बजेट कार्यान्वयनलाई सहजीकरण गर्न विनियोजन ऐन २०७७, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६, बजेट कार्यान्वयन मार्गदर्शन २०७७, सार्वजनिक खर्चमा मितव्ययितासम्बन्धी मापदण्ड २०७७ लगायत जारी गरिएको भन्दै बजेट तयारीमा विशेष ध्यान पु¥याए कार्यान्वयनमा सहजता हुने बताए ।

विभिन्न मन्त्रालयका सचिवहरूले कार्यविधिहरू मन्त्रालय स्तरमा तयार पारी कार्यान्वयन गर्नुपर्ने, बहुवर्षीय ठेक्काको सिलिङ एउटै हुन नहुने, स्रोतको फुकुवा छिटो हुनुपर्नेलगायतमा जोड दिएका छन् ।

अर्थ मन्त्रालका अनुसार अपेक्षाकृत रूपमा विकास बजेट खर्च नहुनुमा बजेट कार्यान्वयनका क्रममा गैर बजेटरी माग, थप निकासा माग, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनको परिपालनामा बेवास्ता, बजेट विनियोजनमा पर्याप्त ध्यान नदिने र रकमान्तर कार्यक्रम संशोधनको दबाब, बजेट तर्जुमाका बखत ध्यान नपु¥याएको वैदेशिक सहायता स्रोत परिचालनमा अनिच्छा, शोधभर्ना मागमा बेवास्तालगायत मुख्य चुनौती रहेको जनाएको छ ।

यसैगरी कार्यविधि र मापदण्डर निर्देशिका तर्जुमा गर्न ढिलाइ, विनियोजन ऐन र बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनको कमजोर परिपालना, बजेटरी सहायतासँग जोडिएका नीतिगत सुधारका क्षेत्रमा असहयोग, खर्चसम्बन्धी मापदण्ड उल्लंघन गर्ने परिपाटी, बजेट बाँडफाँटमा ढिलाइ पनि बजेट कार्यान्वयनमा चुनौती रहेको मन्त्रालयको भनाइ छ ।

त्यसैगरी आकस्मिक खर्चको दबाब, संगठन संरचना र दरबन्दी विस्तार गर्ने होडबाजी, आयोजना वर्गीकरणसम्बन्धी मापदण्डको उल्लंघन, राष्ट्रिय महŒवका कार्यक्रम र आयोजनाबाट रकमान्तर प्रस्तावलगायत पनि बजेट कार्यान्वयनका लागि चुनौती रहेको मन्त्रालयको भनाइ छ ।

बजेट कार्यान्वयनलाई प्रभावकारी गराउन अर्थ मन्त्रालयले आगामी दिनमा विनियोजित बजेट र स्वीकृत कार्यक्रमको कार्यान्वयन, समयमा नै बजेट समर्पण, औचित्यका आधारमा मात्र रकमान्तर र कार्यक्रम संशोधन प्रस्ताव, नयाँ बजेटको गहन तयारी, वैदेशिक स्रोतका कार्यक्रम र आयोजना कार्यान्वयनमा तीव्रता र शोधभर्ना, कानुन, मापदण्ड र मार्गदर्शनहरूको पूर्णतः कार्यान्वयन हुनुपर्नेमा विशेष जोड दिने बताएको छ ।

राष्ट्रिय महत्वका कार्यक्रम र आयोजनाबाट रकमान्तर प्रस्तावलगायतका कारण पनि बजेट कार्यान्वयनका लागि चुनौती रहेको अर्थ मन्त्रालयले औंल्याएको छ ।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की राष्ट्रियसभा सांसद कोमल वलीले अर्का नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको कसुरमा मुद्दा दायर गरेकी छन् । मङ्गलवार काठमाडौँ...

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

काठमाडौं । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता...

आमा सहित ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो

दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका –३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन् । आमा सहित ४ जना बालबालिकाले नदीमा...

साताका लोकप्रिय समाचार

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले आज दिउँसो ३...

निष्ठाको राजनीति समृद्धिको आधार

व्यक्ति राजनीतिमा किन होमिन्छ र उसको मूलभूत राजनीतिक उद्देश्य के हो ? भन्ने कुरा पहिचान गर्न यी दुई हरफ साहेद पर्याप्त होलान् । निष्ठावान्...

शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय...

ट्रेन्डिङ

अस्पताल पुग्ने निःशुल्क सेवा चाहिए सुभासलाई फोन गर्नुस् !

काठमाडौं । लकडाउनमा अत्यावश्यक सेवा सुचारु हुनुपर्छ । अत्यावश्यक सेवा के हो भन्ने कुरा कानुनले व्याख्या गरेको छ । त्यो व्याख्यामा स्वास्थ्य सेवा पनि...

‘मुख्यमन्त्री हराए’ भनेपछि जनतालाई सम्बोधन

जनकपुरधाम । कोरोनाको संकटबाट गुज्रिरहेका प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले सम्बोधन गरेका छन् । एक सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त...

जाभीको भन्छन्, ‘ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्’

बार्सिलोना । स्पेन तथा बार्सिलोनाका पूर्वस्टार जाभी हर्नान्डेजले पेप ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षकमध्ये एक रहेको दाबी गरेका छन् । उनले ग्वार्डिओला यतिबेला विश्वकै उत्कृष्ट...

दुई महिनाकाे छाेरालाई कलेजाे दिने बाकाे गीत

काठमाडौं ।  वास्तबिक घट्नामा आधारित गीतको भिडियो सार्वजनिक भएको छ । बैतडिका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो...

बुहारी आवजको दवावले विवाहको १० वर्षपछि चाँदनी खातुनले पाइन् नागरिकता

सर्लाही । सर्लाहीको हरिवन ११ की एक मुस्लिम समुदायकी महिलाले विवाह भएको १० वर्षपछि विवाह तर्दा र नागरिकताको प्रमाणपत्र पाएकी छन् । २०६७ सालमा सोही...

बाजुरा सदरमुकाम मार्तडीमा ६ महिनापछि बस पुग्यो

बाजुरा (मार्तडी) । जिल्लाको सदरमुकाम मार्तडीमा ६ महिना पछि बस सेवा सुचारु भएको छ । साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको करिव ६ महिना पछि...

बन्दाबन्दीमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग

भक्तपुर । देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध...

गण्डकी प्रदेशमा कोरोना संक्रमित १२०

पोखरा । गण्डकी प्रदेशमा ५ नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का हुन् । गँैडाकोट नगरपालिका स्थायी ठेगाना भई...

अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना

काठमाडौँ । सोमबार देशको अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी...

आरसिटी र ब्वाइज युनियनबराबर

काठमाडौं । रानी पोखरी कर्नर टिम (आरसीटी) र ब्वाइज युनियन क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा रोमाञ्चक खेल खेल्दै बराबरी अंक बाँडेका छन् ।...

नेताहरू बीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको बताउएका छन् । प्रधानमन्त्री केपी शर्मा...

राजकुमार चार्ल्सलाई कोरोना सङ्क्रमण

लन्डन । बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । उनको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)